नवलपरासी,१५ असोज
जिल्लाको वर्दघाट नगरपालिकाले अगाडी बढाएको औद्योगोगिक ग्राम खोला कटानको जोखिम बढदै छ । खोलामा हुने गरेको चोरी तस्करी नियन्त्रण नहुदा र स्थानिय सरकार औद्योगिक ग्राम प्रति गम्भिर नहुदा खोला कटानले उतm औद्योगिकग्राम खोला कटानको जोखिम बढदै गएको हो ।
खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको थियो । सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि थिए । सो औद्योगिक ग्राम के कतिको उपयुतm स्थान हो भन्ने बारे स्थानिय प्राविधिकहरले पहिला वातावरणिय प्रभाव मुल्याँकन (आईइए) गराउन पनि सुझाव दिएका थिए,तर आईइए नहुदै औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको कुरा पनि विवादमा आएको थियो । लामो समय पछि डिपिआर अनुसार औद्योगिक ग्रामको काम शुभारम्भ भएको थियो । तर अहिले खजुरा खोलाको निसाना औद्योगिक ग्राम तर्फ नै देखिएको स्थानियले बताएका छन् ।
औद्योगिक ग्राम तर्फ खोला पस्दै जादा भविष्यमा सो आद्योगिक ग्राम कतिको सुरक्षित होला भन्ने आशंका स्थानियमा छ । यसबारे नगरपालिकाले पुनः विचार गर्नु पर्ने स्थायिनले आवश्यकता औल्याएका छन् । त्यसैमा नगरपालिकाले खोलाको ठेक्का निकासी पनि गर्न खोजेको हुदा झन औद्योगिक ग्राम संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियले देखाएका थिए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनेको छ । नगरपालिकाले गर्ने काम अगाडी बढाएको छ, सो क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई निरन्तर प्रोत्साहित गर्दै लैजाने काम पनि भई रहेको छ । तर खजुरा खोलाको कटानले औद्योगिक ग्रामको सुरक्षा चुनौती पनि थपिदै आएको एक स्थानियले देखाए ।
यदि यस्तै हो भन्ने करोडौ लगानि बालुवामा पानी जस्तै देखिन सक्ने उनको भनाई थियो । नगरपालिकाले संरचना बनाएर पुर्वाधार उपलब्ध गराउने हो । पुर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग «सञ्चालनकर्तालाई पनि खोला कटानले शसँकित छन् । पचास बर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भई रहेको सो क्षेत्रमा पर्खाल निर्माण गरि केही पुर्वाधारका काम पनि निर्माण भई रहेका छन् । खोला निकासीका लागि नगरपालिकाले दुई बर्ष पहिला इआईए लाई आधार बनाई सुचना प्रकाशित गरेको छ,तर जिल्ला अनुगमन र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट पनि अनुगमन भई सकेको छैन् । यसबारे प्रतिकृया दिदै नगरपालिकाका उपनगर प्रमुख(उपमेयर) रुद्र प्रकाश उपाध्याय सुचना पहिला निकालिएको भए पनि सम्झौता अनुगमन पश्चात मात्र गरिने गरि सुचना प्रकासित गरिएको बताए ।
अनुमति प्राप्त भयो भन्ने खोला निकासीको सम्झौता हुन्छ, उपमेयर उपाध्यायले भने, अनुमति भएन भन्ने सम्झौता हुदैन् । यि कुरालाई सर्तमै राखेर सुचना निकालिएको भनाई उनको थियो । खोला निकासीबारे त्यही औद्योगिक ग्राम नै खोला कटानको संकटमा पर्ने हो कि भनेर त्यसको अनुमति जिल्लाबाट नदिइएको ब्यहोरा लेखी चुरे कार्यक्रमलाई पनि पठाइएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जानकारी गराएका थिए । औद्योगिक ग्रामको डिपिआर अनुसार भ्याट सहितको कुल ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपिया लागतको औद्योगिक ग्राम पुर्वाधार निर्माण हुने छ । जस्मा प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाको लागत निस्केको छ । क्यान्टिन ५८ लाख ९० हजार ६ सय ४ रुपिया,सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२,प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२,डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७, गन्जेबो २ लाख ४७ हजार ८ सय २६, चार वटा सौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्डपोष्ट १ लाख ४५ हजार ४ सय ९१ रहेको छ ।
त्यसै गरि प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९,बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३,सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खोला तटबन्ध ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्र्दयीकरण १५ लाख १० हजार ७ सय ६३,ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाई प्लम्गिँ पानी आपुर्ति १ करोड ३१ लाख ५२ हजार ३५,विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५,ओभरहेड पानी टंकी ४९ लाख २९ हजार १ सय १६ गरि विभिन्न शिर्षकमा बजेट प्रस्ताव गरिएको छ । औद्योगिक ग्रामको डिपिआर गर्ने कार्य डि.आर.एस.डब्लपर्स एण्ड डिजाईन प्रालि काठमाडौले गरेको थियो ।
नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिक ग्राममा कृषक,उद्यमी,महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ । दिर्घकालिन योजना अनुसार यो काम गर्न थालिएको हो । ब्यवस्थित र औपचारिक रुपमा औद्योगिकग्राम घोषणा गरि त्यसको डिपिआर समेत बनाई काम अगाडी बढाउने जिल्लाको सम्भवत ः वर्दघाट पहिलो नगरपालिकाको रुपमा अगाडी आएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्ने नाका पनि हो । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्ति देखी टाढा राखिएको उनको भनाई थियो ।