
नवलपरासी,१४ कातिक
जिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकामा दमकल प्राप्त भए पछि गाउपालिका सहित स्थानिय उत्साही भएका छन् । जापान सरकारको सहयोगमा देशका ६ गाउपालिकालाई दमकल उपलब्ध गराउने मध्ये नवलपरासीका दुई पालिकाले उतm सहयोग पाए पश्चात गाउपालिका र स्थानियमा उत्साह थपिएको हो ।
आगलागीको बोला आगो निभाउन बाहिरबाट दमकल मगाउदा ढिलाई हुने र दमकल आउदा आउदै धनजनको क्षति भएर जाने समस्या दमकलले हट्ने विश्वास सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताईन् । दमकलका लागि आफु निरन्तर प्रयास र पहल गर्दै आएको र अहिले दमकल प्राप्त भएकोमा उनले खुशी ब्यतm गरिन्,जनता विच गरिएको बाचा जापान सरकारको सहयोगले पुरा भएको छ । पालिका स्रोतबाट दमकल खरिद गर्दा पालिकाकै स्रोत खर्च गर्नु पर्ने हुन्थ्यो,उनले भनिन्,तर पहल गरेर सहयोगमै दमकल पाइयो,यस्ले गाउपालिकाको आर्थिक स्रोतमा बचत हुने भएको छ । दमकल पनि गाउपालिकाले नै सञ्चालन गर्ने हुदा अब पालिका मित्र आगलागी हुदा अन्य पालिकासँग सहयोग माग्नु पर्ने समस्या टरेको छ ।
नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरि पहिचान बनाएको सुनवल नगरपालिकालाई अहिले नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गराउनमा लागि परेकी मेयर अर्यालले नगरविकासका लागि विभिन्न दातृनिकायहरुमा स्रोत जोड्नका दौडधुमै लाग्ने गरेकी छिन् । नमुना नगरपालिका बनाउनमा जनप्रतिनिधि जस्तै कर्मचारी समेत खटेर काम गरिदिएमा सुनवलको सुनौलो भविष्य बन्दै जानेमा उनको विश्वास रहेको छ । साविक सुनवल,स्वाठी,रामनगर गाविस गाभेर सुनवल नगरपालिका बनेको हो । विगतमा बन्न नसकेको सुनवल अस्पताल निर्माणमा पनि मेयर अर्याल खटेर काम गर्दै अस्पताल निर्माणका कार्यलाई तिब्रता दिदै आएकी छिन् ।
उता प्रतापपुर गाउपालिकाले पनि दमकल प्राप्त भए पछि स्थानिय उत्साही भएको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका थिए । सुस्ता र प्रतापपुर जिल्लाको पुर्वि क्षेत्रमा रहेको पालिकामा आगलागीको बेला वर्दघाट र रामग्रामबाट दमकल मगाउदा दमकल आउदा आउदै कतिपय धनजन जलेर नष्ट हुने अवस्था आउने गरेको थियो,अब सो दमकल नजिक नै आएको छ,यसले दैविप्रकोपको बेला जनतालाई सहयोगी बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।
