नवलपरासी, १८ मंसिर
जिल्ला स्थित सरकारी बन क्षेत्र अतिक्रम्ण गरि उद्योगले सडक बनाए पनि सरोकारवाला कार्यालयले अतिक्रमण नियन्त्रणमा चाँसो नदेखाएको आरोप स्थानियले लगाएका छन् । जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको भए पनि अतिक्रमण खाली गराउनमा डिभिजन बन कार्यालयले चाँसो नलिएको आरोप सामुदायिक बनले लगाएको हो ।
पाल्पा सिमेन्ट उद्योगले गरेको अतिक्रम्ण प्रति सरोकारवाला मौन देखिएको आरोप स्थानियबासीको रहेको छ । उद्योगले पुर्व पश्चिम राजमार्गको कजरार खोला पुल नजिकैबाट बन क्षेत्र अतिक्रम्ण गरि खोला मिचेर एकतर्फि उद्योगका समाग्रि ढुवानी गर्न सडक बनाएको छ । कुल ३ किलोमिटर सडकमा झण्डै एक किलोमिटर सडक बन क्षेत्र रहेको छ । बाकी खोलाको किनारै किनार उद्योग परिसरसम्म सडक पुर्याएको छ । उतm सडकमा चुनढुगाँ ढुवानी गर्नका लागि ग्राभेल गरि ढुवानी गर्दै आएको छ । बनक्षेत्र भित्र २२ फिट चौडाईको ७ सय मिटर भन्दा लामो सडक बनाएर मिलले आफ्नो टिपर र ट्रकहरुबाट ढुवानी गर्दै आएको सामुदायिक बनले जानकारी गराएको हो ।
बनक्षेत्रमा अतिक्रमण गरि बनाइएको सडक रोकाउनका लागि आफुले डिभिजन बन कार्यालयलाई डेढ बर्ष पहिला नै जानकारी गराउदा पनि खासै पहल नभएको सो सामुदायिक बनका अध्यक्ष कृष्णलाल काफ्लेले सुनाए । पाल्पा सिमेन्ट ठूलो उद्योग पतिहरुको हो,उनले भनेका थिए, उनीहरुसँग हाम्रो पहुँच नै पुग्न सक्दैन्,यता डिभिजन बन कार्यालय र नगरपालिकालाई त्यसबारे जानकारी गराइएको छ,त्यहाँबाट पनि पहल भई रहेको छैन् । बनक्षेत्र अतिक्रमण गरि एक निजी कम्पनीले आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । छेउँमै रहेको सडकमा क्षमता भन्दा बढि भारी बोकेर आउने सवारी साधनले सडक भत्किने हुदा बैकल्पिक बाटो उस्ले बनक्षेत्र अतिक्रमण गरि प्रयोग गरेको बताए । स साना गरिबको झोपडी हटाउन डिभिजन बन कार्यालय शसस्त्र प्रहरी,बन रक्षक सहित दलबलका साथ पुग्ने तर उद्योगले अतिक्रमण गर्दा आँखा बन्द गरेर बस्ने गरेको आरोप समेत स्थानियबासीको रहेको थियो ।
उद्योगले केही स्थानिय ब्यतिmलाई आफ्नो पकडमै राखेको छ,त्यो भएर संगठित भएर स्थानियबासी बोल्न पनि सकेका छैनन् । सरकारी निकाय मौन नै देखिन्छ,उनले दुखेसो पोखे,ठूलाबडाको विरुद्ध आवाज उठाईदिइने कस्ले ? सामुदायिक बनको क्षेत्रलाई सो सडकले अवरोध समेत सृजना गरेको सुनाए । सोही क्षेत्रमा बुद्धशान्ति साझेदारी बन समुहको कार्यायोजना अनुसार बोटनिकल पार्क समेत रहेको छ,सो पार्क क्षेत्र पनि सडकले मिचिएका छन् । यसमा सरोकारवालाले ध्यान दिईनु पर्ने उनको भनाई थियो । उद्योगले बनको जग्गा अतिक्रमण गरि सडक बनाएर उपयोग गरेको बारे जानकारी आएको र त्यसबारे अनुसंधान गरि कार्यवाही प्रकृया चलाईने डिभिजन बन कार्यालयका एक बन अधिकृतले जानकारी गराएका थिए,तर ति प्रकृया कहाँसम्म पुग्यो भनेर हामीलाई जानकारी समेत नभएको गाउलेको भनाई थियो ।
सडक,पुर्वाधारको रुपमा बनक्षेत्र धेरै स्थानमा अतिक्रमणमा भएको हुदा कहाँ र कसरी अतिक्रमण खाली गराउने योजना जिल्ला स्थित बन अतिक्रमण रोक्न र अतिक्रमित बनक्षेत्र खाली गराउनका लागि गठिन समितिमा छलफल गरेर अगाडी बढ्ने बन कर्मचारीले दाबी गरेका थिए,तर उद्योगको नाम सुन्ने वित्तिकै पर भाग्ने अवस्था देखिएको छ । जसो तसो आफ्नो कार्यकाल विताउने अवसर मात्र बन कर्मचारी खोज्ने गरेका हुन्छन् । अझ उद्योगले अतिक्रमण गर्यो भन्ने सोही आधार बनाई उद्योग ब्यवस्थानसँग आफ्नो लाभका लागि लबिगँमा लाग्ने गरेको अरोप समेत लाग्ने गरेको छ ।
उद्योगले अतिक्रमण गरि बनाएको सडकबारे डिभिजन बन कार्यालयका बन अधिकृत मुसाफिर भगतले सो क्षेत्रमा पहिला देखी नै बाटो रहेको र उद्योगले केही फराकिलो बनाई आफ्ना ढुवानी साधन लैजाने गरेको प्रतिकृया दिए । ठूला उद्योगका पछाडी राजनीतिक दलले चन्दा पाउने हुदा उनीहरुको पनि साथ हुदैन,यसले गर्दा समान्य बन कर्मचारीहरु किन जोखिम मोल्छन्,एक स्थानियले भने, उद्योग विरुद्ध जो कुरा उठाउछ,कि त्यसलाई किन्ने प्रयास गरिन्छ,कि धम्काउने कार्य हुन्छ । यसले गर्दा बन क्षेत्रमा उद्योगहरुको बर्चस्व बढदै गएको देखिन्छ । यदि नियमसँग सडक बनाई उद्योगले पाउछ भन्ने भाडा असुल हुने गरि नियमसँग तै जग्गा उपलब्ध गराउनु पथ्र्यो,तर भाडा उठाउदा सरकारलाई राजस्व प्राप्त हुन्छ,उनले भने, तर यहाँ कर्मचारी नेतालाई राजस्व भन्दा खाजस्वकै चिन्ता हुन्छ । किन प्रकृया पुरा गर्ने ? किन नियमन गर्ने ? बरु त्यसैको फाइदा ब्यतिmगत रुपमा उठाउने गरेको देखिएको छ ।