नेपाली सेनाद्धारा स्थानिय युवालाई विस्फोटक पदार्थबारे सचेतना
नवलपरासी,४ साउननेपाली सेनाको काली भतिm गण रुपन्देहीले नवलपरासीको सरावल गाउपालिकाका युवाहरुलाई विस्फोटकजन्य पदार्थको जोखिमबारे जनचेतना कार्यक्रम गरेको छ । स्थानिय युवाहरुलाई विस्फोटक पदार्थ प्रति सचेत रहनका लागि सो सचेतना कार्यक्रम गरेको हो ।सेनको नियमित कार्यक्रम अन्तरगत नै सेनाले स्थानिय युवाहरुलाई सचेतना कार्यक्रम गरेको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराएका थिए । सेनाले जानकारी गराउने महत्वपुर्ण जनकारीले युवाहरु सचेत हुने छन् , उनले भने, यसमा गाउपालिकाले समेत सहजीकरण गरेको थियो । विस्फोटक पदार्थ देखिएमा रुक्नुस,शान्त रहनुस,त्यस नजिक नजानुस,नछुनुस,उठाउने प्रयास नगर्नुस,त्यस्ता बस्तु लठ्ठि वा अन्य कुनै बस्तुले पनि नछुनुस र अरु कोही नजिक छन्भन्ने सचेत गराउनु पर्ने पहिलो कार्यबारे जानकारी गराइएको थियो ।त्यसै गरि दोश्रो काम वरिपरि हेर्नुस,अगाडी नबढनुस,गाउघर परिवार तर्फ ...










