
नवलपरासी,२० माघ
विगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालले विभिन्न सेवा थप्ने कार्यलाई निरन्तरता दिन थालेको छ । सेवा थप्ने सिलसिलमा अहिले मुटु रोग सम्बन्धि जाँच(इको) र पेट भित्रको घाँउको अवस्था पत्ता लगाउने इण्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो ।


बर्षाै देखी स्टोरमा फालिएको लाखौ रुपिया पर्ने इको मेसिनको उपयोग गरि गत महिना देखी इको सेवा सुचारु गरिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले देखाए । अस्पतालमा इको सेवा भएन भन्दै गुनासो बढदै थियो,इको मेसिनको खरिद गर्नेसम्मको निर्णय भयो,तर पछि इको मेसिन स्टोरमै रहेको देखायो,उनले भने, सो मेसिन नयाँ र चालु अवस्थामै रहेको भेटियो । जुन पहिलाका मेसुले विभिन्न बहाना बनाउदै इको सेवा बन्द गराएका थिए । जस्ले गर्दा अस्पतालमा सो सेवा नपाएर ग्रामिण क्षेत्रबाट आउने विरामी कि महगोँ शुल्क तिरेर निजी अस्पताल र क्लिनीकमा गराउनु पर्ने कि भैरहवा र बुटवल जानु पर्ने बाध्यता थियो । अहिले मेसिन पनि भेटियो,अस्पतालकै विशेषज्ञ चिकित्सकहरुले इको गर्दै सेवा दिन थालेका छन् । गत पुस ८ गते देखी सुचारु भएको इको सेवा लिनमा हालसम्म ७५ जना विरामीको इको गरिएको तथ्याँक उनले देखाएका थिए ।
त्यसैगरि मंगलवार देखी अस्पतालमा इण्डोस्कोपी सेवा पनि सुचारु गरिएको उनले सुनाए । देवदह मेडिकल कलेजबाट इण्डोस्कोपी गर्ने चिकित्सक बोलाएर सेवा सुचारु गरिएको छ, उनले भने,अस्पतालका दुई जना चिकित्सकलाई इण्डोस्कोपी गर्नका लागि आवश्यक तालिम लिनका लागि समय ब्यवस्थापन गरेर प्रादेशिक अस्पताल बुटवल पठाउने कार्य भएको छ । अस्पतालकै चिकित्सकले तालिम लिएर नआउदासम्म मेडिकल कलेजका चिकित्सकलाई साप्ताहिक रुपमा नियमित र आवश्यक परेको खण्डमा जतिखेर पनि बोलाएर इण्डोस्कोपी सेवा दिन सक्ने अवस्थामा अस्पताल पुगेको उनको भनाई थियो । हालका कार्यालय प्रमुख रेडियोलोजिष्ट डा(प्रकाश ढकालको पहलमा संघिय सरकारसँग माग गरेर लाखौ मुल्य पर्ने इण्डोस्कोपी मेसिन ल्याउन सफल भएका थिए । अहिले सोही मेसिनबाट सेवा सुचारु पनि गरिएको बताउदै उनले पहिलो दिनमा ४ जना विरामीलाई इण्डोस्कोपी गरिएको उनले रेकर्ड देखाए ।
यसै गरि अस्पतालमा बालरोग विशेषज्ञ समेत आएको हुदा एनआईसियु सेवा सहित डायलसिस सेवा पनि सुचारु नै रहेको छ । सघन उपचार कक्ष(आईसियु)का लागि उपकरण खरिदका लागि टेण्डर भई सकेको र निर्माण कार्य प्रकृयामै रहेको लेखापाल कुर्मीले जनाए । कर्मचारी भर्ना भई तालिम समेत प्राप्त गरिसकेको हुदा एक डेढ महिनामै आवश्यक उपकरण खरिद भई जडान भए पश्चात आईसियु सेवा पनि निकट भविष्यमै सञ्चालनमा आउने उनले जानकारी गराएका थिए । डायलसिस सेवा तर्फ दैनिक ८ जनाको डायलसिस हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि गत जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका थिए । एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेका थिए । दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका थिए ।
विगतमा नै अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएको दर्शाएको थियो । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका थिए । जिल्लामा दुई दर्जन बढि विरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका बिरामीलाई राहत हुने भएको छ । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उनी पुनःअध्यक्ष भएर आए पछि अहिले अस्पतालको नयाँ भवन समेत उदघाटन गराई सेवा थप्ने र भएका सेवा गुणस्तरिय बनाउने कार्यमा जुटेका छन् । उनका अनुसार बुधवार देखी अस्पतालमा नाक,कान घाटीका विशेषञ चिकित्सक मार्फत सेवा विस्तार भएको समेत उनले जानकारी गराए ।
त्यसै गरि गत मंसिर १० गते देखी अस्पतालले हिस्टोप्याथोलोजी सेवा परिक्षणका लागि सहुलिय दर निर्धारण गरि सिम्पल कलेक्सन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाएर विरामीलाई सहजीकरण गर्ने निर्णय समेत भएको उनले बताएका थिए । जस्मा टेष्ट गर्ने एच एण्ड इ स्टेन बायोप्सोको रु ६ सय ८०,प्याप स्मियरको रु.२ सय ६०,गिम्सा स्टेनको रु.९०,फ्लुइड गिम्सा स्टेनरु.९०,एफ सी. ए.एन. रु.३ सय ४०,फ्लुइडसाइटोलोजी(शरिरको तरल,थुक) रु १ सय ७० लिक्विड वेस्ट साईटोलोजी १ हजार १ सय ९० को दर तोकेको छ । यसै गरि स्किृतिगँ इकोकार्डियोग्राफी को पनि १ हजार तोकेर सेवा प्रदान गरिरहेको छ । यस्तै अस्पतालमा हुने माईनर प्रोसेड्युरको दररेडमा नर्मललाई रु.५ से देखी १ हजार ५ सय र एएचएसमा रु.८ सय देखी १ हजार ८ सय हुने जनाएको छ । जस्मा नैल रिमुभल,कर्न रिमुभल,ग्याँगोलियन क्यास्ट रिमुभवल र बर्थोलिन क्यास्ट रिमोभल सेवा समावेश छन् ।
अस्पतालका कर्मचारी,चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढने समेत उनले सुनाएका थिए । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् ।
