
नवलपरासी,२९ मंसिर
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौ रुपियाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसंधान आयोगले अनुसंधान गर्न चाँसो देखाएको छ । आयोगको कार्यालय बुटवलले अस्पतालको नाममा पत्राचार गरि सो अनियमितताबारे विवरण माग गर्दै चाँसो देखाएका हो ।
गत कार्तिक महिनामा अस्पतालमा रहेका उपकरण औजार,मेसिनरीहरुको अवस्थाको लगत विवरण तयार पार्नका लागि अस्पतालका अध्यक्ष जगदिश चौधरीले जिम्मेवारी नै तोकर काम गर्न थाले पछि अस्पताल भित्र विगतमा भएका विभिन्न अनियमितता र भ्रष्टाचारका कुरा बाहिर आउन थालेका छन् । लामो समय देखी अस्पतालमा पटक पटक मेडिकल सुपरिटेण्डन्ट भई प्रशासन चलाउदै आएका डा.नुरुल होदा सहित तत्कालिन अवस्थाका अस्पतालका ब्यवस्थापक,प्रशासनका कर्मचारीको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमिता कार्य भएको रदस्य बाहिर आउन लागेको अस्पतालका कर्मचारीहरुले एक आपसमा कानेफुसी गर्न थालेका छन् । अख्तियारले नै यदि विस्तृत रुपमा छानविन अनुसंधान गर्यो भन्ने को को पर्ने हुन ? त्यसबारे पनि कर्मचारीहरुमा चर्चा परिचर्चा दिनहु भई रहेको छ ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश ढकालले अस्पतालको लिफ्टमा लगायतका भवनबारे जवाफ माग गरि अख्त्यिारको पत्र आएको र सो भवन निर्माणको कार्य अस्पतालले गराउनु भन्दा भवन पुर्वाधार कार्यालयको जिम्मेवारी रहेको बताए । जवाफमा पनि अस्पतालले तिनै कुरा उल्लेख गरेर पठाइदिइने उनले प्रतिकृया दिए । विगतमा भएक करोड बढिको अनियमित कार्य भएको आरोपबारे आन्तरिक अनुसंधानमा अस्पताल प्रशासनले काम गरिरहेको छ ।
अस्पताल अनियमिततामा ब्यवस्थापन,प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरुले आशंका गरेका छन् । जस्मा सबै भन्दा बढि हतार हतारमा अस्पतालको नयाँ भवन हस्तानान्तरण लिने ब्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन कसरी बुझेका थिए । कुल १४ करोड बढिको योजनाम दुई करोड भन्दा बढि लिफ्टमा खर्चको भुतmानी सम्बन्धित ठेकेदारले लिई सकेको छ,एक कर्मचारीले भने,तर लिफ्ट सञ्चान नै भई रहेको छैन् । दोश्रो र तेश्रो तल्लामा जाने विरामी स्वाँ स्वाँ गर्दै कठिनाई पुर्वक चट्नु पर्ने बाध्यता छ । भवनमा आखिर लिफ्ट किन राखियो, उनले प्रश्न गरे,जब प्रयोगमै आउदैन भन्ने लिफ्ट किन बनाइयो,किन भुतmानी दिइयो ? अहिले मर्मत सम्भारको पनि म्याद सकिदै छ,त्यसको भार कस्ले ब्होर्ने ? जस्ता प्रश्न उठन थालेका छन् ।
उता विग्रेको ६० लाख मुल्य बराबरको आत्याधुनिक एक्सरे समेत खरिद गरि अस्पतालमा दाखिला गरिएको छ । ति एक्सरे दाखिला देखी नै सञ्चालनमा छैन्,बनाउन पनि लाखौ रुपिया खर्च गर्नु पर्ने अवस्था देखिन्छ । कस्ले खरिद गरे र कस्को दवावमा दाखिला गरेका थिए ? स्रोतका अनुसार एक्सरे मेसिन बन्नै नसक्ने अवस्थाको पहिला नै थियो,तर सप्लायर्सले त्यसको सतिगति कहाँ लगाउने र लागत निकाल्ने योजना अनुसार स्वास्थ्य मन्त्रालय र अस्पताल कर्मचारीलाई मिलाएर सरकारकै टाउको धकेल्ने र लागन निकाल्ने योजना अनुसार सरकारी अस्पतालमा थन्काउने योजना बनाए,त्यसको सिकार पृथ्वीचन्द्र अस्पताल बन्यो ।
यि तँ केही उदाहरण मात्रै हुन्,अस्पतालका एक कर्मचारी भने,अहिले स्टोर(भण्डारण)मा रहेका स्वास्थ्य सेवाका करोडौ मुल्यका औजार,उपकरण समाग्रि त्यसै थन्किएका छन् । कुनै समाग्रि दखिला छ,विल र आवश्यक कागजात नै छैन् । कस्ले बुझ्यो ? कस्ले खरिद गर्यो लगत विवरण नै भेटाउन मुस्किल छन् । कतिपय उपकरण,सर्जिकल समाग्रि प्रयोग नै नहुदै खिया लागेर नष्ट हुने अवस्थामा छन्,त्यसको विस्तृत विवरण आउन बाकी नै रहेको छ । अस्पतालको जिन्सीमा के समान कस्तो अवस्थामा छ ? त्यसको लगत विवरण तयार गर्न अस्पतालकै डा.किरन पाण्डेलाई जिम्मेवारी दिइएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताएका थिए । तर अहिले सबैको विवरण तयार गर्न केही समय अझै लाग्ने डा.पाण्डेले बताएका छन् । स्वास्थ्य विमामा समेत विमाको रकम समेत ४१ लाख माग नै नगरिएको र किन माग गरिएन ? भन्ने आर्को प्रश्न पनि अनुत्तरित नै छ । कनिष्ट कर्मचारीहरुले केही आफ्ना समान्य सुविधाका लागि किचकिच गर्ने अस्पताल प्रशासन कसरी यस्ता ठूलो रकम नोक्सानी हुने गरी अस्पतालमा काम गरेका रहेछन्, त्यसको सत्य तथ्य छानविन गरि सार्वजनिक हुनु पर्ने नागरिक समाजले माग गर्दै आएको छ । अस्पतालले विभिन्न सेवा सुविधा थपिदै समाजमा आफ्नो सकारात्मक प्रभाव बढाउदै विगतका अनियमितताबारे पनि चाँसो लिएर काम गरिरहेको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।
उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढदै गएको छ,त्यसले गर्दा विरामीको चाँप पनि बढदै गएको छ । अस्पतालमा बालरोग विशेषज्ञ वृजकुमार यादव सरुवा भई आएर हाजिर भएका छन् । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् । अस्पतालमा नियमित डायलसिस सेवासँगै विशेषज्ञले सर्जरी गरेर विरामीको मन जित्ने प्रयासमा छन् । अस्पतालमा छ्टिट्ै भेन्टिलेटर सहितको सघन उपचार कक्ष(आईसियु) सञ्चालनमा आउने मेसु डा.ढकालले जानकारी गराए । उनले आवश्यक समाग्रि खरिदका लागि टेण्डर आह्वान गरि सकिएको छ । समाग्रिको आपुर्ति पछि आईसियु सेवा समेत सञ्चालन हुनेछ । अस्पतालमा अहिले दैनिक चार सय भन्दा बढि विरामी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सर्जन भएर सर्जरीको गर्ने संँख्यामा वृद्धि भएको छ । दिनमा १० वटा सर्जरी पनि हुने गरेको छ । आईसियु सञ्चालन पश्चात विशेषज्ञ चिकित्सकले जटिल प्रकारका पनि सर्जरी गर्न सक्छन् ।
