नवलपरासी,२२ साउन
आफ्नै प्रयासले प्राचिन सम्पदा खोज गराई बुद्ध स्थल घोषणा गराएका सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीलाई सम्पदा मोह छोडेको छैन् । स्थानिय तह निर्वाचनमा चुनाव लडे पनि निर्वाचन जित्न नसके पनि आफ्नै कार्यकालमा खोज भएका प्राचिन सम्पदा मोहले बेला बेला सम्झिदा सो स्थानमा जाने र तस्विर खिचेर पोष्ट गर्ने गरेका हुन् ।
जिम्मेवारी पदमा नभए पनि खोज गरिएका प्राचिन सम्पदा स्थलमा जाने तस्विर खिच्ने र समाजिक सञ्जालमा पोष्ट गर्दै आएको अध्यक्ष चौधरीले सुनाए । आफैले खोज गराएको सम्पदा प्रति मोह रहनु स्वभाविक रहेको उनको भनाई थियो । सरावल गाउपालिकामा उनले आफ्नै सक्रियतामा प्राचिन ककरपत्त नगरको खोज गराई बौद्ध अध्येता डा।कौशलेन्द्र बहादुर श्रीवास्तव मार्फत घोषणा समेत गर्न लगाएका थिए । बौद्धकालिन प्राचिन कोलबृक्षको बगैचा समेत रहेको उतm स्थान तिन बर्ष पहिला कोलिय गणराज्य अन्तरगत प्राचिन ककरपत्त नगर घोषणा घोषणा गराई उनले सो स्थानको संरक्षण र विकासमा लागि परेका थिए । आफ्नो कार्यकालमा गाउपालिकाको गौरवको आयोजना भित्र समेटेर विकासका लाग विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० समेत गराई काम थालेका थिए । प्राचिन ककरपत्त नगरमा प्रवेशद्धारा,भगवान गौतम बुद्धको मुर्ति स्थापना,कमलपोखरीको ब्यवस्थापन गरि टहरा,प्रतिक्षालय,सभाहल, कम्पाउण्डको निर्माण गर्न लगाएका थिए ।
कार्यकालको अन्तिम समयमा उनले ककरपत्तसँग सम्बन्धित भगवान गौतम बुद्धले दिर्घजानुलाई दिएको गृह शुख सन्देश सुनाएको कुरा सम्झाउनका लागि बुद्धले शिक्षा दिदै गरेको दिर्घजानुको मुर्ति समेत निर्माण गर्न लगाएका थिए । त्रिपिटकको अगुँत्तर निकायमा उल्लेख भए अनुसार भगवान गौतम बुद्ध ककरपत्त नगरमा आउदा ककरपत्त नगरका निगम प्रमुख समेत रहेका कोलियपुत्र दिर्घजानुले भगवान बुद्ध समक्ष गएर गृहस्थहरु कसरी मुतिmको मार्ग पाउन सक्छन भनि आग्रह गरेका थिए । उनले आफुहरु भिच्छु हुन नसक्ने तर परिवार त्याग गर्न नसक्ने भए पनि मुतिmको मार्ग खोजेका थिए । दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृह शुख सन्देश सुनाएका थिए । तिनै दिर्घजानुको नामले हाल सरावल २ मा रहेको जावा गाउ रहन गएको दाबी गरिएको छ । अहिले सरावल गाउपालिकाको प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको छ ।
उनका अनुसार गृहशुख सन्देशमा भगवान बुद्धले गृहस्तहरुलाई मुतिm पाउनका लागि इहलौकिक शुख र पारलौकिक शुखको रुपमा सम्पदा आर्जन गर्न धर्मदेशना दिएका थिए । जसमा इलौकिक शुखका लागि उठ्ठान सम्पदा अर्थात परिश्रम गरि कमाउने,आरक्ष सम्पदा अर्थात कमाएको धनबस्तुको संरक्षण गर्ने,क्रल्याणमित्रता अर्थात असल मित्रको संगत गर्ने र समआजिविका अर्थात कुशल कर्मले कमाउने कार्य गर्ने त्यसै गरि पारलौकिक शुखका लागि शिल सम्पदा अर्थातले कम्तीमा पञ्चशिल ९प्राणी हिँसा नगर्ने,चोरी नगर्ने,झुठो नबोल्ने,नसापदार्थको सेवान नगर्ने र दुर्भबिचार नगर्ने ० सम्पदाको आर्जन गर्ने, श्रद्धा सम्पदा,कुनै पनि कल्याणमित्र भिच्छु वा बुद्ध प्रति श्रद्धा आर्जित गर्ने,त्यसै गरि त्याग सम्पदा कुनै पनि बस्तु प्रति मोह नगरी विरत रहेर त्याग गर्ने सम्पदाको आर्जन गर्ने र प्रज्ञा सम्पदा अर्थात मुतिmका लागि प्रत्यक्ष ज्ञान ९विपश्यना० अभ्यास गर्ने सन्देश सुनाएका थिए । त्यो भएर अन्य स्थानमा भिच्छुलाई सन्देश दिदै आए पनि ककरपत्त नगरमा गृहस्तका लागि सन्देश सुनाएका कारण यस स्थानको ठूलो महत्व रहेको छ ।
पुर्व अध्यक्ष चौधरीले ककरपत्त मात्रै नभई हालको सरावल गाउपालिकाको प्राचिन नाम प्राचिन कोलिय गणराज्य भित्रकै आर्को सापुगा वा सायुगा नगरको भग्नावेश पत्ता लगाउन लगाई खोज गराएर घोषणा समेत गराएका थिए । जुन सरावल गाउपालिका कार्यालय देखी करिब ५ सय मिटर पुर्वमा रहेको छ । त्यही आपुगाबाट अपभ्रन्स भएर सरावल हुन गएको हो । सरावाल गाउपालिका ३ मा सो स्थान प्राचिन सम्पदाको रुपमा रहेको छ । त्यसै गरि तत्कालिन कोलिय गणराज्यकै अग्रउपासिकाको उपाधी पाएकी सुप्पबासाको नगर सज्जनेल नगर समेत पहिचान गरिएको थियो । सज्जनेल नगरमा सुप्पबासाले भोजनदानका लागि भगवानलाई बोलाएकी थिईन् । भगवान आएर भोजनग्रहण गरेको र भोजनदानबारे धर्मदेशना गरेको स्थान हो ।जुन हालको सरावल गाउपालका १ बासा क्षेत्रमा भएको प्राचिन सम्पदा पहिचान गराई घोषणा गराएका थिए ।
त्यसै गरि सरावल १ मै रहेको कोलिय गणरज्यकै कुण्डिय नगरको रुपमा रहेको भगडा स्थित पुत्रन्जिवीको बगैचा क्षेत्र पनि प्राचिन सम्पदा भएको घोषणा गराएका थिए । जहाँ भगवान बुद्धका चिकित्सक जिवक र भन्ते आनन्द आएको बौद्ध साहित्यमा उल्लेख छ । अझै पनि हसनीमाईको स्थान भनेर चिन्ने गरिएको छ । त्यहा अझै पुत्रन्जिवि स्थानिय भाषामा पतजिवको बगैचा रहेको छ । भगवान बुद्ध कोलिय गणराज्यको राजधानी सहित ६ वटा नगरमा आफै उपस्थित भएका थिए । ति मध्ये चारवटा नगर सरावल गाउपालिकामा मात्रै भएको सुनाएउदै पुर्व अध्यक्ष चौधरीले भने, बुद्धसँग सम्बन्धित प्राचिन सम्पदा र बुद्धको महत्वपुर्ण सन्देश भएको स्थान सरावल गाउपालिकामै भएकोले बुद्ध सम्पदाको धनि गाउपालिका हो,तर अहिले यि स्थानहरु प्रति गाउपालिका उदासिन जस्तै देखिएको छ । आफु अध्यक्ष हुदा यि स्थान र सम्पदाको खोज गराइएको कारण माया र मोह हुन स्वभाविक भएको हो,उनले भने, सरकारी जिम्मेवारीमा नभए पनि यि स्थानको संरक्षण र प्रवद्र्धनका लागि आफु निरन्तर लागि रहने छु ।