Health Advertisement

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै

नवलपरासी,२३ बैशाख
लुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीलाई साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने भएका छन् । मंगलवार गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरी सहित स्थानिय संघसंस्था सहितको बैठकले साता रुपमा मनाउने जनाएका हुन् ।
बैशाख २३ गते सबेको सर्वपक्षिय बैठकले २९ गतेसम्म कार्यक्रम गरि मनाउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । उनका अनुसार २४ गते प्राचीन ककरपत्त नगर परिसरको सरसफाई गरि २५ गते बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिने छ । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गर्ने उनको भनाई थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथै सरावलमा रहेको प्राचीन सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर सहितको बौद्ध स्थलको परिचय सहितको पुस्तक समेत लोकाअपर्ण गरिने छ । बुद्ध स्थलको रुपमा चार स्थान रहे पनि अहिले तत्काल ककरपत्त नगरलाई नै केन्द्र बनाई गाउपालिको बुद्धजयन्ती मनाउने योजना बनाएको सुनाएका थिए । बुद्धजयन्तीको नेतृत्व लिन स्थानिय कोलवृक्ष तथा पर्यटन विकास सस्थालाई जिम्मेवारीका साथ काम गर्ने सस्थाका सचिव अतेन्द्र चौधरीले बताएका थिए ।
कोलवृक्ष बगैचा रहेको उतm स्थान केही बर्ष अगाडी मात्रै सो स्थान प्राचिन बौद्धकालिन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा तत्कालिन गाउपािलका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले गरेका थिए । प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चाँसो बढदै गएको स्थानिय कोलवृक्ष पर्यटन विकास सस्थाका सचिव चौधरीले बताए । गत बर्ष देखी भब्य तरिकाले बुद्धजयन्ती मनाउन शुरु गरिएकोमा यो बर्ष सप्ताह ब्यापी मनाउन लागिएको उनको भनाई थियो ।
यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भई रहेको बताएका थिए । गाउपालिकाले पनि काम गर्न उत्साह देखाएको उनको भनाई थियो । बुद्ध भुमिसँग जोडिएको लुम्बिनी,रामग्राम,तिलौराकोट मात्रै बुद्ध भुमि होईन् । यो ककरपत्त नगर पनि बौद्धकालिन एक अति महत्वपुर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफै आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह शुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपुर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भए पनि गृहस्तहरुलाई कसरी मुतिmको मार्ग पहिल्याउने संदेश यो गृहशुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गिलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको उनले बताए । यसका लागि प्रेस चौतारीका पत्रकारको उपस्थितीले प्रचार प्रसार हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।
गाउपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पुर्वाधार तथा सन्देश दिईने खालको मुर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिहेको छ । ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दिर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरु भिच्छु हुन सक्दैनौ बुद्ध,तर हामी गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छौ ? दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुतिmको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ ।
त्यसलाई नै गृहशुख सन्देशको रुपमा बुझने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक शुखका लागि र ४ वटा पारलौकिक शुखका लागि छ । दिर्घजानु सुत्तका अनुसार इहलौकिक शुख भनेको अहिले यहिँ जन्ममा भौतिक रुपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरि अन्न,धन आर्जन गर्ने,दोश्रो आरक्ष सम्पदा कमाइएको ति अन्न धनको सुरक्षा गर्ने,तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिदै गर्ने र चौथो समआजिविका अर्थात सहि मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसै गरि पारलौकिक शुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।
दोश्रो श्रद्धा सम्पदा आर्थत भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु
पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ,अनात्म छ,सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुतm भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल,समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुतिmको मार्गमा पुर्याउन सक्छ,भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपुर्ण सन्देश सुनाएका थिए । दिर्घजानुको नामले जावा गाउको रुपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *