Health Advertisement

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष

नवलपरासी, २४ बैशाख
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रकै भाग रहेको संघाराम क्षेत्रलाई जोडेर लैजान रामग्राम विकास कोषले चाँसो देखाउन थालेको छ । बुद्धकालमा रामग्राम स्तुपमा आउने देशी विदेशीलाई आराम गर्ने उदेश्यले बनाइएको रामग्राम १७ देवगाव स्थित प्राचीन स्थलको संरक्षण र विकास रामग्राम स्तुपसँगै जोडेर लैजानु पर्नेमा चाँसो देखाएको हो ।

Health Advertisement


रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको पुरातात्विक स्थलको आईतवार अवलोकन गर्दै सम्बन्धित वार्डका वार्ड अध्यक्ष कन्हैया मौयसँग संरक्षण र प्रवद्र्धनबारे छलफल गरिएको कोषका सदस्य तथा पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो । सो स्थानमा पुरातत्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सुचना बोर्ड राखेको छ । तर अहिलेसम्म सो क्षेत्रको भुभौतिक सर्वेक्षण र उत्खनन कार्य हुन सकेको छैन् । यस क्षेत्रको भुभौतिक सर्वे र उत्खननका लागि पहल गरिने समेत सदस्य ठाकुरले जानकारी गराएका थिए । यस क्षेत्रको संरक्षण,विकास र प्रवद्र्धनका लागि वार्ड स्तरबाट सरसफाई तथा सुचना बोर्डसम्म राख्न सक्ने अवस्था भए पनि ठूलो लगानी तँ नगरपालिका र अन्य दातृनिकायकै खोजी गर्नु पर्ने बताएका थिए ।
बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको प्राचीन स्थल संघराम हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा दुई महिना पहिला पनि देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताएका थिए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन् । बौद्ध भिच्छुहरुलाई विश्राम वा आराम गर्ने गरि बनाइएका प्राचीन आवासहरुको पर्खालहरु भेटिने गरेको छ । अनुसंधान कार्य निरन्तर भई रहेको छ । त्यसको अझै गहिराईसम्म पुगेर पुरातात्विक,ऐतिहासिक अनुसंघान आवश्यक नै रहेको छ ।
बौद्ध संस्कृति र इतिहास अनुसार संघराम (संस्कृतः संघाराम संघाराम) ले “मन्दिर“ वा “मठ“ लाई जनाउँछ । यो त्यो ठाउँ हो, यसको बगैंचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको संघ बस्छ । तत्कालिन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध संघराम थियो । दोस्रो शताब्दीको अशोक वादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य बंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महशुस गरेर पुष्पमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवतmा मनोज नागबंशीले गरेका छन् । उजैनबाट आउने वृहद्रथका सेना रामग्राम स्तुप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तुप भएको गाँउ देउरवा हो,संघराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।
बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । संघरामको उपयुतm स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरुलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । चिनिया सस्थाहरुले हाल रामग्राम स्तुप देखी पुर्व त्यही संघरामसँगै जोडिएको स्थानमा बौद्ध भिच्छु तथा पर्यटकका लागि आवास स्थान निर्माण गरिरहेको छ । संघरामको महत्व सायद उनीहरुले बुझेको हुनु पर्ने र त्यसलाई नै निरन्तरता दिनका लागि चिनिया सस्थाहरुले ठूलै भवन सहितको विहार निर्माण गरिरहेको स्थानियले बताएका छन् ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्तुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।
प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) रामग्राम १८ मा रहेको छ । कोलिय राजाले बनाएको रामग्राम स्तुप रामग्राम ७ देउरवा उजैनीमा छ । कोलिय राजकुमारी यशोधराको उद्धान क्षेत्र रामग्राम १५ ननईमा अवस्थित हुनुका साथै कोलिय राजाहरुले बनविहार गर्न जाने र केही बेर पोखरी नजिकै विश्राम गर्ने स्थान अहिले रामग्राम १४ पर्सावल स्थित हडैया पोखरी स्थित रहेको छ । रामग्राम विकास कोषले यि पाँच वटै महत्वपुर्ण स्थानलाई ब्यवस्थित गर्दै बौद्ध धार्मिक पर्यटनसँग जोडेर काम गर्ने सदस्य ठाकुरले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *