
नवलपरासी,१९ बैशाख
नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।
अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्माण हुदैन्,उनले भने, रगत कसैले दान गर्दा मात्रै आर्को ब्यतिmलाई प्राप्त हुन्छ । त्यही भएर रतm सञ्चार सेवा केन्द्रलाई ब्लड बैकको रुपमा चिन्ने गरिएको छ । जसरी वित्तिय बैंकमा ब्यतिmले निक्षेप जम्मा गर्छन्,पछि आवश्यक परेको बेला फेरी पैसो चाहियो भन्ने चेक काटेर झिक्ने गर्छन् ।
त्यसै गरि सबै ब्यतिmले आफु वा आफ्ना परिवारका लागि ब्लडबैंकमा ब्लड(रगत) दान गरेर जम्मा गर्नुृ पर्छ,अनि मात्र आवश्यक परेको बेला रगत उपलब्ध गराउन सकिन्छ । जुन अहिले रगत दान गरि जम्मा गर्ने ब्यतिm तयार नहुने तर रगत माग गर्न दैनिक जसो ब्लड बैंक आउने गरेका छन् । त्यसमा पनि जिल्लाको सिमावार्ति दक्षिणी भेगमा यस्ता समस्या देखिने गरेको छ । यसै कुरालाई बुझाउनका लागि जागरण अभियान सञ्चालन गरेको उनले बताएका थिए । धेरै मासिनमा रगत दान गर्ने सुचना र जानकारी नै हुदैन्,उनले थपे,त्यही भएर स्थानिय जनता र जनताका सेवाका लागि सक्रिय अन्य विभिन्न समाजिक संघ सस्थाहरुसँग पनि सहकार्य गर्दै अभियान सञ्चालन गरिने उनको भनाई रहेको थियो ।
रगत दान गर्दैमा मासिन मर्दनन,तर रगत भएन भन्ने रगत अभावमा मानिस मर्न सक्ने अवस्था हुन्छ । शरिरमा रगत बन्ने प्रकृया निरन्तर भई रहन्छ । शरिर भित्रका रतm कोशिका केही समय पछि आफै नष्ट हुन्छ, तर त्यही रगत दान गरेर कसैको ज्यान बचाउन सकिन्छ । रगत दान वा अंगदान संसारका सबै भन्दा ठूलो दानको रुपमा मानिने अध्यात्मिक मान्यता पनि रहेको छ । भगवान बुद्धले पनि आफ्ना पुर्व जन्ममा आँखा लगायतका विभिन्न अंग दान गरेर पुण्य आर्जन गर्दै
जादा पछिल्लो जन्ममा आएर उनी सम्यक सम्बुद्ध बन्न सकेका हुन् । जुन बौद्ध साहित्यहरुमा पनि उल्लेख भएको पाईन्छ ।
योजनबद्ध तरिकाले नै रेडक्रसले यो अभियान सञ्चालन गर्ने रेडक्रस जिल्ला शाखाका बरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी गराएका थिए । यसका लागि जिल्ला भरिका उपशाखाहरुलाई पनि परिचालन गरिने छ, उनले भने, विद्यालयमा रहेका जुनियर रेडक्रस र युवा रेडक्रसलाई पनि सक्रिय बनाईने छ । उनका अनुसार मासिक एक सय देखी डेढ सय युनिटसम्म रगतको माग आउने गरेको छ । जिल्ला भित्र शल्यक्रियाहरु हुने हुदा त्यो बेला विरामीलाई धेरै रगतको अवाश्यकता पर्ने गर्दा पनि माग बढेको उनले बताए । छिमेकी जिल्लाबाट पनि माग आउने गरेको छ,उनले थपे,त्यसका लागि ब्लड बैकमा ब्लडको अभाव हुन नदिइनका लागि अभियान सञ्चालन गरिएको छ ।