Health Advertisement

सरावल गाउपालिकाद्धारा डुबान नियन्त्रणका लागि धनेवा खोला बाँध उचाई वृद्धि

नवलपरासी,१५ बैशाख
जिल्लाको सरावल गाउपालिकाले डुबान नियन्त्रण गर्न बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार डुबान क्षेत्रको कारक धनेवा खोलाको तटबन्ध निर्माणमा काम थालेका छ । डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर हो ।
नेपाल गण्डक पश्चिमनी नहर सिचाई ब्यवस्थापन कार्यालय सेमरीलाई धनेवा खोला बाढी नियन्त्रणका लागि समन्वय गरिदिन भन्दै बैशाख ७ गते पत्राचार गरि अहिले बाँध अग्लो बनाउने कार्य शुरु गरिएको गाउपालिकाले जनाएको छ । धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ । गाउपालिकाका अनुसार डिपिआर अनुसार एकै पटक नभए पनि क्रमशः थोरै थोरै लगानी गरि काम गर्दै जाने लक्ष्य अनुसार काम अगाडी बढाइको छ । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । संघ र प्रदेशसँग डुबान क्षेत्रका काम गर्ने आश गर्न सकिन्छ,उनले भन्ने तर भरोस गर्न सकिन्न । डुबानको बेला संघिय साँसद र प्रदेश साँसद लगायत मुख्यमन्त्री र मन्त्रीहरुले समेत आश्वासन दिन पछि पर्दैनन्,तर त्यो आश्वासन जनताको आँखामा छारो हाल्ने मात्रै देखियो । गाउपालिका जनताको सबै भन्दा नजिकको सरकार हो,उनले भने,तर साधन स्रोत न्युन भएको सरकार पनि हो । जनताको समस्यालाई थोरै थोरै भए पनि सम्बोधन गर्दै लैजाने सोच अनुसार अहिले काम थालिएको उनको भनाई थियो ।
खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो । संघ र प्रदेश सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउपालकाको भनाई छ । यस क्षेत्रको भ्रमण प्रदेशसभा सदस्य देखी संघिय साँसद र पुर्व मन्त्रिहरुले समेत स्थलगत अवलोकन गर्न आउने र अगामी बर्षमा यसको निकास निकल्ने आश्वासन दिदै आएको पुनरावृति यस बर्ष पनि भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुनासो गरे । गाउपालिकाको सिमिति बजेटले सो डुबान नियन्त्रण गर्ने कार्य सम्भवन छैन्,उनले भने,प्रदेश र संघले बजेट छुट्टयाई दिईदैन् । वास्तविक लागत र काम गर्नको लागि यथार्थ मार्गचित्रका लागि गाउपालिकाले डिपिआरसम्म गराई दिइएको छ,उनले थपे,सो डिपिआर प्रदेश र संघ दुबै प्रदेशका साँसदलाई उपलब्ध गराइएको छ ।
तर विगत तिन दशक देखी उपेक्षामा रहेको उतm डुबान क्षेत्र यस बर्ष पनि उपेक्षामै परेको देखियो । यसले डुबान क्षेत्रका जनतालाई निराश बनाएको छ । विगत तिन दशक देखी धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको छैन्,गाउपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाइएको थियो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने थियो ।
सरावल गाउपालिकालाई दुई वटा संघिय निर्वाचन क्षेत्र जोडेको हुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रुपमा सरावलका जनताले मतदान गरेका छन् । संघिय सरकारबाट बजेट ल्याउनका लागि दुबै जना साँसदले पहल गर्नु पर्ने हो । दुई जना प्रदेश साँसदले पनि पहल गर्नु पर्ने हो,तर त्यहाँबाट पनि धनेवा खोला ब्यवस्थापनका लागि पहल हुन सकेको छैन् । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर,लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए । त्यसै गरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद देवकरण कलवार पनि छन् ।
धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरुको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *