
नवलपरासी, १४ बैशाख
नेपालकै लोपोन्मुख कोलवृक्षको संरक्षणमा सरोकारवालाले ध्यान दिइनु पर्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ह्ी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका छन् । औषधिय गुण मात्र नभई यस कोलिय गणराज्यको इतिहास समेत जोडिने भएको हुदा सो रुखको संरक्षण प्रवद्र्धन र विस्तारमा बन तथा बनस्पति विभाग र रामग्राम नगरपालिकाले काम गर्न आवश्यक रहेको औल्याएका हुन् ।
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष पुरातात्विक क्षेत्रमा फेला परे पछि सो संरक्षण र विस्तारमा ध्यान पुर्याउन सरोकारवालाले चाँसो लिन थालेका छन् । स्थानिय कुलोमा रहेका बुट्यान र झाडीमा कोलवृक्षको एउटा रुख भेटिएको थियो । कोलिय गणराज्यको राजधानी क्षेत्रमै सो वृक्ष फेला पर्नु सुनमा सुगन्ध भएको बताउदै सदस्य ठाकुरले यसलाई कार्ययोजना नै बनाएर काम गर्न आवश्यक रहेको औल्याएका हुन् । कोलवृक्ष प्राचिन ककरपत्त नगरमा मात्र भेटिने गरेको पहिला कुरा सुनिएको थियो, उनले भने, तर अहिले राजधानी क्षेत्रमा फेला परेको छ । कोलिय गणराज्यको राजधानी पहिचान गराउन अनयन्त्रबाट पनि सो विरुवा सार्नु पर्ने ठाँउमा आफै भेटिएको छ । यस्ले राजधानी क्षेत्रको प्राचिन पुरातााित्वक बस्तुसँगै प्राचिन कोलनगरको पहिचान दिईने विरुवा कोलवृक्ष पाउनु सौभाग्यको कुरा भएको बताएका थिए ।
स्थानियले समान्य झाडी भन्दै काट्दै फाल्दै गरेको तर अहिले कोलवृक्ष नै रहेको पहिचानमा आएको स्थानियले देखाएका थिए । यहाँका स्थानियबासीलाई यो झाडीबारे जानकारी नै थिएन्, त्यही भएर विगत बर्ष देखी नै उतm झाडी काट्दै पाल्दै आउने गरेका थिए । अहिले ति राजधानी क्षेत्रमा पुरातत्व विभागले उत्खनन समेत गरिरहेको छ । उत्खननको क्रममा सो स्थानको पहिचय गराउदा कोलवृक्षको समेत परिचयात्मक कार्य गर्दा त्यस्ता झाडीदार रुदहरु कुलो किनारमा भएको देखाए पछि ति क्षेत्रका कोलवृक्ष संरक्षण गर्नु पर्ने स्थानियले महशुस गरेका छन् । रुखको आधा भाग काट्दा समेत बचेका भाग देखाउदै एक स्थानियले यसको महत्वबारे थाहा थिएन्,धेरै यस्त झाडीदार कोलवृक्षका विरुवा र रुखहरु काटेर पालि सकेका छन् । बचेका बाकी कोलवृक्ष अब बचाएर संरक्षण गरि राख्नु पर्ने नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताएका थिए । उनले पुरातात्विक बस्तुसँगै यो कोलवृक्षको पनि संरक्षण उत्तिकै आवश्यक रहेकोले संरक्षण गर्न स्थानियसँग आग्रह गरेका थिए ।
उतm राजधानी क्षेत्रमा उत्खनन कार्य भई रहदा भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन टोलीले निरन्तर काम गर्दै आएको छ । टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको थिए । पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिए पछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ ।
बुद्धको मावली भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै अन्य देशी विदेशीहरुले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको छ । कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो ।
