Health Advertisement

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघ
जिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो ।

उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर्न आवश्यक छ । तौल केन्द्रबाट उखु तौल गरि त्यही उद्योगको मिलगेटमा पुर्याउदा दुई क्वीन्टल उखु कसरी बढी भयो ? यसमा सिधै घटतौल गरि किसानलाई ठग्ने काम भई रहेको छ । घटतौलबारे आफुले उद्योगमा कुरा उठाउदा गोपाल सापकोटा लगायतले आफुलाई अपमान जनक भाषा प्रयोग गर्दै दुब्र्यवहार समेत गरेको बताए ।

अहिले गाँउमा अन्य किसानलाई जानकारी गराउदै तौल केन्द्रको काँटामा तालाबन्दी गरे पछि घटी भएको रकम भुतmानी दिन्छौ,भनेर खबर पठाएका छन् । तर यसको जनता सहितको सहभागितामा छानविन गरि प्रशासनिक र कानुनी कारवाही गर्नु पर्ने हाम्रो माग रहेको उनले सुनाएका थिए । पुस १ गते तौल गर्दा उखुको तौल ३१ क्वीन्टल थिाये । तर आर्को उखु पुस ३ गते मिलगेटमा पुर्याउदा तौल बढेर ४३ क्वीन्टल भएको देखियो । दुई क्वीन्टल उखु कम देखिएको छ । यस्ले गर्दा तौल केन्द्रमा कम तौल गरि उद्योगका कर्मचारीले ठगि गर्दै आएका छन । यसरी तौलको अनुपात हेर्ने हो भन्ने ५ प्रतिसत अर्थात १ सय क्वीन्टलमा ५ क्वीन्टल उखु घठि हुन सक्छ । उद्योगले करिब ३ लाख क्वीन्टलसम्म उखु खरिद गरि क्रसिगँ गरि सकेका छन् । यसरी १ लाख क्वीन्टलमा ५ हजार क्वीन्टल उखु हुन्छ । ३ लाख क्वीन्टलको हिसाब गर्ने हो भन्ने १५ हजार क्वीन्टल उखु घटतौल हुन्छ । त्यसको मुल्य प्रति क्वीन्टल ५ सय ८० रुपियाको दरले ८७ लाख रुपिया हुन आउछ ।
उखु किसानलाई ठगि गर्ने उद्योगका कर्मचारी तथा सञ्चालकलाई कारवाही गरिनु पर्ने स्थानिय निवास यादवले बताए । यस क्षेत्रका उखु किसानलाई बर्षेनी कुनै न कुनै बहानामा ठगि हुदै आएको छ । किसानको पक्षमा बोलिदिईने प्रशासन देखी नेताहरु पनि मौन रहेको उनको भनाई थियो । बागमती मात्रै नभई लुम्बिनी चिनी उद्योगमा पनि प्रत्येक टेक्टरमा दुई देखी ३ क्वीन्टलसम्म घटतौल गरि ठगि हुने गरेको आरोप किसानहरुको रहेको छ । तौल मेसिनमा कमजारी छ, कि तौल गर्ने कर्मचारीले गठि गर्दै छन् । त्यसको अनुसंधान आवश्यक रहेको किसानहरुले बताएका छन् । त्यसै गरि इन्द्रा सुगर मिल गंगापुरमा पनि घटतौल गरि भुतmानी ढिलोगर्दै आएको दुखेसो किसानहरुले गर्दै आएका छन् । इन्द्रा सुगर मिलले पनि ३ लाख क्वीनटल उखु क्रसिगँ गरि सकेको जानकारी गराएको थियो । तर उखुको भुतmानी एक तिहाई मात्र दिइएको छ । चिनी भन्ने सबै विक्रि गरि सकेको छ । कुल १७ करोड ४० लाखको उखु खरिद गरेको भए पनि भुतmानी भन्ने ५ करोड भन्दा कम दिइएको किसानहरुले बताएका छन् ।
यसरी मासिक १२ करोड रकमको मासिक ब्याज मात्रै १० लाख बचाउने गरेका छन् । किसान कराउदै गरुन,उद्योगीलाई लाभै लाभ छ । लाभको केही लाभाँस प्रशासन र नेताहरुमा खर्च गर्न पर्दा पनि नाफा हुने यादवको भनाई थियो । यता लुम्बिनी चिनी उद्योगको घटतौलबारे जिज्ञासा राख्दा उद्योगका सिओ केशवराज अचार्यले कुनै पनि तौल मेसिनमा समस्या नभएको दाबी गरेका थिए । मेसिनमा कमजोरीबारे आफुलाई नापतौल कार्यालयका तिलक सरले फोन सम्पर्क गरेर जानकारी लिइएको सुनाएका थिए । घटतौल प्रोपोगण्डा मात्रै भई रहेको उनको भनाई थियो । यस बार उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश यादवले चिनी मिलहरुले बेला बेला बदमासी गर्दै आएको बताउछन् । घटतौल गरेको बारे आफुलाई जानकारी नआएको र त्यसबारे बुझ्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *