Health Advertisement

मनरीको थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टले गाउमा रौनक

नवलपरासी,२९ पुस
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्क नजिकै सञ्चालनमा आएको थारु रिसोर्ट स्थानिय स्तरमा रौनक बढाएको छ । गत बर्ष देखी साँस्कृतिक पार्कको अवाधारणा ल्याई पार्क सञ्चालनमा ल्याए पछि आउने पर्यटकलाई थारुको साँस्कृतिक खानपान अनुसार खाना,खजा,नास्ता समेत खान पाउने गरि साता दिन देखी सोही स्थानमा थारु रिसोर्ट सञ्चालनमा आउदा थप रौनक बढेको हो ।
सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले पार्कमा आउने पर्यटकले घुम्न पाउने,बस्न पाउने तर थारु संस्कृतिको खानानास्ता खान नपाउने भएकोले थारु रिसोर्ट खोल्न पनि प्रोत्साहित गरिएको बताए । मनरी स्वास्थ्य चौकीको जग्गालाई उपयोग हुन्े गरि थारु रिर्सोट संचालनमा आएको उनले जानकारी गराए । उनका अनुसार थारु परिकार र थारु कला संस्कृतिकलाई संरक्षण गर्ने उदेश्यले थारु सांस्कृतिक पार्क नजिकै एक थारु युवाको लागानीमा थारु रिर्सोट संचालनमा ल्याएको उनको भनाई थियो ।


थारु समुदायमा लोकप्रिय परिकारका पारखीका लागि एउटा गतिलो गन्तव्य स्थल बनाउने योजना सहित सुबिधा सम्पन्न थारु रिर्सोट सञ्चालनमा ल्याईएको सञ्चालक स्थानिय नागेन्द्र चौधरीले बताए । लोप हुदै गएको थारु सांस्कृतिक संरक्षण गर्न र आन्तरिक तथा बह्य पर्यटकलाई लक्ष्ति तथा नजिकै रहेको थारु संस्कृतिक पार्कको संरक्षण प्रबर्दन र प्रचारप्रचारको निम्ती रिर्सोट संचालनमा ल्याएको चौधरीले भने , धेरै व्यवासय खस्किदै गएको तर होटल व्यवसाय थोरै भए पनि सम्भवाना देखे पछि बिदेश जानुभन्दा अफनै स्वदेशमा केही गरौ सोचका साथ आफनै गाउँ घर तथा मनरीमा रिर्सोट संचालनमा ल्याएको छु ।
पहिलादेखी आटो तथा ग्यारेज व्यवासयमा रमाउदै आएको र अब थारु संस्कृतिक र थारु परिकारको पहिचान दिनको लागि अफानै गाउँ मनरीमा सुबिधा सम्पन्न रिर्सोट संचालन ल्याएको चौधरीको भनाई थियो । थारु संस्कृतिक पार्क नजिकै गरी १२ कठ्ठा लिजमा लिएर थारु गाउँ र अझै पर्यटकलाई लक्ष्ति गरी थारु रिर्सोट संचालनमा ल्याएको संञ्चालक चौधरीले जानकारी दिए । पार्कसँगै सञ्चालनमा आएको थारु रिसोर्टले ग्रामिण क्षेत्रमा रौनक बढेको स्थायिन युवा सञ्जय मौर्यले बताए । मनरी गाउँमा धेरै थारु बस्ती रहेको थारु संस्कृतिक प्रबर्दन र थारु खाना परिकार प्रबर्दधन गर्नको लागि रिर्सोट पनि सञ्चालन भएको छ, उनले भने, स्थानिय उत्पादन भएको खानाको परिकार बनाउने खुवाउदै आएका छन् । आफानै गाउँघरमा उत्पादन चामल दाल तरकारीहरु ,मासु लोकल गाउँमै पालको हाँस लोकाल कुखुरा ,परेवा ताजा माछा लगायतको खानाको परिकार बनाउने व्यवस्था गरिएको बताए ।
चौधरीले ३० लाखको लागानी भइसकेको तर सरचानाहरु निमार्ण कार्य जारी रहेको र स्थानीयलाई रिर्सोटमा सात जना रोजगारी पनि दिएको बताए । हाल करिब एक सय जना आट्ने क्षमताको सभाहल ,कट्ेजसहित खानाको परिकार सेवा दिदै आएको चौधरीले भने केही समयपछि थारु कला र साँस्कृतिक भल्किने नृत्य प्रर्दशनी हेर्न पाउने सेवा बिस्तारको ंतयारी भईरहेको छ । सरावल गाउँपालिकामा थारु समुदायको बहुल्यता धेरै रहेको छ । ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरुको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानिय जुटेका हुन् । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष चौधरीले बताएका थिए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि निर्माण भई सकेको छ, उनले भने, डिपिआर अनुसार स्थाई संरचनाहरु बनाउदै जान्छौ ।
सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका सघिय साँसद तथा पुर्व मन्त्री ध्रुव बहादुर प्रधानले बजेट समेत विनियोजन गरेको जानकारी गराएको बताउदै उनले छिट्टै सो काम पनि हुने उनले विश्वास ब्यतm गरे । यति छोटो समयमै थारु साँस्कृति पार्कमा स्थानियको आकर्षण बढेको छ । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन । मनरी गाँउ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए ,उनले भने,यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउपालिकाले छलफल गरेर योजना अगाडी बढाएको हो ।
उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ,उनले थपे,वृक्षारोपण गर्ने समुह र स्थानियबासीको सहमति भएमा गाउपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरुसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरु बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रुपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *