Health Advertisement

जिल्ला समन्वय समिति(जिसस)को नवनिर्मित भवनबाट कार्य शुरु

नवलपरासी,४ माघ
जिल्ला समन्वय समिति.(जिसस) आफ्नै नवनिर्मित भवनबाट काम शुचारु गरेको छ । झण्डै आठ करोड लागतमा बनेको जिससको प्रशासनिकय कार्यालय भवनको निर्माण पश्चात आफ्नै भवनबाट काम गर्न थालेको हो ।
शिलान्यास भएको दुई बर्ष नपुग्दै भवनको निर्माण कार्य सम्पन्न भए पछि आफ्नै आफ्नै भवनबाट काम गर्न शुरु गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण भएको छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको थियो । पछि जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य शुरु हुन थाले पछि जिसस भाडामा भवन लिइएर सञ्चालन हुदै आएको थियो । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको थियो ।
जिससकै नाँउमा रहेको ढाई विघा जग्गामा भवन निर्माणका लागि ९ करोड ४२ लाख ५६ हजार ७ सय ५९ रुपिया भ्याट बाहेकको भवनको कुल लागत रहेको भए पनि निर्माण कम्पनीले टेण्डर घटेर हाले पछि कम रकममा निर्माण हुने सम्झौता भएको थियो । भवन निर्माण गर्ने अवधी डेढ बर्षको रहेको थियो । जिससकै जग्गामा भवन पछाडी अन्तराष्ट्र्रिय स्तरको सम्मेलन हुन सक्ने करिब १६ करोड लागत पर्ने सम्मेलन केन्द्र(सभाहल) निर्माणका लागि योजना बनाइएको समेत प्रमुख यादवले जानकारी गराएका थिए । सो सम्मेलन केन्द्रका लागि स्रोत खोज्ने कार्य भई रहेको छ, उनले भने, स्रोत भेटाए पछि काम गरिने लक्ष्य रहेको छ ।
सँसारको एक मात्र मौलिक अवस्थामा रहेको भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तुप देखी करिब तिन किलोमिटर उत्तरमा रहेको जिसस भवन नजिकै सम्मेलन केन्द्रको आवश्यकता महशुस गरिएको उनको भनाई थियो । विश्व सम्पदा सुची प्रकृयामा रहेको रामग्राम स्तुप नजिकै विश्व बौद्ध सम्मेलन लगायत अन्य सभासम्मेलनलाई समेत ब्यस्थित पार्किगँ सहितको सभा हलको आवश्यकता रहेको छ । त्यसका लािग जिसस लागि परेको प्रमुख यादवले जानकारी गराएका थिए । हाललाई जिसस भवनमै लुम्बिनी प्रदेश सरकारको सडक पुर्वाधार विकास कार्यालय समेत सञ्चालन हुदै आएको छ । यस्ले पनि जिसस भवनमा चहल पहल बढेको देखिन्छ ।
उतm कार्यालयको औपचारिक उदघाटन भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले कार्तिक २६ गते गरेका थिए । प्रदेश सरकारले नवलपरासीमा समेत भौतिक पुर्वाधार विकास कर्याालय स्थापनाका लागि निर्णय गरे पछि सो कार्यालय सदरमुकाम बाहिर राख्नका लागि जिल्लाका केही नेता लागेको भन्दै नागरिक समाज नवलपरासीले उतm कार्यालय सदरमुकाममा नै राख्नका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण समेत गराएको थियो । स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको थियो । उतm कार्यालयको स्थापना वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरु लागेको कार्य प्रति जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराउदै सदरमुकाम परासीमै राख्नका लागि अग्रसरता लिन ज्ञापनपत्र बुझाएको थियो ।
नागरिक समाजले गराएको ध्यानाकर्षण प्रति आफु सचेत रहेको जिसस प्रमुख यादवले बताएका थिए । यदि जिल्ला कार्यालय हो,भन्ने जिल्ला सदरमुकाम मै सो कार्यालय स्थापना हुनु पर्छ,जिसस प्रमुख यादवले भनेका थिए, के संघिय मन्त्रालयले नेपाल भरि एउटा एउटा मन्त्रालय राखेर काम हुन्छ ? के लुम्बिनी प्रदेश सरकारले पनि एउटा जिल्लामा एउटा मन्त्रालय र आर्को जिल्लामा आर्को मान्त्रालय राखेर काम गर्छ ? पक्कै गर्न सक्दैन्,त्यो भएर जिल्ला कार्यालयको रुपमा स्थापना हुने कार्यालय पनि जिल्ला सदरमुकाम मै राख्नु पर्छ । यसका लागि जिससले के भुमिका निर्वाह गर्नु पर्छ,त्यसको लागि जिसस गर्न तयार रहेको उनको भनाई थियो ।
नागरिक समाजको भुमिका र जिससको अग्रसरताले सदरमुकाममै उतm कार्यालय स्थापना भएको नागरिक समाजका अध्यक्ष सैथवारले खुशी ब्यतm गरेका थिए । जिससले आफ्नै भवन उपलब्ध गराएर जिल्लाबासीको भावना र मर्मलाई सम्मान गर्दै कार्यालय राख्न देखाएको अग्रसरता सराहनिय भएको उनको भनाई थियो । जिल्ला भरिका विभिन्न कार्यक्रम र आयोजनाबारे नियमित सम्पर्क र समन्वय गर्नमा समन्वय समितिलाई पनि जिससको भवन भित्रै उतm कार्यालय हुने भए पछि अझै सहज हुने सैथवारले बताएका थिए । विगत देखी नै जिससको यस्तै भुमिका हुनु पर्ने थिए । सदरमुकाम बाहिर बसेका केही कार्यालयहरु जिल्लामै रहन सक्थ्यो,तर हुन सकेन,त्यो दुःखद पक्ष पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *