Health Advertisement

गण्डक नहरको सिल्टबेसिन निर्माण कार्य २ बर्षमा ५० प्रतिसत मात्र, ७ महिनामा सम्पन्न होला बाकी ५० प्रतिसत कार्य ?

नवलपरासी, १३ पुस
निर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को म्याद सकिदै जादा आधा काम मात्र सकिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले अझै धेरै दिनसम्म ब्यहोर्ने अवस्था देखिएको हो ।
सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई बिभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियामा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने कुरा उल्लेख छ । आयोजनाको समय अवधि ७ महिना मात्र छ,काम भन्ने ५० प्रतिसत मात्र भएको सिचाई ब्यवस्थापन कार्यालयले जनाएको छ । २ बर्षमा ५० प्रतिसत काम मात्र हुदा बाकी ५० प्रतिसत काम गर्न पनि दुई बर्ष लाग्ने हो,भन्ने गण्डक सिञ्चित (कमाण्ड) क्षेत्रका किसानले अझै पनि चार बालीमा नोक्सानी ब्यहोर्न पर्ने अवस्था देखाउछ ।
नहरको मुहानमा सिल्टबेसिनका संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको हुदा हिउँदे बालीका लागि पानी बन्द गरेको छ । ति संरचना बेलामै सम्पन्न गर्ने भएकाले पानी प्रवाह नहुने सिचाई ब्यवस्थान कार्यालय सेमरीद्धारा नहरमा पानी प्रवाह नगरिएको दाबी गरिएको थियो । नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भई रहेको र पानी प्रवाह गर्दा उतm निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदेबालीलाई किसानले पानी नपाउने ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताएका थिए । नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर पुक्न दुई तिन महिना लाक्ष्न सक्छ, उनले भने, सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । समयको अभाव भन्दै निर्माण कम्पनीले पुन म्याद माग्ने बखेडा झिक्न सक्ने उनको भनाई थियो ।
संरचनागत सुधान भए पछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिन्छ । यसले आउने दिनमा गण्डक क्षेत्रका किसानलाई सिचाईमा राहत पुग्ने उनको भनाई थियो । गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरु बनेका छन् । सिल्ट समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि दुई बर्ष देखि निरन्तर भई रहेको छ । चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ ।
विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले ब्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको छ । सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ । समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ ।
तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाई मै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *