प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !

नवलपरासी,१३ पुस
कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा चार साताको उत्खननले महत्वपुर्ण समाग्रिहरु फेला परेका छन् । जस्ले राजधानीको आधार र प्रमाणलाई मजबुत बताएको लुम्बिन्ी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका हुन् ।
उनका अनुसार नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको छ । पुरातत्वविदहरुले राजधानीबारे कुरा नगरे पनि सो सेन्ट्रिले राजधानीलाई प्रष्ट्याउने उनको भनाई थियो । शनिवार पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरेको टोलीसँग जानकारी लिए पश्चात सो कुराको जानकारी प्रदेश साँसद जैसावलले गराएका थिए । उनका अनुसार उत्खननले फेला पर्ने बस्तुहरुले यस क्षेत्रमै पहिलो चक्रिय आधारको ब्यवस्थित नगर प्राचिन कालमा बसेको आधार देखाउछ । विगतका उत्खनन भन्दा केही फरक बस्तु पनि फेला गरेको बताए । उत्खनन टोलीले देखाएको प्राचिन नगरको सुरक्षार्थ बस्ने सुरक्षा(सेन्ट्री)स्थाल समेत फेला परेका छन् । यसले उत्खनन टोलीलाई पनि उत्साही बनाएको उनको भनाई थियो । स्थानियबासीमा पनि उत्साह थपेको छ, उनले भने, यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानिय सरकारले पनि योजना बनाई काम गर्नु पर्छ । यसक्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारसँग पनि आफुले पहल गरिने जानकारी गराएका थिए ।
पुरातत्वविद ज्ञवालीका अनुसार भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको छ । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्र वरिपरी रहेका दह जस्तो(कुलो) बाहिर पुरातात्विक खोज भई रहेको छ, । यसले अहिलेसम्म पहिचानमा आएको क्षेत्र बाहिर पनि केही पुरातात्विक आधार भेटिन्छ कि भनि पत्ता लगाउन कुलो बाहिर खोजी भई रहेको छ ।


विगतमा ६ सय मिटर लम्बाई ६ सय मिटर चौडाई क्षेत्रफल अनुमान गरिएको थियो,तर अहिले सो क्षेत्र विस्तार हुदै १ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई भएको अनुमान गरिएको छ । यस क्षेत्रमा कुनै पुर्वाधार बन्न नदिनका लागि यहाँका जनप्रतिनिधिलाई पनि पहल गर्न पुरातत्वविद ज्ञवालीले आग्रह गरेका थिए । यस क्षेत्रको एक ब्यवस्थित कोलिय राज्यका एक प्राचिन सहर(सिटी) भेटिएको छ, उनले भने, राजधानी नै हामीले अहिले भन्न मिल्दैन्,तर राजधानीका आधारहरु भेटिन थालेको छ । उत्खननबारे लुम्बिनी विश्वविद्यालयका पुरातत्व विभागका प्रमुख पुरातत्वविद बसन्त विडारी समेत आएर अवलोकन गरी फर्केका थिए । सो क्षेत्रमा लुम्बिनी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष गुणनीति तिवारी,रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ता लगायत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार लगायतका ब्यतिmहरुले समेत उत्खनन क्षेत्रको अवलोकन गर्दै आएका छन् । सो क्षेत्रमा रामग्राम नगरपालिकाले थप उत्खननका लागि बजेट बिनियोजन गरेको नगरप्रमुख धनपत यादवले माग गर्दै आएका छन् । त्यसबारे पनि समय मिलाएर काम गर्न सक्ने पुरातत्वविद ज्ञवालीले बताएका थिए ।
उनका अनुसार पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । बुद्धको मावली भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै अन्य देशी विदेशीहरुले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको छ । कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।
विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ । बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरु फेला परेका छन् । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *