नवलपरासी,१० पुस
जिल्लाको सरावल गाउपालिकामा विस्तृत शिक्षा नीति बनाउनका लागि अनुसंधान तथा छलफल कार्य थालिएको छ । शिक्षा नीति मार्फत सबैmलाई शिक्षाको मुल प्रवाहमा ल्याउने उदेश्य सहित स्थानिय सरोकारवालासँग छलफल गर्ने कार्य थालिएको हो ।
विगत बर्षमा गाउपालिकाको शिक्षा ऐन बनाइएको छ । तर ऐनको कार्यान्वयका लागि आवश्यक कार्यविधिहरुको अभाव तथा प्रभावकारी शिक्षा नीति नहुदा शिक्षा क्षेत्रमा केही समस्याहरु देखिएको हुदा त्यसबारे छलफल र अनुसंधान गर्ने कार्य भईरहेको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । जुरी नेपाल नामक सस्थाले उतm शिक्षा नीति बनाउनका लागि सहजीकरण गरिरहेको उनले जानकारी गराए । शिक्षक,अभिभावक,शिक्षा शाखा तथा अन्य संघसस्थासँग छलफल तथा राय संकलन गर्ने काम उतm सस्थाले गरिरहेको छ, उनले भने, सबैको राय सुझाव संकलन गरि एक दुई महिना भित्रै शिक्षा नीति तयार गरि त्यसको मस्यौता माथि विस्तृत छलफल पनि चलाईने छ ।
तत्पश्चात मात्र सो शिक्षा नीतिलाई गाउसभाबाट पास गरेर बैधानिकता प्रदान गरिने छ । हुन त अहिले संघिय सरकारकै शिक्षा ऐन बन्न नसकिरहेको अवस्थामा स्थानिय सरकारका शिक्षा नीति बनाउन चुनौती त छदैछ,उनले भने, तर पनि हालकै शिक्षा अवस्था,त्यसका चुनौती र समाधानका उपाय स्थानिय स्तरबाट खोज्दै शिक्षा नीति बनाउनमा गाउपालिका लागि परेको छ । त्यसका लागि सबै सरोकारवालाले आवश्यक सुझाव पठाउन सक्ने उनको भनाई थियो । यस क्षेत्रका शिक्षा विदमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.तारालाल श्रेष्ठले समेत काम गरिरहेका छन् । सुझाव संकलनमा धेरै महत्वपुर्ण कुराहरु आएका छन्,जुरी नेपालका प्रतिनिधि राजकुमार विकले बताएका थिए । उनका अनुसार सो नीतिसँग नजिक रहेर निरन्तर स्थानिय सरकारलाई झक्झकाउनका लागि स्थानिय समन्वय समुह(कोलेसन ग्रुप) पनि बनाइएको छ ।