Health Advertisement

किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१८ मंसिर
जिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका थप उनवछ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । सोमवार रामग्राम ७ उजैनी स्थित उतm स्वास्थ्य चौकीको नवनिर्मित भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाह गर्ने घोषणा गरिएको हो ।
नगरप्रमख धनपत यादवले स्वास्थ्यचौकी भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाहको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थिए । उनवछ स्वास्थ्य चौकी भगवान गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर भित्रै रहेको र सो स्तुप क्षेत्रको भ्रमण गर्न आउने नगरपालिका बाहेकका पनि किसोरकिसोरी आउने गर्छन् । पर्यटकिय क्षेत्रलाई लक्षित गरि पनि सो सेवा विस्तार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । यो भन्दा अगाडी गत बर्ष देखी दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पुर्वाँधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वार्ड नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वार्ड नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो ।
संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्कालै दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराएका थिए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पुर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ । आवश्यक पुर्वाधार तयार गरे पछि तत्काल ति दुई स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गरिने छ ।
स्वास्थ्य सस्थाहरुबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । निर्देशिका सरकारले पठाए पछि नगरक्षेत्र भित्र पुरै नभए पनि तत्कालै केही संस्थाहरुबाट सेवा शुरु गर्न निर्णय भए अनुसार अहिले तिन वटा स्वास्थ्य सस्थाबाट सेवा प्रवाह गर्ने जानकारी नगरप्रमुख धनपत यादवले समेत बताएका थिए । जारी निर्देशिका अनुसार किशोरकिशोरी मैत्री सेवा सञ्चालन पुर्व विभिन्न मापदण्ड पुरा भएको भनि नगरपालिकाले प्रमाणित गर्नु पर्छ । जुन मापदण्ड अनुसार किशोरकिशोरीहरुको स्वास्थ्य सम्बन्धि जानकारी,समुदायको सहयोगबारे जानकारी हुनु पर्छ ।
त्यसैगरि सेवा प्रवाहको उपयुतm प्याकेज,स्वास्थ्यकर्मीको दक्षता,उपयुतm स्वास्थ्य सस्थाको विशेषता,भेदभाव रहित समतामुलक सेवा,तथ्याँक र गुणस्तर सेवा,किशोर किशोरीको सहभागिताको आधारमा विभिन्न मापदण्ड भए पछि स्वास्थ्य शाखाले प्रमाणिकरण गर्नेछ । किशोरकिशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा,परामर्श र प्रेषण सेवा,परिवार योजना वा नियोजन सेवा,परामर्श र प्रेषण सेवा (कम्तीमा कण्डम,पिल्स,तीन महिने सुई,आकस्मिक गर्भ निरोधक साधन) को सेवा,पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा,यौनजन्य संक्रमण तथा एचआईभि नियन्त्रण,रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *