Health Advertisement

स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि

नवलपरासी,१८ मंसिर
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जिल्लाका सात वटै स्थानिय तहमा रहेका पशु प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । पशुपालक किसानका समस्या तथा सरकारी स्तरबाट दिदै आएको सेवाबारे स्थानिय तहका पशु पंक्षि विकास शाखाका प्राविधिकहरुलाई अस्पताल परिसरमै डाकेर गोष्ठिको आयोजना गरेको हो ।
जिल्लाका पशुपालक किसानलाई प्रोत्साहित गर्नमा पशु सेवा प्राविधिकहरुको ठूलो योगदान रहेको बताउदै उनीहरुलाई निरन्तर सेवामा लागि रहन कार्यालय प्रमुख श्रवण कुमार चौधरीले बताएका थिए । कुनै पनि मुलुकको मेरुदण्ड अर्थतन्त्र भएको र नेपालमा कृषि र पशुपालन नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै सरकारी सेवामा लागेका पशु सेवा प्राविधिकहरु आफ्नो कार्यक्षेत्रमा लगतसिल भएर लाग्न आग्रह गरेका थिए । मानिसको स्वास्थ्य प्रति मानिस सचेत हुन्छन्,आफ्ना औषधी उपचार गराई हाल्छन्,उनले भने,तर पशु पंक्षीहरु मासिन जस्तो आफ्ना समस्या राख्न सक्ने अवस्था हुदैन्,पशुहरुको निरन्तर निगरानी गरेर पशुको समस्या बुझ्ने र पशुपालन तर्फ किसानलाई निरन्तर प्रोत्साहित गर्ने पशु सेवा प्राविधिकहरुको दायित्व रहेको उनले औल्याएका थिए ।
कृषि र पशुपालनको समेत अन्तरसम्बन्ध हुने हुदा अहिले कृषि क्षेत्रमा बढदो यान्त्रिकरणले पशुपालन गर्ने कार्यमा परिवर्तन आएको र पशुपालन गर्न किसान उत्साही हुन छाडेको हुदा उनीहरुलाई पशुपालन तर्फ प्रोत्साहित गर्नका लागि निरन्तर सेवा प्रवाह हुन आवश्यक रहेको कार्यालय प्रमुख चौधरीको भनाई थियो । त्यसैगरि पशुपालन क्षेत्रमा सरकारका संघ,प्रदेश र स्थानिय तिनवटै तह मिलेर सहकार्य गर्नु पर्ने आवश्यकता बताउदै अहिले धेरै जसो स्थानिय तहबाट पशु तथ्याँक(डाटा) माग गर्दा बेलामा नआउने जस्ता समस्या विद्यमान रहेको बताए । स्थानिय तहलाई अहिले पशु सेवा केन्द्रले के गर्न आवश्यक छ ? उनले भने, पशु सेवा केन्द्रलाई स्थानिय तहले के गर्नु पर्छ ? त्यसबारे खुलेर कुरा राख्न समेत उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *