नवलपरासी,१८ मंंसिर
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ । गाउपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्य गरिएको हो ।
उतm कार्यक्रममा स्वागत गर्दै गाउपालिकाकी न्यायिक समितिका सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले सबै अपाँगहरुलाई कानुनले समान अधिकार प्रदान गरेको बताएकी थिईन् । समाजका अपाँगको पनि अन्य ब्यतिm सरह नै सबै अधिकार भएको र थप केही विशेषाधिकार पनि कानुनले प्रदान गरेको हुदा बेलामै सबैले अपाँगता परिचयपत्र बनाउनु पर्ने आग्रह गरेकी थिईन् । सो अपाँगता परिचय पत्रले राज्यद्धारा प्रदान गरिने सेवा सुविधा लिन समेत उनले अनुरोध गरेकी थिईन् ।
गाउपालिकाले केही न्युनतम सुविधा दिदै आएको छ, उनले भने, तर गाउपालिकाले बनाईदिइने अपाँग परिचयपत्रले राज्यका अन्य निकायका थुप्रै सेवा पाउन सक्नु हुन्छ । परिचयपत्र नबाएकै कारण अपाँगले अन्य सरकारी सेवा तथा विभिन्न संस्थाले प्रदान गर्दै आएका अपाँगका लागि विशेष सेवा पाउन नसकेको हुदा अपाँग क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले पनि सहजीकरण गर्न आग्रह गरेकी थिईन् । गाउपालिकामा अपाँगलाई विभिन्न खालका सहजीकरण सुनवल सामुदायिक विकास केन्द्र काम गर्दै आएकोमा सो सस्था प्रति गाउपालिका उपाध्यक्ष खातुनले आभार ब्यतm गरेकी थिईन् । आफ्ना अधिकारका लागि अपाँग र अपाँगका अभिभावक तथा परिवार समेत जागरुक हुनु पर्ने उनले आवश्यकता औल्याएकी थिईन् ।