प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)

नवलपरासी, ८ मंसिर
जिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रको सरसफाई गरिएको भए पनि प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । सुनवल नगरपालिकाले सरसफाई गरेर ब्यवस्थित गरेको भए पनि प्रचार प्रसार हुन नसक्दा सो क्षेत्र ओझेलमा परेको हो ।
नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत तिन बर्ष पहिला ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने योजना बनाई उतm पोखरी ब्यवस्थित बनाएको हो । बौद्धकालिन उतm पोखरीसँगै पुरातात्विक स्थल र प्राचिन इतिहास बोकेको स्थानमा पर्यटकहरु आउने तर पोखरी ब्यवस्थित नगर्दा अब्यवस्थित देखिएको थियो । अहिले पोखरीमा रहेका जलकुम्भी सफा गरिको छ । पानी सुरक्षित गर्नका लागि पर्खाल,तटबन्ध समेत गरिएको छ । पोखरीका घाटहरु समेत ब्यवस्थित बनाइएको स्थानियले बताए । सो पोखरीलाई निरन्तर ब्यवस्थित गर्दै लैजाने सुनवल ७ का वार्ड अध्यक्ष नारायण प्रसाद अचार्यले बताएका थिए । यसको प्रचार प्रसार गरेर बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै उनले यो क्षेत्रलाई ग्रेटर लुम्बिनीमा समावेश गरिने लक्ष्य रहेको सुनाएका थिए ।
देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका विच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न नसके पनि सरसफाई गराउन थालेको एक स्थानियले बताए ।
सुनवल नगरपालिका भित्र पर्ने यो पुरातात्विक,धार्मिक प्राचिन सम्पदा हो,तर यसको विकासमा पुरातत्व विभाग सहित लुम्बिनीसँग सम्बन्धित बौद्ध संघसस्थाले पनि चाँसो लिई काम गर्न आवश्यक रहेको औल्याएका थिए । ताल क्षेत्रमा अतिक्रमण कायम नै छ, । उनले तालको अवस्था देखाउदै भने,तालमा पहिला कमलले भरिएको हुन्थ्यो, पछि जलकुम्भीले भरियो,सो जलकुम्बी सफा गरिएको छ । तर जलकुम्भी सफा गर्दा यहाँको प्राचिन अवस्था जस्तो कमल पनि नष्ट भएर गएको छ , सो कमल फूल पुनः पुर्नस्थापन आवश्यक रहेको औल्याएका थिए ।
प्राचिन उत्तरक नगर घोषणा पश्चात नै यसको डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) बनाई काम थालि सक्नु पथ्यो,यसको प्रचार प्रसार,सोध अनुसंधान तथा लुम्बिनीसँग जोडेर ग्रेटर लुम्बिनीमा समावेश गराई काम गर्नु पथ्र्यो,तर अहिले ति केही गरेको देख्न पाइएको छैन् । पोखरी सफा गरिएको छ, तर यसलाई पर्यटकिय गन्तब्य बनाउन थुप्रै काम गर्न बाकी रहेको स्थानियको भनाई रहेको छ । भगवान बुद्धको पाईला परेको यो स्थान बौद्ध साहित्यमा अति नै महत्वपुर्ण स्थान रहेको छ । भगवानको जिवन उपयोगी शिक्षा अष्टागिँक मार्गको शिक्षा दिइएको स्थान हो । त्यसबारे पनि प्रचार प्रसार हुन सकि रहेको छैन् ।
सुनवल ७ स्थित तरगौली ताल र देवदह ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिन पोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको छ । एमाले जिल्ला सदस्य समेत रहेका रामचन्द्र भण्डारीले स्थानियको आपेक्षा अनुसार नगरपालिकाले काम गर्न सकि रहेको छैन् । यस क्षेत्रको पुरातात्विक खोज हुन आवश्यक छ, । तर त्यसबारे स्थानियबासीसँग छलफल गरि नगरपालिकाले थप काम गर्नु पर्छ । अध्यात्मिक स्थलको रुपमा विकास गरि धार्मिक पर्यटक ल्याउने लक्ष्य सहित नगरपालिकाले काम गर्नु पर्ने उनको भनाई थियो ।
उत्तरक नगर एक धर्मोपदेश भएको स्थान हो । त्यो धर्मोपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । भगवान गौतम बुद्ध एक पटक घुम्दै आउदा उत्तरक नगरमा पुगेका थिए । उत्तरक नगरमा पुगे पछि उनका केही आलोचकले उनका अनुयायीसँग प्रश्न गरेका थिए कि बुद्ध के कस्तो माया जानेका छन ? सो कुरा उनका अनुयायीले भगवान बुद्धसँग सोधे पछि भगवान बुद्धले भने कि ,मलाई कुनै माया आउदैन,नत कुनै माया जान्दछु, जस्ले मलाई के माया जानेका छन ? भनेर सोधेका छन्,उनिहरु नै पछि म मायावी हो भन्ने कुरा गर्छन् । मसँग माया छैन्,बरु मार्ग छ । त्यो धर्म मार्ग । धर्म मागले मानिसलाई जन्मजन्मान्तर देखी भोग्दै आएको दुःखबाट मुतmी दिलाउछ । त्यो मार्ग हो ,अष्टागिँक मार्ग । जस्ले यसलाई अपनाउछ,त्यो यो जरामरणको चक्रबाट मुतिm पाउन सक्छ ।
संसारमा दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,निवारणको विधि नै अष्टागिँक मार्ग हो । जस्ले जन्म लिन्छ,उसँग दुःख छाया बनेर आउछ । जन्मजन्मान्तरबाट मुतिm लिए उ दुःखबाट पनि मुतिm पाउने हुदा भगवान बुद्धले अष्टागिँक मार्गबारे धर्मदेशना दिएको यो स्थान अति नै महत्वपुर्ण भएकोले पनि संसारका लागि यो स्थान धर्मको केन्द्र बन्न सक्ने सम्भावना छ । त्रिपिटकको अगुँतर निकायमा उतm सन्देश उल्लेखित छ ।
कोलिय राजधानी रामग्राम देखी उत्तर तर्फ र पहाड नजिक भएको उल्लेख भएकोले अहिले कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी उत्तर र पहाडको नजिकै रहेकोले महत्वपुर्ण रहेको छ । बुद्ध शान्ति साझेदारी बनसँगै जोडिएको उत्तरक नगरलाई अध्यात्मिक क्षेत्र बनाइनु पर्छ । तर बन क्षेत्रमा पर्यापर्यटनको समेत सम्भावना रहेको हुदा यसलाई नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्र बनाउने लक्ष्य नगरपालिकाको रहेको नगरपालिकाकी प्रमुख विमला अर्यालले पहिलो बर्षमै बताएकी थिईन् । यसको थप सोध खोज हुन आवश्यक छ, उनले भनेकी थिईन्, यसलाई वृहद लुम्बिनीसँग जोडेर बुद्ध सर्किटमा पार्ने कार्य समेत भई रहेको छ । यसका लागि लुम्बिनी विकास कोषसँग पनि समन्वय गरि लुम्बिनी पर्यटन क्षेत्रको अंग बनाईने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *