सुनवल २ स्थित पशु सेवा केन्द्रबाट पशु उपचार सेवा शुभारम्भ

नवलपरासी,८ मंसिर
जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको हो ।
नगरप्रमुख बिमला अर्यालले उतm केन्द्रको उदघाटन गर्दै केन्द्रले यहाँका पशुपालक किसानलाई राहत पुग्ने बताएकी थिईन् । नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुदै आएको बताउदै उनले भनिन,केन्द्र अहिले जिल्लाकै नमुना पुर्वाधार बनेको छ,अगामी दिनमा यहाँ पशु विशेषज्ञ चिकित्सक राखेर स्तरोन्नती गर्दै लैजाने लक्ष्य रहेको छ । यो केन्द्र सञ्चालनमा हातेमालो गर्दै जनता र जनप्रतिनिधि अगाडी बढनु पर्ने उनको भनाई थियो । विस्तारै केन्द्र सञ्चालनका लागि बजेट बढाउदै लैजाने उनले प्रतिवद्धता जनाएकी थिईन् । उतm केन्द्र २०७८ बैशाख ३ गते शिलान्याश भएको थियो । शिलान्यास भएको २ बर्ष ७ महिना ४ दिन पछि उदघाटन भएको छ । भवन म्याद भित्रै निर्माण सम्पन्न भएको थियो ।
तर नगरपालिकाले आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । केन्द्रको भवन निर्माण २०८९ मै सम्पन्न भएको थियो । केन्द्र भवन निर्माण सम्पन्न भए पनि आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । बेला बेला स्थानिय कृषकले गुनासो समेत गर्दै आएका थिए । उदघाटन सत्रमा स्थानिय किसान हिरालाल यादवले उपचार नपाएर एक बर्ष भित्रै आफ्ना पाँच वटा भैसी मरेको बताएका थिए । अन्य किसानका भैसी,गाई बाख्रा तथा कुखुरा हाँस लगायतका पंक्षिहरु पनि उपचार नपाएर मर्ने गरेका थिए, उनले भने, अब यो केन्द्र सञ्चालनमा आए पनि किसानका पशु मर्नबाट उपचार पाएर जोगाउन सक्ने अवस्थाको सृजना भएको छ । तर केन्द्र उदघाट गरेर मात्रै पुग्दैन, उनले थपे, नगरपालिकलाले निरन्तर बजेट र कर्मचारी ब्यस्थापन गर्दै लैजानु पर्छ ।
स्थानिय किसानहरुले नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गर्दै आएको भए पनि अब देखी किसानले सेवा पाउने वार्ड अध्यक्ष विरबल चौधरीले बताएका थिए । साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षा मै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीले लगाउदै आएको भए पनि सो गुनासो अब देखी अन्त भएको सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले बताएका थिए । वार्ड अध्यक्ष यादवकै सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । उनका अनुसार नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषकहरुको बसोबास भएको वार्ड हो । पशुपालन र कृषिमा नै ति वार्डका बासिन्दाहरुको जनविवन रहेको छ ।
उनका अनुसार नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । उतm भवन एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *