पाल्ही क्याम्पस पुर्व विद्याार्थी संघको साधारणसभा मंसिर १५ गते हुने

नवलपरासी,९ मंसिर
जिल्ला सदरमुकाम परासी स्थित पाल्ही बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरुको छाता संगठन पुर्व विद्यार्थी संघको पहिलो साधारणसभा मंसिर १५ गते हुने भएको छ । संघका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा बसेको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
क्याम्पसको प्रशासनिक भवनको उदघाटन समेत रहने उतm मिति मै संघको साधारणसभा पनि गर्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताएका थिए । क्याम्पसका अध्यक्ष राधेश्याम पाठकको प्रमुख आथित्यतामा बसेको उतm बैठकले पुर्व विद्यार्थीहरुलाई पनि संगठति गरि क्याम्पसको विकास र प्रगतिमा उत्तरदायित्व बढाउने कार्यक्रम गर्न निर्णय समेत भएको थियो । सो क्याम्पसमा शुरु देखी हालसम्म अध्ययन गरेका विद्यार्थीहरुलाई क्याम्पस प्रतिको भावनात्मक सम्बन्धसुत्रमा बाध्ने र क्याम्पसको प्रगतिको सारथी पनि बन्ने गरि संघको गठन गरिएको हो, उनले भने, आफु क्याम्पसको संस्थापक विद्यार्थी हो र हालसम्म यो क्याम्पसमा अध्ययन गरि गएका विद्यार्थीहरुलाई यो पुर्व विद्यार्थी संघ मार्फत पुनः जोड्नका लागि काम भई रहेको छ । देश विदेशमा जहाँ भए पनि आफुले अध्ययन गरेको यो क्याम्पसको प्रगतिमा सहयोग गर्ने योसंघको ध्येय रहेको उनले जनाएका थिए ।
क्याम्पस परिसरमै संघको कार्यालय समेत सञ्चालन गरि सामाजिक तथा शैक्षणिक गतिविधिमा सहयोगी बनाई लक्ष्य लिई संघले काम गर्ने उनले जनाएका थिए ।
साधारणसभा सम्पन्न गर्नका लागि संघका बरिष्ठ उपाध्यक्ष बेचु गौडको संयोजकत्वमा प्रचार प्रसार समिति,संघका महासचिव सञ्जय शर्माको संयोजकत्वमा प्रगतिप्रतिवेदन तयारी समिति,कोषाध्यक्ष नरेश कोहाँरको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिति,उपाध्यक्ष उत्तमा रायको संयोजकत्वमा अतिथी सत्कार तथा मञ्च ब्यवस्थापन समिति समेत बनाइएको छ । साधारणसभा क्याम्पसकै सभाहलमा सम्पन्न हुने भण्डारीले जानकारी गराएका थिए । बैठकमा प्रमुख अथिती क्याम्पस अध्यक्ष पाठकले क्याम्पस सञ्चालक समितिको सहयात्रीको रुपमा यो पुर्व विद्यार्थी संघलाई लिएको बताएका थिए । क्याम्पसमा धेरै जनाको योगदान रहेको छ, उनले भने, यो क्याम्पसमै अध्ययन गरेर गएका विभिन्न स्थानमा उच्च ओहदा प्राप्त गरेका ब्यतिmहरुलाई पनि यो संघसँग आवद्ध गराई क्याम्पससँग जोड्न उनले आग्रह समेत गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *