नवलपरासी,१ मंसिर
भगवान गौतम बुद्धको अष्टधातुमा भारत बराणसीका तिर्थयात्रीले कार्तिक पुर्णिमाको अवसरमा दिप प्रज्जलिगत गर्न आईपुगेका छन् । रामग्राम विकास कोषले निरन्तर अष्टमी,औषी र पुर्णिमालाई लक्षित गरि रामग्राम स्तुपमा गर्दै आएको दिप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा भारत बराणसी विपश्यान केन्द्रका साधकले सहभागिता जनाएका हुन् ।
उनीहरुले रामग्राम स्तुपमा कार्तिक पुर्णिमाका दिन दिप प्रज्जलिगत गरि पुर्जापाठ गर्न पाउनु सौभाग्य प्राप्त गरेको र पुण्यलाभ प्राप्त गरेकोमा खुशी ब्यतm गरेका थिए । कोषले महिनाका चारवटै तिथीमा अध्यात्मिक अभ्यास गर्न कार्यक्रम गर्न थाले पछि विभिन्न देशका तिर्थयात्री भाग लिन आउन थालेको कोषले जानकारी गराएको थियो । कोषका अनुसार असोज औशीका दिन चिनिया भिच्छुहरुको समेत सहभागिता थिए । रामग्राम विकास कोष गठन भए देखी रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गर्न थालिए पछि अन्य बौद्ध संघसस्थाहरुले सहभागिता जनाउदै आएकोमा चिनिया भिच्छु तथा उपासकहरुको सहभागिता भएको हो ।
कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार गत औशीका दिन पनि चाईनाका ग्वान्जो बुद्धिष्ट एसोसिएसनका भिच्छुहरु सहभागि भएका थिए ।
बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।
देश विदेशका मानिस यो स्तुपको महत्व बुझेर धातुको पुजापाठ तथा ध्यानअभ्यासका लागि लाखौ खर्चेर आउने गर्छन्,तर स्थानिय स्तरमा यसको महत्व बुझाउन नसकेका कारण स्थानियले ति लाभ लिन सकिरहेका छैनन्, सदस्य पाण्डेले भने, जागरण प्रश्चात यो रामग्राम स्तुपको महत्व स्थानिय स्तरमा पनि बढेर जाने हाम्रो विश्वास छ । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए ।
त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ । साथै कोलिय गणराज्य भित्रका अन्य पालिकासँग पनि सहकार्य गर्दै रामग्राम विकास कोषाले काम गर्दै जाने उनको भनाई थियो ।