कार्ययोजना निर्माणमा ढिलाई हुदा बुद्ध शान्ति साझेदारी बनको पौने चार करोडको काठ दाउरा भएन विक्रि

नवलपरासी,२ मंसिर
जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बनको कार्ययोजना निर्माणमा ढिलाई हुदा करोडौको काठ दाउरा विक्रि वितरणमा समस्या देखिएको छ । बुद्ध शान्ति साझेदारी बन समुहले तयार गरेको कार्ययोजना असार मासन्त मै सकिएको र यो चालु आर्थिक बर्षमा कार्ययोजना अहिलेसम्म बन्न नसक्दा साझेदारी बन समुहमा रहेको झण्डै चार करोड मुल्यको काठ र लाखौ मुल्यका दाउरा विक्रि वितरण रोकिएको हो ।
बबेलामै कार्ययोजना बनाई बन मन्त्रालयमा कार्ययोजना पास गराएर काम गर्नु पर्ने भए पनि चाँसो लिइएर कर्मचारीले काम नगरिदिदा समस्या भएको कार्यालयकै एक कर्मचारीले बताए । उनका अनुसार डिभिजन बन अधिकृत(अिएफओ)ले सबै शाखाको कार्य प्रगतिबारे नियमित समिक्षा गर्नु पर्छ,उनले भने,तर कार्यालयमा डिएफओ भेटाउनै मुस्लिक पर्ने गरेको छ । विगतमा पनि साझेदारी बन समुहको काम हेर्ने गरि तोकिएका अधिकृतलाई थप काम लगाउने गर्दा पनि समस्या देखिएको थियो । साझेदारी बन समुहका लागि छुट्टै एक जना अधिकृत तोकिनु पर्ने हो,तर डिएफओले त्यसरी गराउन नसक्नुले साझेदारी बन समुहका कामहरु ढिलाई हुने गरेको छ ।
कार्यालयका अन्य काम पनि गर्ने र पार्टटाईमको रुपमा साझेदारी बन समुहको काम गर्ने प्रवृति बन कर्मचारीमा देखियो,उनले भने,जिल्लाकै साझेदारी बन समुह ठूलो क्षेत्रफल भएको बन समुह हो,त्यसबाट डिभिजन बन कार्यालयको साझेदारी रहेको छ । बन समुहबाट उत्पादन हुने काठ दाउराको आधा डिभिजन कार्यालयले विक्रि वितरण गर्छ,आधा बन समुहका उपभोतmालाई ब्यवस्थान समितिले वितरण गर्ने गर्छ । साझेदारी बन समुहमा ३० हजार क्वीफिट काठ र ६० चट्टा भन्दा बढि दाउरा विगत बर्षकै विक्रि वितरण नभई थन्किएका छन् । ३० हजार क्युफिट काठको प्रति क्युफिट १ हजार २ सय ५० का दरले ३ करोड ७५ लाख राजस्व मात्रै उठ्छ । त्यसले बजारमा करोडौको कारोबार हुने वातावरण तयार गर्छ । हजारौको रोजगारीको सृजना गर्छ । चालु आर्थिक बर्षमा पनि बन समुहले थप काठ काट्नु पर्ने बेला भई सकेको छ । बन कर्मचारीले सामुदायिक बन समुहका कार्य जति सक्रियताले गरिदिइने गर्छन्,सो अनुरुप साझेदारी बन समुहको काम गर्नमा समस्या देखिएको छ ।
जिल्लाको सुनवल,रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाका उपभोतmालाई लक्षित गरि झण्डै १ हजार ७ सय हेक्टर बनलाई साझेदारी बन ब्यवस्थापन गरि काम हुदै आएको थियो । केही समय साझेदारी बन समुहको पदाधिकारी छनौटले समस्या देखिएको थियो । राज्य पुर्नसंरचना हुदा विगतका वार्डहरु फेरिएको थियो । त्यसले बन समुहको निर्वाचन प्रकृयालाई असर पारेको थियो । केही बर्षसम्म नै कार्यवाहक अध्यक्षको रुपमा बन समुहले काम गर्न परेको थियो । कोभिड महामारीले समेत प्रभावित बनाएको थियो, उनले भने, प्रदेश बने पछि बन क्षेत्रको अधिकारका कुरालाई लिएर बन ब्यवस्थापनमा समस्या आयो ।
पछि बैज्ञानिक बन ब्यस्थापन कार्ययोजना बनाई काम हुदै आएको बन भित्र तत्कालिन बन मन्त्री प्रेम बहादुर आले मगर बैज्ञानिक बन ब्यवस्थापन सम्बन्धि कानुन नै खारेज गरिदिए । त्यसले गर्दा पनि बन ब्यवस्थापनमा समस्या आएको थियो । पछि लुम्बिनी प्रदेश सरकारले सोही बैज्ञानिक बन ब्यवस्थापन गर्ने गरि बन सम्वद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन सम्बन्धित कानुन बनाएर सो कार्यलाई निरन्तरता दियो । अहिले सोही अनुसार बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहले काम अगाडी बढाएको थियो । गत बर्ष सोही प्रणाली अनुसार बुद्ध शान्ति साझेदारी बनका पदाधिकारीहरु सक्रिय भएर बनबाट रुख कटान गरि काठ दाउराको भण्डारण त गरे तर असार भित्र विक्रि वितरण गर्न सकेनन् । असारमा कार्ययोजनाको म्याद सकियो । काठदाउरा विक्रि हुन सकेन्,काठदाउरा संकलनमा लागेका लगानी समेत अहिले उधारो तिर्न बाकी रहेको बन समुहले जनाएको छ ।
सामुदायिक बनहरुले धमाधम आफ्नो काम गरेको भए पनि उपभोतmा र डिभिजन बन कार्यालयको दुबैको साझेदारीमा ब्यवस्थापन गरिने बनको कार्ययोजना बनाउनमा ढिलाई भएका कारण समस्या हुने गरेको छ । यसले राजस्व र रोजगारीमा समेत असर पर्ने गरेको छ । कर्मचारीले यदि गर्न सकिदैन् भने कन्सल्टेन्सिलाई जिम्मा लगाएर पनि काम गराउन सक्नु पर्छ,तर कार्ययोजना निर्माण अल्झिए पनि विगतका काठ दाउरा थन्काएर राखिएको छ । उता उपभोतmाहरु समेत काठ दाउराबाट बन्चित भएका छन् ।
उपभोतmाबाट पटक पटक काठ दाउरा माग हुदै आएको तर उपलब्ध गराउन नसकिएको बुद्ध शान्ति साझेदारी बन समुहका अध्यक्ष विरेन्द्र चौधरीले बताए । आँखा अगाडी नै काठ दाउरा राखिएको छ,उनले भने, तर कार्ययोजना नबन्दा उपभोतmालाई फर्काउन परेको छ । काठ कुहाउनु भन्दा विक्रि गरेको भए राज्यलाई राजस्व आउथ्यो,विक्रि वितरणमा रोजगारी सृजना हुन्थ्यो र उपभोतmाहरुले काठ दाउरा पाउने अवस्था हुन्थ्यो । कार्ययोजनाकै ढिलाईले काठ दाउरा विक्रि वितरण हुन नसकेको डिभिजन बन कार्यालयका बन अधिकृत अर्जुन भगतले कार्ययोजना बनाउने कार्य भई सकेको र बन मन्त्रालयबाट स्वीकृति पाए पछि विक्रि वितरण हुने बताएका थिए ।
बुद्ध शान्ति साझेदारीमा आश्रित ११ हजार ४ सय ४२ घरधुरीका ६३ हजार ७ सय ७६ जनसंख्या रहेको छ । त्यसबाहेक डिभिजन बन कार्यालयले आफ्नो भागको काठ जिल्ला आपुर्ति समिति मार्फत जिल्ला भरिका उपभोतmालाई वितरण गर्ने र बचेको काठ दाउरा लिलाम विक्रि गरेर देश भरिका उपभोतmालाई आपुर्ति गर्न सक्नुका साथै राजस्वमा योगदान पुर्याउने छ । बन मात्रै नभई धेरै क्षेत्रमा कर्मचारीले तलब भत्ता खानमा पछाडी नपर्ने तर काम गर्नमा आनाकानी गर्ने प्रवृतिले देशकै आर्थिक बर्षको पहिलो चौमासिक वितिसक्दा आमदनी ३ खर्ब २९ अर्ब १ करोड छ,भन्ने सरकारको खर्च ४ खर्ब १५ अर्ब २ करोड भएको छ । आमदनी भन्दा खर्च बढि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *