नवलपरासी,१ मंसिर
पटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता गाउपालिका स्थित सुस्ता भुमिमा रहेको सौर्य उर्जा वापतको रकम गाउपालिकाले पाउने भएको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत विक्रि वापत रकम अब गाउपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको हो ।
सुस्ता भुमिलाई जोड्ने झोलुगेँपुल(सस्पेन्सन ब्रिज) निर्माण भई उत्घाटन समेत भई सकेको र सोही पुल मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनले विद्युत आपुर्ति गर्ने भए पछि सौय उर्जा प्लान्टको विद्युत वापतको रकम गाउपालिकालाई दिईने केन्द्रले जानकारी गराएको हो । सुस्तालाई उज्यालो बनाउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुस्ता भुमिमा केही बर्ष पहिला सौर्य उर्जा प्लान्ट जडान गरेको थियो । अहिले विद्युत प्राधिकरणको राष्ट्रि प्रशारण लाईनकै विद्युत पुगि सकेको छ, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर अनालुहक अंसारीले भने, सुस्ताबासीका लागि उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकाको समन्वयमा सौर्य उर्जा प्लान्ट जडान गरि सुस्तालाई उज्यालो बनएको थियो । अब सो सौर्य उर्जाको विद्युत पनि त्यही प्रशारणलाईनमा जडान गरि सप्लाई गरिदिइने छौ ।
सो वापतको पाउने विद्युत महशुल गाउपालिकाको आय हुनेछ । सौर्य उर्जाबाट दैनिक ४ सय युनिट विद्युत उत्पादन हुदै आएको छ । बर्षको करिब एक लाख बढिको विद्युत सौर्य उर्जाले उत्पादन हुने उनको भनाई थियो । सो प्लान्टको रेखदेख अब उपभोतmा समिति भन्दाा गाउपालिकाले कर्मचारी नै राखेर सञ्चालन गर्न आवश्यकता इन्जिनियर अंसारीले औल्याएका थिए । सुस्ताबासीको समस्यालाई मध्यनजर राख्दै नेपालका केन्द्रिय कार्यक्रमहरु सुस्तामा आउने गरेका छन् । पछि ति सबै संरचना पालिकाकै सम्पदा हुदै गएको छ । सुस्ताबासीलाई लक्षित एशियाकै दोश्रो लामो झोलुगेँपुल निर्माण भएको छ,उनले भने, पछि सो पुल सुस्ता गाउपालिकाकै लागि पर्यटकिय पुर्वाधार बन्ने आधार तयार गरेको छ । त्यसै गरि सुस्तामै सुस्ता बचाउ अभियानमा लागेका अभियन्ताहरु सहादत दिएका छन् । उनीहरुको सम्झनामा सहिद पार्क निर्माण सुस्तामा हुदैछ । यो पनि सुस्ताका लागि पुर्वाधार थपिएको उनको भनाई थियो ।
यसबारे बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउपालिकासँग पहिला सहमति भएर काम भएको थियो । पछि सौर्य प्लान्टबाट विजुली बालि सके पछि सुस्ता उज्यालो बनाइएको गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । पछि सुस्ता उज्यालो मात्रै नभएर पावरफुल उपकरण मोटर लगायतका मेसिन चलाउन सकिएको थिएन् । त्यसका लागि बढि भोल्टेजको विद्युत आवश्यक पर्छ, उनले भने, सौभाग्यले सुस्ता जोड्ने पुलको निर्माण भई राष्ट्रचन्द्र पौडेलद्धारा उदघाटन समेत भई सकेको छ । पुलसँगै प्रशारणलाईनका विद्युत समेत पुर्याइएको छ । अब सुस्ताबासीले प्रशारणलाईनका विद्युत मिटर जडान गरि विद्युत,विद्युतिय उपकरण,मोटर लगायत औद्योगिक आवश्यकताका विद्युत पाउने छन् । सौर्य उर्जाको विद्युत बचत हुने देखियो । सो विद्युत अब सोही प्रशारणलाईनमा जोडेर विक्रि हुने देखिएको उनको भनाई थियो । त्यसका लागि विद्युत प्राधिकरणसँग पनि छलफल भई सकेको छ ।
सुस्ताका स्थानीयले सोलारबापतको महसुल समेत नियमित भुक्तानी गर्ने गरेका छैनन । सुस्तामा विद्युत प्राधिकरणले एक करोड ३० लाखको लागतमा झोलुंगे पुलको माध्यमबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत पु¥याएको छ । उक्त प्रशारण लाईनको बत्ति बालेर असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मत सम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन । सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ ।
सुस्ताका उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति दिन सुरु गरिने छ । सुस्ता बस्तीमा करिब ३ सय ५० घरधुरी छन । १ करोड ३३ लाख रूपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९÷०८०मा सुरु गरिएको थियो ।लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभए पछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुयाउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ । प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पु¥याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।