भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम

नवलपरासी,३० कार्तिक
जिल्लामा स्थानिय भोजपुरी संस्कृति विरहा मार्फत बौद्ध शिक्षा जागरण गर्ने कार्य उदाहरणिय भएको संघिय सरकारका पुर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य(साँसद) ध्रुव बहादुर प्रधानले बताएका छन् । बुधवार राती सदरमुकाममा भारतिय कलकार सहितको सहभागितामा सुस्ता स्थित अनोमाघाट संरक्षण समितिको आयोजनामा भएको उतm वृहद विरहा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै साँसद प्रधानले उतm कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही,कपिलबस्तु जिल्ला तथा प्राचिन कोलिय गणराज्य र शाक्य गणराज्यको बुद्ध भुमि क्षेत्रका स्थानिय जनतालाई बुद्धको शिक्षालाई सांस्कृतिक कार्यक्रम मार्फत जानकारी गराउनु अति नै सराहनिय कार्य भई रहेको बताउदै बुद्धको शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । बुद्धको शान्ति,करुणाको ज्ञान सबैलाई दिन र बुझाउन आवश्यक छ, उनले भने, बुद्धको शिक्षा विश्वका अन्य देशमा फैलिएको तर यहिँ बुद्ध भुमिकै जनताले बुद्धशिक्षाबाट बन्चित हुन परेको छ । औपचारिक शिक्षामा पनि प्राप्त मात्रामा बुद्धका इतिहास,शिक्षा र ज्ञान,उनको ध्यान अभ्यास सिकाउने अवस्था कमजोर छ । अहिले यो विरहा मार्फत बुद्धको इतिहास र शिक्षालाई प्रचार प्रसारको माध्यम बनाउन सकिने उनको भनाई थियो । जातिय रुपमा पनि विरहा यादव जातीको भएको हुदा विरहाले जातिय संस्कृतिको संरक्षण पनि हुने र सो विरहा मार्फत बुद्धको शिक्षा र ज्ञान जनमानसमा पुर्याउन पनि सक्ने आधार हुन्छ । यसलाई स्थानिय स्तरका सरकारले पनि बुद्धको संस्कृति र शिक्षा मार्फत ज्ञान फैलाउनका निमित्त काम गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।
भोजपुरी क्षेत्रको विरहा र आल्हा जस्त विरताका गाथा पनि भएको र विरतामा युद्ध हुन्छ,जुन बुद्धले युद्धको समाज र राज्य भन्दा आफ्नो मनभित्र चल्ने युद्धलाई बुद्धको ज्ञानले जितेर विरताको गाथालाई साकार पार्नु पर्ने कुरा औल्याइएको थियो । उतm विरहा टोली भारतका विरहा संघका अध्यक्ष समेत रहेका राजकुमार यादव सहितको टोलीले प्रस्तुत गरेको थियो । बहुजन विचार एकता अभियान सहआयोजक रहेको उतm विरहा कार्यक्रममा समाजमा रहेका अन्धविश्वास,लैगिक असमानता,कर्मकाण्ड,आडम्बरलाई हटाई प्रगतिशिल जागृत गर्ने खालका कथा र गाठाहरु विरहा मार्फत प्रस्तुत गरिएको थियो । भारतका संविधान निर्माता डा.भिमराव अम्बेडकर र बुद्धको शिक्षा जस्ता विषयबस्तुहरु पनि समावेश गरिएको थियो । यो बुद्धभुमिसँग जोडिने शाक्य राजकुमार सिद्धार्थ गौतम बुद्धत्व प्राप्तीका लागि गृहत्याग गरि अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण लिएका थिए । नेपालको बोधगयाको रुपमा चिनाउनका लागि उतm अनोमाघाट संरक्षण समितिले विभिन्न कार्यक्रम गर्दै आएको थियो । स
ोही कार्यक्रम अन्तरगत विरहा कार्यक्रम सदरमुकाम परासीमा पनि गरिएको संघिय साँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन चमारले बताउदै यस्ता कार्यक्रम गाँउ गाँउमा गर्नु पर्ने आवश्यकता औल्याएका थिए । बुद्धको शिक्षा,इतिहास र ज्ञान औपचारिक शिक्षाको माध्यमले दिइएर पुग्दैन्,उनले भने, यहाँका भाषा संस्कृतिलाई नै माध्यम बनाएर बुद्धको शिक्षा घरदैलोमा पुर्याउन सकिन्छ । विश्वब्यापी रुपमा अझै कायम रहेको जातिय,बर्गिय,लिगिँय विभेद बुद्ध शिक्षाले मात्र हटाउन सक्छ । विश्वको असन्तोषले युद्ध हुने तर बुद्धको करुणा,मैत्री,मुदिता उपेक्षा जस्ता चार ब्रम्हविहारले मात्र युद्धलाई शान्तिमा फर्काउन सक्ने भनाई उनको थियो । अनोमाघाट संरक्षण सस्थाका अध्यक्ष सुग्रिम यादवको अध्यक्षतामा भएको उतm कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल,समाजसेवी अभियन्ताहरु सहित स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *