नवलपरासी,३० कार्तिक
जिल्ला स्थित रामग्राम फुटवल रँगशाला(स्टेडियम) को प्रवेशद्धार(गेट) निर्माण भए पनि रँगशालाको निर्माण कार्य तिब्र गतिमा हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सो रंगशाला विगत पाँच बर्ष देखी निर्माण हुदै आए पछि कछुवा गतिमा मात्र काम भई रहेको स्थानियले बताएका हुन् ।
प्रत्येक पालिकालाई तत्कालिन लुम्बिनी प्रदेश सरकारले गौरवका योजना माग गर्दा रामग्राम नगरपालिकाले रामग्राम नगरक्षेत्र भित्र रंगशाला को आवश्यकता पहिचान गरि रंगशाला माग गरेको थियो । उतm रंगशाला हाल रामग्राम नगरपालिका वार्ड नं ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पस परिसरमा निर्माणाधिन अवस्थामा छ । फुटवल रंगशालाको नाम दिईए पनि अन्य सबै खेलहरु गर्न सक्ने गरि रंगशालाको निर्माण भई रहेको छ । नगरक्षेत्रको रंगशालाको निर्माणका लागि उपयुतm स्थानको खोजी गर्दै जादा क्याम्पस परिसरमा रंगशाला निर्माणका लागि क्याम्पसले सहमति दिइएको थियो । क्याम्पसका लागि जग्गा छुट्टयाई बाकी जग्गामा रंगशाला निर्माण भई रहेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराए ।
रंगशाला तत्कालिन बेला सदरमुकाम परासी छाडेर वार्ड न.१८ मा बनाउने कुरा नगरपालिकाले चलाउन थाले थियो । उतm चर्चा पछि क्याम्पस अध्यक्ष पाठकले सदरमुकाम परासी भन्दा बहिर रंगशाला बनाउनु भन्दा सदरमुकाम मै बनाउनु पर्ने केही स्थानिय बुद्धिजिवि समाजसेवीहरुले आग्रह गरको र आफुलाई पनि क्याम्पस नजिकै रंगशाला निर्माणले क्याम्पसलाई पनि सहयोगी पुर्वाधार हुन सक्ने भन्दै सहमति जनाएका थिए । रंगशालाकै कम्पाउण्डले क्याम्पसको कम्पाउण्डको काम गरेको छ, उनले भने, रंगशालाको पुर्वाधार क्याम्पसलाई पनि परिपुरक हुने र रंगशालाले स्थान पाउने हुदा क्याम्पसले माछापालनका लागि निर्माण गरेको पोखरी समेत पुरेर निर्माण गर्ने सहमति भएको थियो । सोही बेला देखी बजेट नियमित रुपमा आउने भए पनि निर्माण ब्यवसायिहरुको ढिलासुस्तीले पनि रंगशाला निर्माणमा ढिलाई भई रहेको उनको भनाई थियो ।
रंगशालाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) त्यो बेला ६ करोड भएको र प्रदेश सरकारले प्रयाप्त मात्रामा बजेट नपठाई दिएका कारण रंगशाला निर्माणको कामले गति लिन नसकेको रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले बताए । यसका लागि नगरपालिकाले बेलामै छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग पहलहरु भई रहेको जानकारी गराएका थिए । कम्पाउण्ड निर्माणका कार्य सम्पन्न भई सकेको छ, उनले भने, कम्पाउण्डसँगै प्रवेशद्धार निर्माण भएको हुदा प्रवेशद्धार देखिने गरेको छ । तर रंगशाला भित्र अझै पनि थुप्रै कामहरु बाकी नै रहेको छ । फिल्डका काम पनि बाकी नै छ । त्यो भएर बाहिरबाट रंगशालाको गेट देखिने तर रंगशाला भित्र खेल नहुने अवस्था रहेको छ । रंगशालासँगै पार्कको निर्माणले क्याम्पस परिसरको सौन्दर्यता बढने विश्वास क्याम्पस अध्यक्ष पाठकको रहेको छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको समेत विशेष पहल रंगशाला बनाउनमा रहेको क्याम्पस अध्यक्ष पाठकको भनाई थियो । तर अहिलेको सरकारका मन्त्रीहरुले पनि यसलाई बेलामै सम्पन्न गर्नका लागि बजेट प्राथमिकतमा राख्नु पर्ने र बेलामै रंगशालाको निर्माँण सकेर खेलकुदका कार्यक्रम गर्नु पर्ने अध्यक्ष पाठकले औल्याएका थिए ।