नवलपरासी,२६ कार्तिक
लुम्बिनी प्रदेशका जनताको सहज आगमनका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना बनाई काम गर्ने लक्ष्य अनुसार काम गरिरहेको लुम्बिनी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पुर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालले बताएका छन् । उनले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको नवलपरासीमा सडक पुर्वाधार कार्यालयको शुभारम्भ कार्यकमलाई सम्बोधन गर्दै उतm कुरा बताएका हुन् ।
विगत बर्षमा नवलपरासी जिल्लाका सडक पुर्वाधारका कार्यक्रम सडक पुर्वाधार कार्यालय रुपन्देहीले हेर्दै आएको र अहिले आफुले सो मन् त्रालय सम्माले पछि सोही जिल्लाबाट सडक पुर्वाधार विकासका सेवा प्रवाह हुने गरि कार्यालयको शुभारम्भ गरिएको उनले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारकाले काम गर्दै आएको ७ बर्ष पछि मात्र जिल्लामा सडक पुर्वाधार विकास कार्यालय सञ्चालनमा ल्याइए पछि यहाँका सडक पुर्वाधारसँग सम्बन्धित योजना सञ्चालन,अनुगमन र आवश्यकता पहिचान गरि काम गर्नेमा सहजता हुने विश्वास उनले ब्यतm गरेका थिए । विगत बर्षमा धेरै जसो सडक पुर्वाधारका कार्य केन्द्रिय सरकार अन्तरगतका सडक डिभिजन कार्यालय बुटवल मार्फत हुदै आएको थियो । बाकी जिल्ला स्तररिय सडकहरु तत्कालिन जिविस मार्फत हुदै आएको थियो । संघिय शासन प्रणालीमा मुलुक गए पछि तत्कालिन जिविसले हेर्ने गरेको जिल्ला स्तरिय सडकहरु मध्ये केही सडक अलपत्र अवस्थामा देखिन थालेका थिए । अब देखी त्यस्ता सडकको स्वामित्व लिई यो सडक पुर्वाधार कार्यालयले गर्ने प्रतिवद्धता मन्त्री ढकालले जनाएका थिए ।
उनले महेशपुर भन्सार नाकासँग जोड्ने महेशपुर —त्रिवेणी सडकको दुराअवस्थाबारे आफु गम्भिर रहेको बताउदै सो सडकलाई सिमा सडकको रुपमा नामाकरण गरि लगानी बढाउने बताएका थिए । सो सडक जिल्ला मात्रै नभई नेपाल र भारतकै अन्तरप्रदेश सडकको रुपमा रहेको छ । २५ किलोमिटर लामो उतm सडक महेशपुर नाका हुदै नेपालको लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई जोड्नुका साथै भारतिय नागरिकका लागि उत्तर प्रदेश र विहार प्रदेशसम्म आवत जावतको सडक पनि हो, उनले भने,यो सडकलाई लुम्बिनी प्रदेशले गम्भिरताका साथ हेर्नेछ । त्यसका लागि यसै बर्ष देखी काम शुरु हुने उनको भनाई थियो ।
त्यसै गरि विश्व बंैकको लगानीमा रामग्राम नगरपालिका अन्तरगत निर्माण भई रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर देखी कोलिय राजाले भगवान गौतम बुद्धको अस्ति राखी निर्माण गरेको रामग्राम स्तुप) जोड्ने पर्यटन मार्गमा पर्ने तुरियाखोलाको अलपत्र पुलको अवलोकन समेत गरेका थिए । लुम्बिनी प्रदेश सरकारले निर्माण गर्दै आएको उतm पुलको डिजानई फेल भएर निर्माण कार्य रोकिएको छ । सो पुल निर्माण आवश्यक रहेको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पुल बनाउने गरि विश्व बंैकसँग प्रतिवद्धता जनाई पर्यटन मार्ग निर्माण भएको जानकारी गराएका थिए । उतm कार्यक्रममा बन तथा वातावरण मन्त्री देवकरण कलवारले भौतिक पुर्वाधार विकासको रुपमा अझै पनि नवलपरासी पछाडी परेको हुदा अब शुभारम्भ भएको कार्यालयले गति पाउनेमा विश्वास ब्यतm गरेका थिए ।
उनले भौतिक पुर्वाधार,सडक,पुल,भवनमा लगानी बढाउन समेत भौतिक पुर्वाधर मन्त्री ढकालसँग आग्रह गरेका थिए । कार्यालय शुभारम्भले सडक पुर्वाधारका सेवा लिन यहाँका निर्माण ब्यवसायि तथा उपभोतmा समितिहरुलाई भैरहवा पुगेर सेवा लिनु पर्ने बाध्यता हटेको लुम्बिनी प्रदेशसभा साँसद बैजनाथ कलवारले बताएका थिए । जिल्लाबासीको चाहना अनुसार नै उतm कार्यालय रामग्राम ४ स्थित महेशपुर परासी सडकसँगै जोडिएको नवनिर्मित जिल्ला समन्वय समितिको भवनको भुई तल्ला समन्वय समितिले उपलब्ध गराए पछि कार्यालय शुभारम्भ भएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताएका थिए । १३ जना प्राविधिक तथा कर्मचारी रहने गरि कार्यालयले अब जिल्लाबाटै सेवा दिइने भए पनि यहाँका नागरिकलाई राहत पुगेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । उनले सो कार्यालय केही नेताले अनयन्त्र राख्नु पर्ने जानकारी पाएर जिल्ला सदरमुकाममै उतm कार्यालय राख्नु पर्ने भन्दै ध्यानाकर्षण समेत गराएका थिए ।