रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक ब्यस्थापनमा चुनौती

नवलपरासी, २७ कार्तिक
जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रामग्राम स्तुपमा धार्मिक पर्यटकको वृद्धि भए पनि ध्यान अभ्यास,पुजा प्रार्थना लगायतका उचित ब्यवस्थापनमा चुनौती देखिएको छ । सँसारका एक मात्र मौलिक अवस्थामा रहेको भगवान गौतम बुद्धको अस्थि राखेर बनाइएको रामग्राम स्तुपमा विभिन्न देश विदेशबाट बौद्ध भिच्छु र धार्मिक पर्यटक आउने क्रम बढे पनि सो स्थानमा ध्यान अभ्यास तथा पुजापाठ, तथा प्रार्थनाका लागि लागि उचित स्थान नबन्दा समस्या देखिएको हो ।
आईतवार विहान रामग्राम स्तुपामा बंगलादेशका केही ध्यानी साधक आएर ध्यान गर्न बस्दा कहाँ बस्ने अलमलमा परेका थिए । भिच्छु र उपासकहरु प्रार्थना गर्दै थिए,जुन प्रार्थना गर्दा ध्वनी सहितको प्रार्थनाले ध्यान अभ्यासमा असर परेको थियो । त्यसैमा सोही बेला केही चिनिया पर्यटक आए,उनीहरु परिक्रममा गर्न थालेका थिए, सो परिक्रमाका लागि उचित स्थान ब्यवस्थित नहुदा ध्यान गर्ने बंगलादेशी साधक र प्रार्थना गर्दै गरेका कोरियन भिच्छुका लागि केही असज हुन थाल्यो,जस्ले गर्दा पुजा पाठ गर्ने स्थान सार्न परेको थियो । यसरी विभिन्न देश अनुसारका स्थान मिलाउन अहिले रामग्राम परिसरमा चुनौती देखिएको छ । अ आफ्नै पुजापाठ,दिप,पुष्प लगायतका अत्यावश्यक समाग्रिहरुको समेत सो स्थानमा नपाईने हुदा आउने पर्यटकहरुले असहज महशुस गर्ने गरेका थिए । त्यसको लागि पनि रामग्राम क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुले सोच्नु पर्ने आवश्यकता पर्यटकले सुझाएका थिए ।
त्यसैमा कोरियनविभिन्न देशका बौद्ध संस्कृति अनुसारका धार्मिक पर्यटक आउने र अ आफ्नो रिती रिवाज र संस्कृतिक मान्यता अनुसारको पुजापाठ गर्ने,ध्यान गर्ने,प्रार्थना गर्ने फरक फरक विधि हुने हुदा ब्यवस्थापनमा चुनौती देखिएको स्थानियले बताएका छन् । बुद्धलाई सबैले मान्ने गरेका छन्,त्यहाँका पुर्व वार्ड अध्यक्ष समेत रहेका शिवशंकर प्रसार हरिजनले भने,तर स्तुपको पुजा,प्रार्थना,पाठ र ध्यान अभ्यासका लागि फरक फरक विधि अपनाउने गरेका छन् । त्यसका लागि सबैलाई उचित स्थान ब्यवस्थापनमा चुनौती देखिएको छ । त्यसका लागि रामग्राम विकास कोष र लुम्बिनी विकास कोषले ब्यवस्था मिलाउनु पर्ने उनले औल्याएका थिए । धार्मिक आस्था र श्रद्धाले लाखौ खर्चेर धार्मिक पर्यटक रामग्राम स्तुपा परिसरमा आउने तर उचित ब्यवस्थान गर्न नसक्नु नगर र मुलुककै लागि लज्जास्पद कुरा भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।
हुन त हालै गठिन रामग्राम विकास कोषले आफ्नो कार्यालय स्थापना गरेको छ,कर्मचारी ब्यवस्थित गर्दै छ,तर यस क्षेत्रका आउने विदेशी पर्यटक तथा पाँहुनाको ब्यवस्थापन तिनै तहका सरकार मिलेर गर्नु पर्ने आवश्यकता औल्याएका थिए । महिना दिन अगाडी रामग्राम विकास कोषले रामग्राम स्तुप परिसरमा आफ्नो कार्यालय सञ्चालन गर्दै स्तुप क्षेत्रमा यात्रु सुरक्षार्थ अस्थाई प्रहरी विटको स्थापना गराएको थियो । त्यो प्रहरी विटले आउने पर्यटकको सुरक्षामा राहत पुर्याएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । कोषको कार्यालयले स्तुपमा आउने पर्यटकलाई पथप्रदर्शकका कार्य गरिनुका साथै स्तुपको परिचयात्मक सुचना प्रवाह,प्रचार प्रसार तथा रामग्राम स्तुप क्षेत्रमा अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाई पर्यटन पुर्वाधारको विकास गर्दै लैजाने लक्ष्य रहेको मेयर यादवले बताएका थिए ।
बौद्धमार्गी मात्रै नभई अन्य पुरातात्विक अनुसंधानकर्ता,धार्मिक तथा ऐतिहासिक पर्यटकलाई शान्तिको अनुभुति प्रदान गर्ने स्थान भएको र विश्वसम्पदाको सुचिमा राख्ने प्रकृयामा रहेको यस क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढदै गएका कारण यहाँ शुरक्षा अपरिहार्य देखिएको थियो । यसबारे विगत बर्षमा नागरिक समाजले समेत रामग्राम स्तुप क्षेत्रमा प्रहरी विटका लागि माग गर्दै आएको थियो । नागरिक समाजको माग तथा यस क्षेत्रमा बढदो लागु औषध सेवनकर्ता,दुब्र्यसनी नियन्त्रण तथा चोरी तस्करीको मार्ग भएको र यस क्षेत्रमा बेला बेला झै झगडा लगायतका घटना हुदै आएकोले प्रहरी विटको स्थापना गरि कार्यले ति विकृति हटेको जनाउदै बाकी कामका लागि रामग्राम विकास कोषले योजना बनाई रहेको दाबी समेत अध्यक्ष यादवको थियो ।
उनका अनुसार कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गराउदै आएको छ । त्यसै गरि स्थानिय स्तरमा स्तुपको महत्वबारे जागरण अभियान समेत सञ्चालन गर्दै आएको छ । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । स्तुपमा श्रद्धापुर्वक एक पटक पुजापाठ गर्नाले सुगतिको मार्गमा जाने बौद्ध मान्यता छ,त्यसले गर्दा पनि सँसारका बौद्धमार्गी एक पटक रामग्राम स्तुपमा आउने गरेका छन् । ध्यानी साधकका लागि विमुतिmको मार्गका लागि ध्यान साधनाका लागि महत्वपुर्ण स्थान भएकोले भिच्छु तथा ध्यानी साधकको पनि आगमनमा वृद्धि हुदै गएको छ ।
पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुप ओझेलमा पर्यो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अस्तु उत्खनन गर्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्न अगाडी सर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *