नवलपरासी,२५ कार्तिक
लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास कार्यालय नवलपरासी जिल्लाको सदरमुकाम परासीमा स्थापना हुने भएको छ । जिल्ला समन्वय समितिले आफ्नै नवनिर्मित भवनको भुई तल्ला कार्यालयका लागि उपलब्ध गराए पछि उतm परासीमा स्थापना हुन लागेको हो ।
उतm कार्यालयको औपचारिक उदघाटन भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले कार्तिक २६ गते सोमवार उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले नवलपरासीमा समेत भौतिक पुर्वाधार विकास कर्याालय स्थापनाका लागि निर्णय गरे पछि सो कार्यालय सदरमुकाम बाहिर राख्नका लागि जिल्लाका केही नेता लागेको भन्दै नागरिक समाज नवलपरासीले उतm कार्यालय सदरमुकाममा नै राख्नका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण समेत गराएको थियो । स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको थियो । उतm कार्यालयको स्थापना वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरु लागेको कार्य प्रति जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराउदै सदरमुकाम परासीमै राख्नका लागि अग्रसरता लिन गत असोज ३ गते नै ज्ञापनपत्र बुझाएको थियो ।
जिल्ला सदरमुकाम परासीमै उतm कार्यालय राख्नका लागि आवश्यक पहल गर्न समेत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिससका प्रमुख भगौती प्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । जिल्ला स्थित सबै सरोकारवाला कार्यालय सदरमुकाम परासीमा राखिएका छन्, । नयाँ कार्यालय सदरमुकाममा नराखी बाहिर लैजाने कार्यशैली ठिक नभएको ध्यानाकर्षण गराएका थिए । उनले ज्ञापनपत्रमा एक कार्यालयको सम्बन्ध आर्को कार्यालयसँग पनि जोडिएको हुन्छ, यदि सबै कार्यालय सदरमुकाम राखिने र एउटा कार्यालय सदरमुकाम बारिह राखिने हो,भन्ने सेवाग्राहीलाई सेवा लिनमा समस्या हुन जान्छ,यसले सेवाग्राहीलाई मर्का पार्न सक्छ । यसका लािग जिल्ला समन्वय समितिले सम्बन्धित मन्त्रालय र कार्यालयसँग समन्वय गर्न आवश्यक रहेको औल्याएका थिए ।
नागरिक समाजले गराएको ध्यानाकर्षण प्रति आफु सचेत रहेको जिसस प्रमुख यादवले बताएका थिए । कार्यालय स्थापना हुने जानकारीमा आए पछि आफुले लिखित रुपमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयलाई जानकारी गराई सकेको र मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयको नाममा भदौ १३ गते नै उतm कार्यालय सदरमुकाम परासी बजारमा राख्न पत्र पठाएको जिसस प्रमुख यादवले पत्र समेत देखाएका थिए । कार्यालय स्थापनाका लागि आफु सदरमुकामै भवन उपलब्ध गराउन तत्पर छु, । सदरमुकाममा उतm कार्यालय राख्नका लागि आवश्यक पुर्वाधार हुदा हुदै किन सदरमुकाम बाहिर सो कार्यालय राख्नेबारे आफु निरन्तर फलोअपमा रहेको जानकारी गराएका थिए । यसमा नागरिक समाजले चाँसो लिई ध्यानाकर्षण गराएको प्रति आभार ब्यतm गर्दै नीति नियम विपरित अन्य नेताहरु वा कुनै स्वार्थ समुहले काम गर्न नहुने उनको भनाई थियो ।
यदि जिल्ला कार्यालय हो,भन्ने जिल्ला सदरमुकाम मै सो कार्यालय स्थापना हुनु पर्छ,जिसस प्रमुख यादवले भनेका थिए, के संघिय मन्त्रालयले नेपाल भरि एउटा एउटा मन्त्रालय राखेर काम हुन्छ ? के लुम्बिनी प्रदेश सरकारले पनि एउटा जिल्लामा एउटा मन्त्रालय र आर्को जिल्लामा आर्को मान्त्रालय राखेर काम गर्छ ? पक्कै गर्न सक्दैन्,त्यो भएर जिल्ला कार्यालयको रुपमा स्थापना हुने कार्यालय पनि जिल्ला सदरमुकाम मै राख्नु पर्छ । यसका लागि जिससले के भुमिका निर्वाह गर्नु पर्छ,त्यसको लागि जिसस गर्न तयार रहेको उनको भनाई थियो । अहिले नागरिक समाजको भुमिका र जिससको अग्रसरताले सदरमुकाममै उतm कार्यालय स्थापना हुन लागेको प्रति नागरिक समाजका अध्यक्ष सैथवारले खुशी ब्यतm गरे । जिससले आफ्नै भवन उपलब्ध गराएर जिल्लाबासीको भावना र मर्मलाई सम्मान गर्दै कार्यालय राख्न देखाएको अग्रसरता सराहनिय भएको उनको भनाई थियो । जिल्ला भरिका विभिन्न कार्यक्रम र आयोजनाबारे नियमित सम्पर्क र समन्वय गर्नमा समन्वय समितिलाई पनि जिससको भवन भित्रै उतm कार्यालय हुने भए पछि अझै सहज हुने सैथवारले बताए । विगत देखी नै जिससको यस्तै भुमिका हुनु पर्ने थियो,उनले भने, सदरमुकाम बाहिर बसेका केही कार्यालयहरु जिल्लामै रहन सक्थ्यो,तर हुन सकेन,त्यो दुःखद पक्ष पनि हो ।