Health Advertisement

रामग्रामको पर्यटकिय स्थल रामग्राम स्तुपक्षेत्रमा स्वास्थ्यचौकीको सेवा शुभारम्भ

नवलपरासी,१० कातिक
रामग्राम नगरपालिकाको पर्यटकिय क्षेत्र रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकीले आफ्नै भवनमा स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । भगवान गौतम बुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप परिसर नजिकै नवनिर्मित स्वास्थ्य चौकीको आफ्नै भवनमा साता देखी स्वास्थ्य सेवा दिइने कार्यको शुभारम्भ गरेको हो ।
हालै उतm क्षेत्रमा पर्यटक तथा पर्यटकिय क्षेत्रको शुरक्षार्थ अस्थाइ प्रहरी विटको स्थापना गरिएको थियो । रामग्राम नगरपालिकाले गठन गरेको रामग्राम विकास कोषको कार्यालय समेत सञ्चालनमा ल्याएको पर्यटकिय स्थल रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकी शुभारम्भ गरेर स्वास्थ्य सेवा पनि दिन सक्ने अवस्थाको आधार तयार भएको रामग्राम नगरपालिकाले जनाएको छ । केन्द्रिय कार्यक्रम अनुसार नेपाल सरकारले उतm क्षेत्रमा स्वास्थ्य चौकी भवनको निर्माण गरिदिए पछि स्वास्थ्य सेवा सुचारु गरिएको स्वास्थ्य चौकीका इन्चार्ज बलिराम कोईरीले जानकारी गराए ।
पर्यटकिय क्षेत्र रामग्राम स्तुपसँगै जोडिएको यो स्वास्थ्य चौकी हो, उनले भने, यहाँका स्थानिय सहित आउने पर्यटकलाई पनि स्वास्थ्य चौकीबाट प्रदान गरिने स्वास्थ्य सेवा दिइने गरिन्छ । उनका अनुसार निकट भविष्यमा यहाँ प्याथालोजी(ल्याब) र बर्थिक सेन्टर(प्रसुती केन्द्र) सहितको सेवा दिईने लक्ष्य राखिएकोछ । आधारभुत स्वास्थ्य सेवा,विरामीजाँच र स्वास्थय चौकीबाट प्राप्त गरिने ९२ प्रकारका स्वास्थ्य सेवा दिईदै आएकोछ । त्यस बाहेक यहाँ किसोरी लक्षित स्वास्थ्य सेवा समेत सञ्चालनका लागि पहल भई रहेको उनको भनाई थियो । नयाँ भवनमा स्वास्थ चौकीबाट प्रदान गर्न सक्ने सेवाका लागि आवश्यक पुर्वाधार सबै निर्माण भई सकेका छन् ।
स्वास्थ्य चौकी अगाडी पोषण नमुना देखाउनका लागि एक करेसाबारी समेत बनाईदै छ,स्वास्थ्य चौकी इन्जार्ज कोइरीले देखाउदै भने, एक समान्य परिवारका लागि आवश्यक पोषणयुतm तरकारीका लागि कसरी मौषम अनुसारको तरकारी उत्पादन गर्न सकिन्छ,त्यो देखाउनका लागि पनि स्वास्थ्य चौकी भित्र करेसाबारीको ब्यस्थापन गरेका छौ । उपचारका लागि आउने विरामीलाई उपचारसँगै स्वास्थ्य सेवा परामर्श र घरमै तरकारी उत्पादन गरि पोषणको आवश्यकता पुरा गर्नका लागि करेसाबारी सम्बन्धि पनि देखाएर परामर्श गरिने योजना रहेको छ ।
तरकारी फलफूल खानु भनि परामर्श तँ गरिन्छ,उनले भने,तर करेसाबारीमा कसरी तरकारी उत्पादन गरिने ? बारे देखाएरै सिकाउन सकियो भन्ने अझै प्रभावकारी हुनेछ । विरामी भएर उपचार गराउन भन्दा विरामी नै नहुने गरि उपयुतm पोषणयुतm आहार विहार सिकाउन पनि आवश्यक छ । यि सेवा यहाँ आउने पर्यटकले समेत लिन पाउने उनको भनाई थियो । उतm स्वास्थ्य चौकी रामग्राम नगरपालिकाको वार्ड नं.७ का उजैनी र देउरवा गाँउ लक्षित भए पनि पाल्हीनन्दन गाउपालिकासम्मका विरामी आउने गर्छन् । त्यसै गरि पुर्व पश्चिम राजमार्गको बडेरा देखी रामग्राम जोड्ने महामाया मार्गमा स्वास्थ्यचौकी भएकोले अन्य क्षेत्रका यात्रुलाई पनि आवश्यक प्राथमिक उपचार उतm स्वास्थ्य चौकीले दिने गरेको चौकी इन्चार्ज कोईरीले जानकारी गराएका थिए ।
स्वास्थ्य चौकीको करेसाबारी बनाएर प्रर्दशनी सहितको सिकाउने कार्य उदाहरणिय भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । पर्यटकिय क्षेत्रका स्वास्थ्य चौकीले सेवा शुभारम्भ गर्नुले आउने पर्यटकलाई केही स्वास्थ्य समस्या पर्यो भन्ने सेवा पाउने बताउदै उनले यो स्वास्थ्यचौकीले पर्यटक लक्षित पनि स्वास्थ्य योजना बनाई काम गर्नु पर्ने सुझाव दिएका थिए । यसले गर्दा यहाँ पर्यटकको आकर्षण पनि बढाउन सकिन्छ,उनले भने, उपचार पनि पाउने र अध्यात्मिक लाभ पनि पाउने यो रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्यचौकी पुर्वाधारले पर्यटकलाई राहत पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *