Health Advertisement

नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता

नवलपरासी,९ कातिक
नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भरण भएको तथ्याँक कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको छ । विश्व खाद्य दिवस मनाउने क्रममा कुल खाद्यानको अन्न रफलफूलमा आत्म निर्भर बन्न सकेको भए पनि तरकारी,दलहन र तेलहनबालीमा आत्मनिर्भर नरहेको समेत जानकारी गराइएको हो ।
कृषि ज्ञान केन्द्रले शुक्रवार ४४ औ विश्व खाद्य दिवस २०८१ मनाउदै सरोकारवाला विच अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रियामा जिल्लाको कृषि उत्पादन तथा खाद्य अवस्थाको जानकारी गराइएको थियो । ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र नाथ चौबेले खाद्य तथा फलफूलमा जिल्ला आत्मनिर्भरसँगै उत्पादन बाहिर पठाउदै आएको जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा अन्न खेती(धान,गहुँ मकै) को कुल उत्पादन क्षेत्रफल ३३ हजार ७ सय ४२ हेक्टर(हे.)रहेको छ । जस्मा धान२० हजार ४ सय ८७ हे,गहुँ८ हजार ५ सय ९५ हे.मकै ४ हजार ६ सय ६० हे.रहेको छ । कुल खाद्यान तर्फ १ लाख ३५ हजार ५८ मे.ट.उत्पादन हुने गरेको छ । बार्षिक उपभोग्य ८७ हजार ५ सय ६७ मे.ट. छ । जस्मा बार्षिक खाद्यान आवश्यक ७३ हजार १ सय ५७ मे.ट. रहेको छ । त्यसबाट बचत भन्ने १४ हजार ४ सय १३ मे.ट.छ ।
तरकारी तर्फ २ हजार ६ सय ३५ हे.मा खेती हुनेको छ । जसबाट३१ हजार ३ सय ५६ मे.ट. उत्पादन हुन्छ । जिल्लामा आवश्यक तरकारी बार्षिक ४० मे.ट. रहेको छ, जस्ले गर्दा अझै पनि १६ हजार ७ सय १३ मे.ट.तरकारी उत्पादन ऋणात्मक छ । ति तरकारी बाहिरी जिल्ला र भारतबाट आयात हुदै आएको तथ्याँकले देखाएको छ । यस्ले गर्दा जिल्लामा तरकारी उत्पादन गर्ने किसानलाई अझै पनि अवसर रहेको छ । उत्पादन गरेर जिल्लामै खपत गर्न सकिन्छ । फलफूलमा केरा खेती जिल्लामा हुने हुदा अन्य फलफूल बाहिरबाट मगाउने भए पनि केरा बाहिर निर्यात हुदै आएको छ । फलफूल खेती ३ हजार ४ सय ४२ हे.मा भएर उत्पादन भने ६२ हजार ५ सय १८ मे.ट.हुदै आएको छ । जिल्लामा खपत ३९ हजार ८ सय ५५ मे.ट. छ । दलहन र तेलहनमा जिल्लामा उत्पादन आत्मनिर्भर नभएको जानकारी गराइएको थियो । यस क्षेत्रमा पनि उत्पादन अवसर रहेको भनाई थियो ।
कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जिल्लामा खेती योग्य जग्गाको उर्वरा शतिm वृद्धि गर्न,बाली चक्र बढाउन र उत्पादिन बालीको बजारीकरण गर्नका लागि सरोकारवाला सबै कार्यालयले गर्नु पर्ने आग्रह गरेका थिए । तराईको जिल्ला भएको हुदा माटोको उर्वराशतिm वृद्धि गरि बाली चक्र थपेर थप उत्पादन गरि खाद्यानमा आत्मनिर्भरसँगै देश विदेशमा निर्यात गर्न सक्ने अवस्था बनाउनका लागि सबै मिलेर लाग्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *