
नवलपरासी,११ कातिक
जिल्लाको सुनवलमा आउदो मंसिर १२ गते सुनवल महोत्सव आयोजना हुने भएको छ । सो महोत्सवबारे आइतवार उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सो महोत्सव हुने जानकारी गराईएको हो ।
उतm महोत्सव तथा औद्योगिक ब्यपार मेला २४ मंसिर सम्म १३ दिन सोमनाथ बजार नजिकैको खेलमैदान हुने छ । उद्योग वाणिज्य संघले व्यापार मेलामा स्थानिय व्यवसायीलाई प्राथमकिता दिने दाबी गरेको थियो । उतm मेलामा स्थानिय उत्पादनका अतिरिक्त साना उद्योगका उत्पादन तथा पहाडी भेगका कृषिजन्य उपजलाई विशेष प्राथमिकता दिईने छ । प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृति क्षेत्र, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न साधन, खानपान क्षेत्र, खेल क्षेत्र, अटोमो बाईल्स्, बंैक तथा वित्तिय क्षेत्र, दैनिक उपभोग्य समाग्री, हस्तकलाका समाग्रीको विक्रि कक्ष लगायत क्षेत्रगत रुपमा स्टल व्यवस्थापन गर्ने मेला मुल समारोह समितिका संयोजक समेत रहेको संघका अध्यक्ष रमेश कर्माचार्यले जानकारी गराएका थिए । उनका अनुसार २ सय स्टल रहने उक्त व्यापार मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिईएको छ । मेला अवलोकनका लागी एकसय रुपैयाँ टिकट शुल्क तोकिएको छ उदाहरणे विद्यार्थीका लागी ७० रुपैयाँ र सामुहिक रुपमा मेला अवलोकर्न आउनेहरुका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा सिसिटिभि तथा ड्रोनको माध्यमबाट सुरक्षा निगरानी गरिनुका साथै बिमाकोसमेत व्यवस्था गरिएको उद्योग वाणिज्य सं घले जनाएको छ । मेलामा परम्परागत कला संस्कृती जर्गेना गर्न मगर, गुरुगं तथा थारु समुदायका परम्परागत शैलि, घर तथा खानाका परिकार पनि मुख्य आर्कषणको रुपमा रहने उद्योग वाणिज्य संघले जनाएको थियो । उद्योग वाणिज्यसंघले पुर्ण रुपमा अपनत्व लिएर मेला आयोजना गरेकोे मेला सबैको भएकाले स्थानिय व्यव सायीलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।