
नवलपरासी,१९ असोज
जिल्ला स्थित रामग्राम नगरपालिकाले निर्माण गरिरहेको झरहीखोला करिडोर तथा नदी सफाई कार्यले परासी बजारबासीलाई राहत पुगेको छ । खोला सफाई गरि नदीको दुबै किनारमा सडक करिडोर निर्माण गर्ने कार्यले यो बर्ष अन्यत्र बाढीले प्रभावित बनाए पनि परासी बजारक्षेत्रमा बाढीको प्रभाव नहुदा बजारबासीलाई राहत पुगेको हो ।
बर्षायाममा सधै जाग्राम बस्ने अवस्थाको अन्य जस्तै भएको रामग्राम नगरपालिकाका नगर प्रमुख (मेयर) धनपत यादवले बताए । करिडोरको काम पुरै हुन सकेको छैन्, उनले भने, तर करिडोर बनाउदै गदौ परासी हाटबजार नजिकैको झरहीखोला पुलको दुबै तिर खोलाको ढिस्को काटेर सफा बनाईएको छ । पुल नजिकको ढिस्कोले पनि नदीमा पानी बग्न अवरोध पुर्याएन्,जस्ले गर्दा परासी बजारमा बाढी पस्न नपाउदा बजारबासीलाई राहत पुगेको उनको भनाई थियो । खोला किनारको करिडोरले पुर्णता पाएको छैन्,उनले थपे,खोला किनारमा हिड्ने सडकले स्वरुप नपाए पनि खोला भन्ने सफा भई सकेको अवस्था छ ।
यो बर्ष पानी कम नपरेको होईन्,तर जलनिकास थुनिएरन्,जस्ले गर्दा खोलाको पानी खोला बाहिर ओभरफ्लो भएन्,बाढीबाट डुबान रोकाउन सफल भएकोमा आफुलाई सन्तोष महशुस भईरहेको मेयर यादवले जनाए । विगत बर्षमा झरहीखोला सफाई नभएकै कारण खोलाको पानीले परासी बजार डुबाएको थियो । जस्मा अर्ब भन्दा बढिको क्षति बजारबासी तथा सरकारी कार्यालयले ब्यहोर्न परेको थियो । सो घटनालाई स्मरण गर्दै आफु निर्वाचन जादा नै मनमनै नदी सफाईको गर्ने सोचेको थिए, मेयर यादवले भने, जनताले निर्वाचनमा चुनाव पनि जिताए,पहिलै बर्षमै यो खोला सफाई योजनाको शुभारम्भ गर्न पाए,अहिले दुई बर्षमै परिणाम देखाई दियो ।
खोला करिडोरको लागत डिपिआर ६ करोड बढि लागतको रहेको तर अहिलेसम्म दुई बर्ष मात्र काम भएको छ । जस्मा पहिलो बर्षमा २२ लाख र दोश्रो बर्षमा १८ लाख रकमको डिजल मात्र खर्च भएको छ । त्यसै गरि करिडोर तथा खोला सफाईका लागि स्काभेटर नगरपालिकाले आफ्नै खरिद गरेको छ । स्काभेटर खर्च जोडेर पनि अहिलेसम्म करोड लागत नाघेको छैन्,तर झरही खोला डुबानबाट बजार र बस्ति जोगाइएको छ । खोला सफाइ गर्दा केही फोहोर स्वरुप केही भष्कट र बालुवा पनि निस्केको थियो, जुन लिलाम प्रकृयामा छ । त्यसले पनि केही राजस्वमा योगदान पुर्याउन सक्ने उनले आशा ब्यतm गरेका थिए । डुबान नियन्त्रणका लागि रामग्राम नगरपालिकाको यो उदाहरणिय कार्य हो,नमुनाकै रुपमा यो कार्य भएको छ, यो अन्य पालिकालाई पनि अनुकरणिय हुन सक्छ । बर्षायाममा राहत लिएर धाउनु पर्ने अवस्था यो बर्ष खोला सफाई कार्यले आउन नदिएकोमा उनले खुशी ब्यतm गरेका थिए ।
नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको थियो । झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्दै छ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाकाले जनाएको छ । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ । जल प्रकोप नियन्त्रणमा पनि यहिँ कोरिडोरले समस्या समाधान गर्ने छ । झरही खोला एउटा चुरेबाट बग्ने खोला मात्रै नभई नगरभित्रका धेरै तिर्थ स्थलहरु जोड्ने माध्यम पनि रहेको छ ।
समाजिक र साँस्कृतिक सभ्यता संरक्षण गर्ने स्रोतको रुपमा पनि झरही खोला रहेको छ । यसैले नगरसभाले झरही कोरिडोरको रुपमा विकास गरि अभिसाप बनेको झरही खोलालाई बरदानमा परिणत गर्ने नीयतीका साथ कामको थालनी भएको र त्यसको परिणम दुई बर्षमै देखिन थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको दोश्रो निर्वाचन पश्चात नगरसभाले झरही खोला कोरिडोरका लागि पचास लाख रुपिया बजेट विनियोजन गरेको थियो । सोही रकमबाट अहिले परासी हाट बजार क्षेत्रबाट काम शुरु भएको थियो । तर पुरै बजेट खर्च भएको थिएन् ।
सुनवल नगरपालिका स्थित चुरे पहाडबाट बगेर आउने झरही खोला किनारमै विभिन्न पार्क र धर्मस्थलहरु पनि जोडिएका छन् । भगवान गौतम बुद्धको अष्टधातु राखिएर बनेको रामग्राम स्तुप समेत झरही किनारमै रहेको छ । रामग्राम स्तुप कै नामले यो नगरपालिकाको नाम रामग्राम नै कायम गरिएको थियो । भने प्राचिन ऋषि परासर समेत आएर बास बसेको स्थान परासी भएको मान्यता पनि रहदै आएको छ । सो परासर ऋणि बास बसेको स्थान हाल रामग्राम १२ कसिया शान्तिचौर स्थित गुफा भनेर चिनिने कुटी झरही किनारमै अवस्थित छ ।
झरही किनारमै परासी बसपार्कको निर्माण भई सकेको छ । बसपार्ककै पुर्व पट्टि शान्तिपार्कको प्रस्ताव पनि गरिएको स्थान झरही खोला किनारमै छ । झरही खोला किनारमै वार्ड नं.८ को मसान घाट,कसिया सामुदायिक बन र निर्माणाधिन उनवछ लिफ्ट सिचाई योजनालाई समेत झरही खोला कोरिडोरले जोड्ने भएको हुदा झरही कोरिडोर काम एक उदेश्य अनेक जस्तै रहेको हुदा यो नगरपालिकाको प्राथमिकतामा परेको थियो । अहिले काम शुभारम्भ गरिएको छ । पुरै खोला भरि कोरिडोरको निर्माण कार्य सम्पन्न गर्न केही बर्ष लाग्न सक्छ,तर शुभारम्भ भएको दुई बर्ष पुगेको छ । झरही खोला,भलुही खोला,तुरियाखोला,रामखण्डा खोला जरि चार वटा खोला बगेको रामग्राम नगरपालिकाले सबै खोला किनारलाई ब्यवस्थित गरि खोला किनारमा रोडकोरिडोरको निर्माण गर्ने लक्ष्य रहेको छ । त्यसका लागि अहिले रामग्राम नगरपालिकाले आफ्नै स्काभेटर खरिद गरेको हुदा खोला सफाई निरन्तर गर्न सहज भएको छ । जस्ले गर्दा खोलाको सफाई र कोरिडोर बनाउनमा सहजता हुने उनको भनाई थियो ।