
नवलपरासी,१८ असोज
जिल्लामा हालै गठित रामग्राम विकास कोषले रामग्राम स्तुप परिसरमा आफ्नो कार्यालय सञ्चालन गर्दै स्तुप क्षेत्रमा यात्रु सुरक्षार्थ अस्थाई प्रहरी विटको स्थापना गराएको छ । कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको सक्रियतामा कोषको कार्यालय सहित जिल्ला प्रहरीले अस्थाई प्रहरी विटको शुक्रवार शुभारम्भ गरिएको हो ।
कोषको कार्यालयले स्तुपमा आउने पर्यटकलाई पथप्रदर्शकका कार्य गरिनुका साथै स्तुपको परिचयात्मक सुचना प्रवाह,प्रचार प्रसार तथा रामग्राम स्तुप क्षेत्रमा अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाई पर्यटन पुर्वाधारको विकास गर्दै लैजाने लक्ष्य रहेको मेयर यादवले बताएका थिए । त्यसै गरि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी)ज्ञानेन्द्र प्रसाद फुयालको अध्यक्षता र मेयर यादवको प्रमुख आथित्यतामा अस्थाई प्रहरी विटको शुभारम्भ कार्यक्रममा प्रहरीले रामग्राम स्तुप सँसारकै बौद्धमार्गीका लागि एक पवित्र तिर्थ स्थल भएको बतmाहरुले बताएका थिए ।

बौद्धमार्गी मात्रै नभई अन्य पुरातात्विक अनुसंधानकर्ता,धार्मिक तथा ऐतिहासिक पर्यटकलाई शान्तिको अनुभुति प्रदान गर्ने स्थान भएको र विश्वसम्पदाको सुचिमा राख्ने प्रकृयामा रहेको यस क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढदै गएका कारण यहाँ शुरक्षा अपरिहार्य देखिएको थियो । यसबारे विगत बर्षमा नागरिक समाजले समेत रामग्राम स्तुप क्षेत्रमा प्रहरी विटका लागि माग गर्दै आएको थियो ।नागरिक समाजको माग तथा यस क्षेत्रमा बढदो लागु औषध सेवनकर्ता,दुब्र्यसनी नियन्त्रण तथा चोरी तस्करीको मार्ग भएको र यस क्षेत्रमा बेला बेला झै झगडा लगायतका घटना हुदै आएकोले प्रहरी
विटको स्थापना गरि कार्य शुभारम्भ गरिएको एसपी फुयालले बताए । उनका अनुसार असईको नेतृत्वमा पाँच जना प्रहरी चौविसै घण्टा सेवा प्रदान गर्ने छन् ।
सिमा सुरक्षा प्रहरी महेशपुर देखी ८ किलोमिटर उत्तर र सदरमुकाम परासी देखी ४ किलोमिटर दक्षिणमा कुनै प्रहरी चौकी नहुदा यस क्षेत्र भित्र प्रहरी सेवा तत्काल सम्बोधन गर्नमा समेत यो विटले कार्य गर्ने छ, उनले भने, यसका लागि आवास लगायतका सुविधा नगरपालिकाले गराएको छ,अगामी दिनमा गस्तिका लागि सवारीसाधानको समेत ब्यवस्था मिलाईदिन आपेक्षा छ । उतm कोषको कार्यालय र प्रहरी विटको शुभारम्भको अवसरमा विशिष्ट अतिथी नगरपालिकाका उपमेयर सम्झना चौधरी र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले समेत शुभकामना ब्यतm गर्दै रामग्राम स्तुप क्षेत्रको विकास,प्रवर्धन तथा सरंरक्षण कार्यमा स्थानियबासीले समेत मिलेर काम गरिनु पर्ने आवश्यकता औल्याएका थिए ।
कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गराउदै आएको छ । त्यसै गरि स्थानिय स्तरमा स्तुपको महत्वबारे जागरण अभियान समेत सञ्चालन गर्दै आएको छ । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ ।
पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।