
नवलपरासी,२० असोज
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा साता दिन देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भए पछि अस्पतालको सेवा थप गुणस्तरिय हुने भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भए पपिछ अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले थप सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको अस्पतालले जनाएको हो ।
अस्पतालमा भिडियो एक्सरे हुदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुदा विमा रकम दाबीमा पनि समस्या हुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भई रहेको थियो, उनले भने, तर ल्याउन सकिएको थिएन्,अहिले दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल हाजिर भएका छन् । एक साता देखी रेडियोलोजिसँग सम्बन्धित सेवा सहज ढंगले हुन थालेको छ । पहिला पनि सातामा दुई दिनका लागि चिसापानी अस्पतालबाट रेडियोलोजिष्ट ल्याई भिडियोएक्सरे लगायत रेडियोलोजि सेवा दिइने गरिएको सुनाउदै उनले अहिले अस्पतालकै दरबन्दीमै रेडियोलोजिष्ट डा.ढकाल आए पछि विरामीलाई उतm सेवा सहज ढंगले हुन थालेको बताए । यसले गर्दा विरामकिो डाइग्नोसिस प्रभावकारी हुदै जानेछ, अध्यक्ष गुप्ताले थपे, अन्य चिकित्सकका लागि पनि यो सहयोगी र उपयोगी सेवा हो ।
रेडियोलोजिष्टको उपस्थितीले सर्जिकल विभागका लागि सहज भएको अस्पतालका सर्जन चिकित्सक डा.किरण पाण्डेले बताए । यसले सर्जरी सेवा प्रभावकारी बनाउने छ । यसले गर्दा विमा मार्फत स्वास्थ्य सेवा लिईने विरामीका लागि पनि सहज भएको छ । विमा वापत सेवा प्रवाह गरि सो रकम विमाबाट दाबी गर्न पनि अधिकारिता प्रमाणित गर्न भुमिका पनि सहज भएको छ । अगामी दिनमा अस्पतालले थप गुणस्तरिय सेवा प्रवाह गर्नेमा हामी विश्वस्त भएको उनको भनाई थियो । अस्पतालको तथ्याँक अनुसार विमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, । औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुतmानी दिई हाल्नु पर्छ ।
अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरु पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्,सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुदैन्,तर विमा बोर्डले रकम लामो समयसम्म नपठाई दिदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या छ । कुल बिमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा विमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि विमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ । पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् ।
त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवालाई थपिने, सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।