Health Advertisement

चारपाँग्रे गाडीको लाईसेन्सबारे नागरिक समाजद्धारा जिससको ध्यानाकर्षण

नवलपरासी,१५ असोज
नागरिक समाज नवलपरासीले सवारीसधानको लाईसेन्स सेवाबारे जिससलाई ज्ञापनपत्र बुझाएको छ । गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै आएको जिल्ला स्थित यातायात ब्यवस्था सेवा कार्यालयको सेवा थपमा भई रहेको ढिलाइ प्रति ध्यानाकर्षण गराउदै नागरिक समाजले जिससलाई ज्ञापनपत्र बुझाएको हो ।
चारपाँग्रे सवारी साधनको लाईसेन्स जारी गर्नका लागि ट्रयाल गर्ने पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लागे पनि सेवा विस्तारमा ढिलाई प्रति चाँसो राख्दै नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले जिसस प्रमुख भगौती यादवलाई ज्ञापनपत्र बुझाएका थिए । विगत बर्षमा पनि यातायात ब्यवस्था कार्यालय जिल्लामा ल्याउनका लागि सर्वपक्षिय भेला गरेर मन्त्रालयसम्म दौडधुप गरेर जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय ल्याइएको थियो । शुरु शुरुमा सवारी साधनको नविकरण मात्रै थियो । तर पछि दुई पाँग्रे सवारीसाधनको लाईसेन्स पनि जारी गर्ने गरि सेवा थपियो, यसले गर्दा यहाँका जनतालाई भैरहवा र बुटवल जाने बाध्यता टरेको छ ।
अहिले जनताले राहत महशुस गर्दै आएको र अहिले चार पाँग्रे सवारी लाईसेन्स जारी भए थप सुविधा पाउने जनाउदै त्यसका लागि जिससले आवश्यक पहलकदमी लिन समेत अध्यक्ष सैथवारले जिसस प्रमुख यादवसँग आग्रह गरेका थिए । चारपाँग्रे सवारीसाधनका लागि लाईसेन्स यहिँबाट पाउन थालियो भन्ने जिल्लाबासीका लागि थप राहत पुग्ने उनले बुझाएको ज्ञापनपत्रका उल्लेख छ । ज्ञापनपत्र बुझ्दै जिसस प्रमुख यादवले यसबारे तत्कालै सम्बन्धित मन्त्रालयमा पत्राचार गरिने प्रतिवद्धता सुनाएका थिए ।
कार्यालय प्रमुखले पत्र लेखेर सेवा विस्तारका लागि मन्त्रालयसँग निरन्तर पहल गर्दै आएका छन् । मन्त्रालयले सेवा थपका लागि चाडै नै स्वीकृति प्रदान गर्ने जानकारी गराएको यातायात ब्यवस्था सेवा केन्द्रका प्रमुख मुतिm प्रसाद पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार पुर्वाधार निर्माण भई सकेको छ । मन्त्रालयले सेवा थप गर्नका लागि प्रतिवद्ध रहेको छ । यसमा पनि यहाँका जनप्रतिनिधिले पनि निरन्तर चाँसो ब्यतm गर्दै आएको हुदा चाडै नै सेवा विस्तार हुनेमा आफु विश्वस्त रहेको सुनाएका थिए । अहिलेसम्म दुई पाँग्रे सवारी साधनको लाईसेन्सका लागि परिक्षा लिईने,प्रयोगात्मक (ट्रायल) जाँच समेत हुदै आएको छ । त्यसै गरि सवारी साधनको नविकरण,रुट इजाजत,प्राविधिक जाँचपास,पटके सेवा,बढी लोड बोकेका सवारी कारवाही गर्ने सेवा पनि हुदै आएको छ ।
अहिलेकै सेवा प्रदान गर्दा गत आर्थिक बर्षमा १३ हजार ३ सय ३१ नयाँ सवारी चालक अनुमतिपत्र दर्ता गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी गराए । अहिले दुई पाँग्रे सवारीको सेवा प्रदान गर्दा राजस्व तर्फ गत आर्थिक बर्ष (२०८०÷०८१) मा कुल राजस्व २० करोड ३८ लाख ७ हजार १ सय ५६ राजस्व संकलन भएको थियो । जबकी अघिल्लो आर्थिक बर्ष (२०७९÷०८०) मा १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया मात्र भएको थियो ।
सेवा विस्तारले जनताले आफ्नै गाँउ ठाँउमा सेवा पाउने मात्रै होईन्,राजकोषमा उनीहरुले योगदान समेत पुर्याउने छन् । यसले गर्दा सेवा विस्तारले राज्य र जनता दुबैको लाभ हुन्छ, कार्यालय प्रमुख पाण्डेले भनेका थिए, चार पाँग्रे तथा तिन पाँग्रे सवारी चालकको लाईसेन्स सेवा थप गरेमा हजारौ टेम्पु चालक र ग्रामिण भेगका ट्रयाक्टर चालकले आफ्नै गाँउ ठाँउमा लाईसेन्स प्राप्त गर्ने छन् । साथै राजकोषमा योगदान समेत दिईने छन् । कानुनी जटिलता समेत हट्ने छ । लाईसेन्स नहुदा यदि दुर्घटना भयो भन्ने कर्तब्य ज्यान अपराधसँग जोडिन्छ, जुनकी दुर्घटना भवितब्य भएको हुन्छ । यसले कानुनी समस्या पनि झेल्दै आएका छन् । सेवा विस्तार गर्न सकिए राज्यलाई राजस्व र जनतालाई राहत पुग्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *