नवलपरासी,४ असोज
जिल्लामा स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले नवलपरासीमा स्थापना गर्न लागेको भौतिक पुर्वाधार विकास कार्यालय वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरु लागेको कार्यप्रति जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको हो ।
जिल्ला सदरमुकाम परासीमै उतm कार्यालय राख्नका लागि आवश्यक पहल गर्न समेत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिससका प्रमुख भगौती प्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । जिल्ला स्थित सबै सरोकारवाला कार्यालय सदरमुकाम परासीमा राखिएका छन्, उनले भने,अहिले प्रदेश सरकारले स्थापना गर्न लागेको नयाँ कार्यालय सदरमुकाममा नराखी बाहिर लैजाने कार्यशैली ठिक होईन् । एक कार्यालयको सम्बन्ध आर्को कार्यालयसँग पनि जोडिएको हुन्छ, उनले भने, यदि सबै कार्यालय सदरमुकाम राखिने र एउटा कार्यालय सदरमुकाम बारिह राखिने हो,भन्ने सेवाग्राहीलाई सेवा लिनमा समस्या हुन जान्छ,यसले सेवाग्राहीलाई मर्का पार्न सक्छ । यसका लािग जिल्ला समन्वय समितिले सम्बन्धित मन्त्रालय र कार्यालयसँग समन्वय गर्न आवश्यक रहेको औल्याएका थिए । जिल्ला भरि कार्यालय छरेर काम लिने कस्ता खालका नेता हुन ? उनले जिसससँग प्रश्न गरे,कार्यालय सार्नका लागि के स्वार्थ होला ? नेतागिरी गर्नु जनताका लागि हो ? कि निजी स्वार्थका लागि हो ?
राज्य पुर्नसंरचना गर्दाको बखत जिल्ला टुक्रिएर अहिले पनि भौगोलिक विकटता झेल्दै आएका विनयी त्रिवेणी गाउपालिकाका दुई वटा वार्डको जनताबारे कहिले सोच्ने हुन ति नेताहरु ? जिल्ला सभाले ति दुई वार्ड लुम्बिनी प्रदेश र पश्चिम नवलपरासीमै राख्ने निर्णय गरेको छ, उनले कार्यालय सार्ने नेताहरुलाई लक्षित गर्दै भने,नेतागिरीमा ल्याकत छ,भने ति दुई वार्डका नागरिकका समस्या बुझेर जिल्ला सभाको निर्णय कार्यान्वन गर्नमा सहयोग गर्नु पर्छ । ति दुई वार्डका जनतालाई अहिले सुस्ता,प्रतापपुर र वर्दघाट नगरपालिका हुदै दाउन्नेडाडा काटेर आफ्नै गाउपालिकाको मुख्यालय दुम्किबास पुग्न घण्टौको जोखिमपुर्ण यात्रा गर्नु पर्ने देखिएको छ । नेताहरु आफ्ना स्वार्थका लागि जनतालाई अप्ठयारो बनाउने कार्य गर्न नहुने प्रतिकृया समाजका अध्यक्ष सैथवारले दिएका थिए । यसका लागि आवश्यक प्रवन्ध मिलाउनका लागि पनि अध्यक्ष सैथवारले जिसस प्रमुख यादवलाई आग्रह गरेका थिए ।
नागरिक समाजले गराएको ध्यानाकर्षण प्रति आफु सचेत रहेको जिसस प्रमुख यादवले बताए । कार्यालय स्थापना हुने जानकारीमा आए पछि आफुले लिखित रुपमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयलाई जानकारी गराई सकेको जनाए । मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयको नाममा भदौ १३ गते नै उतm कार्यालय सदरमुकाम परासी बजारमा राख्न पत्र पठाएको जिसस प्रमुख यादवले पत्र देखाउदै भने, कार्यालय स्थापनाका लागि आफु सदरमुकामै भवन उपलब्ध गराउन तत्पर छु, । यसका लागि यस क्षेत्रमा संघिय साँसद धु्रव बहादुर प्रधान,लुम्बिनी प्रदेश साँसदद्धय बैजनाथ कलवार र खड्क बहादुर बस्नेत लगायत नगरप्रमुखहरु पनि पहल गर्न आवश्यक रहेको उनको भनाई थियो । सदरमुकाममा उतm कार्यालय राख्नका लागि आवश्यक पुर्वाधार हुदा हुदै किन सदरमुकाम बाहिर सो कार्यालय राख्नेबारे आफु निरन्तर फलोअपमा रहेको जानकारी गराए । यसमा नागरिक समाजले चाँसो लिई ध्यानाकर्षण गराएको प्रति आभार ब्यतm गर्दै नीति नियम विपरित अन्य नेताहरु वा कुनै स्वार्थ समुहले काम गर्न नहुने उनको भनाई थियो ।
यदि जिल्ला कार्यालय हो,भन्ने जिल्ला सदरमुकाम मै सो कार्यालय स्थापना हुनु पर्छ,जिसस प्रमुख यादवले भने, के संघिय मन्त्रालयले नेपाल भरि एउटा एउटा मन्त्रालय राखेर काम हुन्छ ? के लुम्बिनी प्रदेश सरकारले पनि एउटा जिल्लामा एउटा मन्त्रालय र आर्को जिल्लामा आर्को मान्त्रालय राखेर काम गर्छ ? पक्कै गर्न सक्दैन्,त्यो भएर जिल्ला कार्यालयको रुपमा स्थापना हुने कार्यालय पनि जिल्ला सदरमुकाम मै राख्नु पर्छ । यसका लागि जिससले के भुमिका निर्वाह गर्नु पर्छ,त्यसको लागि जिसस गर्न तयार रहेको उनको भनाई थियो ।