नवलपरासी,८ भदौ
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ ले आफ्ना वार्डका नागरिकलाई निशुल्क विशेषज्ञ चिकित्सा सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इभरग्रिन अस्पताल परासीको सहकार्यमा सो स्वास्थ्य सेवा गरेको हो ।
वार्ड अध्यक्ष उज्जवल न्यौपानेको पहलमा आयोजना गरिएको उतm स्वास्थ्य शिविरमा ८७ जना महिला र ५४ जना पुरुषले सेवा लिइएको वार्ड कार्यालयले जनाएको छ । जस्मा ५० जनालाई इसिजी गरिएको थियो । मधुमेह परिक्षणका लागि १ सय २० जनाको रगत परिक्षण गरिएको थियो भने हाडजोर्नी सम्बन्धि समस्या ३६ जना जनरल सर्जरीका २५ जना र मुटुको जाँच गर्नेमा ८० जना रहेका थिए । अस्पतालका चिकित्सक मुटुरोग विशेषज्ञ डा महेश्वर कुमार ह्याजु,जनरल
सर्जन डा.अब्दुल हकिम खाँन र हाडजोनी तथा नसारोग विशेषज्ञ डा.विशाल श्रेष्ठ सहितको स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षणमा खटेको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराएक थिए । उतm स्वास्थ्य शिविर सोही वार्डको हरि सुशिल आधारभुत विद्यालयमा सञ्चालन भएको थियो । यो भन्दा पहिला देखी वार्डका सबै नागरिकलाई वार्ड र इभरग्रिन अस्पतालको सहकार्यमा सहुलियत सहितको सेवा प्रदान गर्दै आएका छन् ।