निर्माण सम्पन्न पृथ्वीचन्द्र अस्पताल भवन हस्तानान्तरण ढिलाईले सेवा विस्तारमा समस्या

नवलपरासी,६ भदौ
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन ६ महिना पहिलै निर्माण सकिए पनि हस्तानान्तरण हुन नसक्दा आपेक्षित सेवाशरु सञ्चालनमा समस्या देखिएको छ । भवन हस्तानान्तर पश्चात अस्पतालले धेरै प्रकारका नयाँ सेवा विस्तार गर्न लक्ष्य राखेको भए पनि भवन हस्तानान्तरमा ढिलाई हुदा सुचारु हुन नसकेको हो ।
लुम्बिनी प्रदेश सरकारले अस्पतालको सेवा विस्तार तथा ब्यवस्थित स्वास्थ्य तथा चिकित्सा सेवा दिनका लागि भवन निर्माणका लागि बजेट विनियोजन गरि भवन निर्माण गर्न लगाएको थियो । तर भवन निर्माण भएर ६ महिना वित्दा पनि अस्पताल हस्तानान्तर हुन सकेको छैन् । भवन हस्तानान्तरणका लागि पटक पटक आग्रह गरिएको अस्पतालका सुचना आधिकार गोविब्न्द बहादुर ज्ञवालीले भने,तर अस्तपता भवन निर्माणको जिम्मेवारी पुरै शहरी विकास तथा भवन कार्यालयले लिए पनि हस्तानान्तरण गराउन सकेको छैन् । निर्माण गर्ने कम्पनीलाई कार्यालयले पुरै भुतmानी दिई सकेको जानकारी गराएको छ, उनले थपे,अहिले कम्पनीका प्रतिनिधि सम्पर्क नभएको भनि हस्तानान्तरणमा ढिलाई भई रहेको छ ।
यसका लागि निरन्तर सरकार र भवन कार्यालयसँग भई रहेको अस्पताल विकास समितिले जनाएको छ । अस्पताल ब्यवस्थापनले भवन प्राप्तीका लागि लिखित तथा मौखिक निरन्तर पहल गरि रहेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले भने,आफुले निरन्तर अस्पतालको नयाँ भवन प्राप्तीसँगै अस्पतालका आवश्यक उपकरणहरु उपलब्ध गराउनका लागि लबिगँमा छु । अस्पताल भवन भित्र भएका विद्युत वाइरिगँ तथा पानी सप्लाईको पलम्बिगँ जाँच गर्नु पर्ने आवश्यकता देखाउदै उनले अस्पतालका लेखा प्रमुख लल्लन कुर्मीलाई आग्रह समेत गरेका थिए ।
भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलसिस सेवा पनि सुचारु गर्ने,बालबालिकाका लागि एनआईसियु सेवा लगायतका क्याविनहरु निर्माण गराई तत्काल ति सेवा सञ्चालन गर्ने योजना बनाएको थियो । तर भवन अहिलेसम्म अस्पताल प्रशासनलाई हस्तानान्तरण नभएका कारण डायलसिस सेवा लगायतका अन्य सेवा पनि सञ्चालन गर्न नसक्दा जिल्लाबासीलाई समस्या देखिएको अस्पतालले जनाएको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दल,नागरिक समाज,जनप्रतिनिधिहरुले पनि पहल गरिदिनु पर्ने हो,तर आपेक्षित काम हुन सकेको छैन् । सेवा सबैलाई चाहिएकै हो,तर कुन सेवा कसरी प्राप्तीका लागि जिल्लाका प्रबुद्ध बर्गले पनि अ आफ्नो स्थानबाट पहल गर्नु पर्ने अस्पताल प्रशासनको गुनासो रहेको थियो ।
अस्पताल भित्र जनस्तरबाट निर्माण भएको पिसिआर भवनमा अहिले प्रयोशशाला सञ्चालनमा आई सकेको सुनाउदै सुचना अधिकारी ज्ञवालीले नयाँ भवन हस्तानान्तरण हुने वित्तिकै अन्य सेवा विस्तारमा सहज हुने दाबी गरेका थिए । ५० सैयाको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको तत्कालिन भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीको पहलमा उतm भवनको बजेट परेको थियो । भवनको शिलान्यास समेत चौधरीले नै गरेका थिए । कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिए पछि म्याद थप गरिएको निर्माण कम्पनीले ढिलो गरि भवनको निर्माण सम्पन्न गरेको थियो । तर सम्पन्न हुदा अहिले हस्तानान्तरणमा ढिलाई भई रहेको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागत भन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । भवन निर्माण भई निर्माण कम्पनीले सबै भुतmानी लगि सकेको छ । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका छन् । यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले बताए ।
नयाँ र पुरानो भवनमा आवश्यकता अनुरुपका सेवा कक्षहरु बनाईने छ, अध्यक्ष गुप्ताले भने, ’पुरानो भवनमा भएका उपकरण सार्नु पर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ।’ प्रादेशिक अस्पतालका रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्कता पर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उनले बताएका थिए ।
अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *