कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन

नवलपरासी,२९ साउन
जिल्लामा उत्पादित केराको बजारीकरण गर्नका लागि जिल्लाको सदरमुकाम परासीबजारमा फलफूल सेन्टर सञ्चालमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सो फलफूल केन्द्र सञ्चालनमा आएको हो ।
जिल्लाको पुर्वी क्षेत्रका सुस्ता,प्रतापपुर र सरावल गाउपालिकामा ब्यवसायिक केरा खेती भई रहेको तर विगत बर्ष देखी नै बजारीकरणमा समस्या हुने गरेको कृषकको गुनासो सम्बोधन गर्नका लागि कार्यक्रमले सोही क्षेत्रका कृषक रामकलप कोईरीलाई केन्द्र सञ्चालन गर्न सहजीकरण गरेको थियो । अहिले सो केन्द्र भैरहवा भुमही बन्दरगाह मार्गमा सञ्चालनमा ल्याइएको छ । यसले गर्दा कृषकहरु आफ्नो खेतको केरा सो केन्द्रमा पुर्याउने र देशका विभिन्न बजारबाट ओहोर दोहोर गर्ने ब्यवसायिले सहज ढंगले केन्द्रबाट केरा खरिद गरि लैजान सक्ने गरि ब्यवस्था मिलाईएको केन्द्रका सञ्चालक कोईरीले जानकारी गराएका छ । गत असार महिनामा सो केन्द्र सञ्चालन गर्नका लागि सम्झौता गरिएको छ, उनले भने,यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले प्राविधिक तथा आर्थिक सहयोग समेत गरेको छ । केन्द्रमा भण्डारणका लागि दुई वटा वाताअनुकुलित (एसी) सहितको चेम्बर निर्माण गरिएको छ । त्यसै गरि देश भरिका बजारको मुल्यका लागि सुचना प्रणाली समेत बनाइएको छ ।
विगत बर्षमा उत्पादित केरा किसानले ट्याक्रमा लिएर गाँउ गाँउ धाउनु पर्ने बाध्यतामा केही सहजीकरण हुने उनको भनाई थियो । त्यसै गरि विभिन्न बजारका ब्यवसायिहरुले पनि के कति मात्रामा केरा चाहियो भन्ने सुचना गरे पछि ति केरा कृषकको खेतबाट मगाउने र केही तत्कालै चहियो भन्ने चेम्बरमा राखिएको केरा तुरन्तै उपलब्ध गराउन सक्ने वातावरण बनेको छ । शुरु शुरुमा यो केन्द्र सञ्चालनमा आए पनि सन्तोष जनक कारोबार भएको बताउदै उनले यसको प्रचार प्रसार हुदै गए पछि भविष्यमा केन्द्रले आफ्नो क्षमता पनि विस्तार गर्दै लैजाने जानकारी गराएका थिए । केरा भण्डारणका लागि अहिले खासै समस्या छैन्,उनले भने,ठूलो क्षमताको चिस्यानकेन्द्र पनि परासी बजार देखी करिब पाँच किलोमिटर सुनवल नगरपालिकामा सञ्चालनमा आई सकेको छ । सुस्ता गाउपालिकाले बनाएको चिस्यान केन्द्र पनि छिट्टै सञ्चालनमा आए अझ सजिलो बन्दै जानेमा उनले विश्वास ब्यतm गरेका थिए । हाल कार्यक्रमको तर्फबाट १५ लाख र कृषकको तर्फबाट ४ लाख गरि कुल १९ लाखको लागतमा सो फलफूल केन्द्र सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *