सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो,उद्योगबाट ५० करोड कहिले ?

नवलपरासी,२९ साउन
जिल्लाबाट विद्युत सेवा लिदै आएका सर्वसाधारणको विद्युत मिटर काटेर÷जोडेर साढे ७ करोड बढी असुली गर्ने विद्युत प्राधिकरणले उद्योगले नतिरेका ५० करोड रकम कहिले असुल गर्ला भनेर प्रश्न उठ्न थालेको छ । केही महिना विद्युत नबुझाउने ग्राहकको लाईन काटेर असुली गर्ने विद्युत प्राधिकरणले जिल्लामा विगतमा डेडिकेटेटलाई लिइने चार उद्योगबाट ५० करोड रकम उठान बाकी हुदा नागरिक समाजले सो प्रश्न उठाएको हो ।
सर्वसाधारणबाट लाईन काटेर सात करोड उठाउने विद्युत प्राविधकरणले ५० करोड असुली कहिले होला ? भन्ने प्रश्न उठ्न थालेको छ । औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुले विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रले जनाएको थियो । विद्युतको बहुविकल्प दिदै आएको यो जिल्लाका केही उद्योगले ५० करोड भन्दा बढि विद्युत महशुल नतिरेको केन्द्रले जानकारी गराएको थियो । तर ति रकम अहिले पनि असुली नभएको बताउदै नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले मुलुक चलाउनमा प्रत्येक नागरिकको लगानी हुन्छ तर विद्युत प्राधिकरण र सरकारबाट दोहरो नीति देखिन थालेको जनाए । उनले प्रश्न गरे, सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो,उद्योगका ५० करोड कहिले ? विद्युत प्राधिकरण परासी वितरण शाखाका सुचना अधिकारी समेत रहेका इन्जिनिर रामाशंकर शाहका अनुसार गत आर्थिक बर्षमा सर्वसाधारण ग्राहक मध्ये २ हजार ४ सय २८ जनाको विद्युत मिटर काटिएको थियो ।
जरिवाना सहित सो वापत ३ करोड ८१ लाख ४० हजार २४ रुपिया असुल गरिएको थियो । त्यसै गरि विगत बर्षका समेत २ हजार ६ सय ७४ जना ग्राहकको विद्युत लाईन पुनः जडान गरि थप ३ करोड ७७ लाख ८५ हजार २ सय ६६ रुपिया असुल गरिएको छ । यसरी कुल रकम ७ करोड ५९ल लाख २५ हजार २ सय ९० रुपिया असुल भएको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मै विद्युत महशुल नबुझाउने ५ सय १४ ग्राहकलाई कालोसुचिमा राखिएको थियो,जुन अहिले साउन महिना भित्रै २ सय ९५ जनाले विद्युत बुझाएका छन् र उनीहरुलाई कालोसुचीबाट हटाइएको छ । अहिले पटक पटक पत्राचार गरेर किस्ताबन्दीमा भए पनि महशुल बुझाउदै गर्नुस भनेर जानकारी गराईएको छ, वितरण केन्द्रले दाबी गरेको छ । सर्वसाधारणले थोरै ढिलाई गर्दा विद्युत मिटर काटेर ल्याई हाल्ने विद्युत कर्मचारी उद्योगको मिटर काट्न अहिलेसम्म पर्खाईमै बसेका छन् । विद्युत महशुल त बुझाउनु नै पर्छ, उनले भने,यसका लागि हामी समय सहुलियत,किस्ताबन्दीमा तिर्ने सम्म राहत मिल्न सक्ला तर महशुल नै छुट हुने अवस्था हुदैन् ।
सुचना अधिकारी शाहका अनुसार बुटवल सिमेन्ट प्रालिले विद्युत महशुल नतिरेका कारण सुनवल नगरपालिका स्थित सो उद्योगको जग्गालाई मालपोत कार्यालयमा रोक्का समेत गराइएको छ । सो उद्योगले आफ्नो उद्योग बन्द गरेर अन्यत्र लगेको छ,त्यहाँ रहेका जग्गा विक्रि गरेर लैजान नपाओस भनेर मालपोत कार्यालयलाई पत्राचार गरि रोक्का गराइ सकिएको सुचना अधिकारी शाहले जानकारी गराए । जिल्लामा अहिले मल्टिनेसनल कम्पनी देखी ठूला र मझौला उद्योगहरु थपिदै गएका छन् । उद्योगलाई नै लक्षित गरि जिल्ला भित्र औद्योगिक लाईन समेत विस्तार गरिएको छ । उद्योगलाई आवश्यक पावर विद्युतले सप्लाई दिदै आएको छ । तर विद्यु्त महशुल नबुझाउनु समस्या भई रहेको केन्द्रले जनाएको छ ।
वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारण लाईन सञ्जाल विस्तार भई रहेको छ । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।
एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्,उनले थपे , किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखी ७० मेगावाट विद्युत सप्लाई भई रहेको छ । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।
बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिना मै जिल्ला जोडिने छ । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रुपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरुको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ,उनले भने,तर उद्योग सञ्चालकहरुले उद्योगमा विद्युत आपुर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् । तर अहिले तिनै उद्योग विद्युत महशुल तिर्न आनाकानी दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *