रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता

नवलपरासी,१० साउन
भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा भएको उत्खनन क्षेत्रको उचित ब्यवस्थापन हुन नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार उचित ब्यवस्थान हुन नसक्दा उत्खनन भएका तिन वटा ट्रेन्चमा माटो पुरिए पनि अहिले भासिएर खाल्टो बनेको हो ।
पुरातत्व विभागले उत्खनन गरेर पुनः खाल्टो पुरेको थियो,तर ति क्षेत्रको उचित ब्यवस्थान गर्ने कार्य चाहे पुरातत्व विभाग होस,चाहे लुम्बिनी विकास कोष दुबैले त्यसको संरक्षणमा वास्ता गरेका छ्रैनन् । आफुले लुम्बिनी विकासको कारण काम गर्न नपाएको सधै आरोप लगाउदै गफ ठोक्ने नगरपालिकाको समेत त्यस प्रति ध्यान गएको छैन्,नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,जनता माझ ठूला ठूला गफ र प्रतिवद्धता जनाउने निकायको यस्तो हविगत देखिएको छ । गफ हाक्नु फरक हो,उनले थपे,तर काम नै गर्न परे विकास र प्रवद्र्धनका कार्य गर्न नसके पनि उचित संरक्षण गरिदिन पर्यो । बाहिरबाट आउने आतिथी पर्यटक र तिर्थयात्रीले उत्खनन क्षेत्रको यो अवस्था देखेर के भन्लान ? उनले प्रश्न गर्दै भने,उत्खनन क्षेत्र खुल्ला राख्ने हो भने पनि उत्खनन भएको क्षेत्रमा कम्तीमा सेड राखेर फेला परेका पोखरी र विहार क्षेत्र देखाउनलाई पनि हुन्थ्यो,पुरेरै संरक्षण गर्ने हो,पनि राम्रै तरिकाले पनि पुरेर संरक्षण गरिदिएको भए पनि हुन्थ्यो । विश्वसम्पदाको स्वरुप मानेर सँसारलाई देखाईने पुरातात्विक सम्पदा प्रति कोही गम्भिर देखिनन् ।
केही महिना पहिला भएको उतm उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन र भुभौतिक सर्वेक्षण अनुसारका अधिकाँश संरचना भेटिएको उत्खनन टोलीले जनाएको थियो । रामग्राममा गत मंसिर महिनामा भएको उत्खननका क्रममा भेटिएका आधार प्रमाणबारे उत्खनन टोलीले सार्वजनिक गरेको थियो । सो उत्खननबारे वेलायत दुराम विश्वविद्यालयका पुरातत्व विद,नेपाल सरकार पुरात्व विभाग र लुम्बिनी विकास कोष लगायतका पुरात्व अधिकृत तथा विज्ञहरु तथा स्थानिय प्रशासन,स्थानियबासी विच उत्खननको उपलब्धी बारे जानकारी गराइएको थियो । भुभौतिक सर्वेक्षणमा देखिएका संकेतको आधारमा उत्खनन गरिए पछि प्राचिन पोखरी र विहारका पर्खालहरु फेला परेको पुरातत्व विद रबिन कनिघंमले जानकारी गराएका थिए । त्यसै गरि पुरातत्व विभागले गरेको अन्वेषण खोज उपलब्धी तथा अगामी योजनाबारे जानकारी पुरात्व विभागका प्रमुख राम बहादुर कँुवरले जानकारी गराएका थिए ।
बौद्धकालिन इतिहास अनुसार पुरातात्विक बस्तुहरु फेला परिसकिएको छ । यो उप्रान्त अब प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर र यो रामग्राम स्तुपसँगै जोडेर विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने आधार बनेको बताईको थियो । विश्वसम्पदा सुचिमा सुचिकृत गर्नका लागि अब पुरातत्व विभागले प्रतिवेदन तयार गरि नेपाल सरकार समक्ष प्रस्तुत गर्ने र सरकारले युनेस्कोमा पेश गर्ने योजना सुनाइएको थियो । युनेस्कोले थप अध्ययनका लागि टोली खटाई यसको पुष्टयाई गरेर विश्वसम्पदामा सुचिकृत हुने प्रकृयाको शुभारम्भ हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
चिनियायात्रीले गरेको बर्णन र भुभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्ेको उत्खनन टोलीले देखाएको थियो । रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डन भएको थियो । भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरुले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए ।
अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप(रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए । त्यस पछि चिनियायात्री ह्वेगँसाँग लुम्बिनी क्षेत्रको भ्रमण गर्ने क्रममा आउदा आफुले लुम्बिनी पुर्वमा राजधानीको अवशेष भेटिएको र त्यसको दक्षिण पुर्व दिसामा एक स्तुप भएको र ति स्तुप नजिकै पोखरी र विहार समेत रहेको कुरा उल्लेख पाईन्छ ।
विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स(भुभौतिक सर्वे)द्धारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा तिन वटा ट्रेन्स लगाई उत्खनन कार्य गरिएको थियो । सुचिकृत प्रकृयाका लागि विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ । ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भुभौतिक सर्वे गरि १९९९ र २००१ मा उतm क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्धारा गरिएको थियो । रामग्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरुले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।
ति स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरुले गर्दै आएका थिए । रामग्राम स्तुप,प्राचिन इतिहास,धार्मिक धरोहर,बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए । संसारको एक मात्र सिगाँे अष्टधातु रहेको यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरु रहेको,भिच्छु बस्ने विहार पनि संगै फेला परेकोले यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धी हुनेछ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुतिmको बाटोसम्म पुर्याउने अध्यात्मिक मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *