नवलपरासी,८ साउन
मदरसामा पठनपाठन गराउने इस्लामिक धार्मिक शिक्षक(ओल्मा)हरुको संगठन ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीमा भएको ओल्माहरुको अधिवेसनले ओल्मा खुशबुदिन ओजामी (जहिरुदिन)को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवगठिन समितिको उपाध्यक्षमा हजरत हाफिज तसउबर अली,खजन्वि हजरत मौलाना अखतर रजा तन्वीरी,सचिव अखतर अली,सहसचिव कारी मुहम्मद हुसेन चयन भएको ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनका अनुसार सदस्यहरुमा अब्दुलकुदुस इशाअली,इम्तियाज अहमद,ग्यासुदिन,अलाउदिन फैजी,मौलाना मुफ्ती अरशद रजाफैजी,मोहत्तरमा सयदा फुलजन्नत साहिबा र मौलाना हसन अलीमी रहेका छन् । त्यसै गरि सो अधिवेसनबाट नै नगरपालिका स्तरको पनि काउन्सिल गठन गरिएको उनले बताए ।
जस्को रामग्राम नगरपालिकाको अध्यक्षमा मौलाना सद्दाम हुसेन,सुनवलको अध्यक्षमा आलीजनाब कसिम अली र सचिव असलम साहब,वर्दघाट अध्यक्षमा हजरत मौलानाा रहिमुदिन साहब,पाल्हीनन्दन अध्यक्षमा हजरत कारी अजमत अली साहब,सचवि हजरत जैनुल आविदीन साहब,सरावल अध्यक्षमा हजरतमौलाना सफि उल्लाह साहब सचिवमा हजरत मौलाना इसराक अलीमी,प्रतापपुरको अध्यक्षमा मौलाना तयब अली अलीमी साहब र सचिवमा मौलाना नुरआलम र सुस्ता अध्यक्षमा मौलाना शहादत्ता अली र सचिवमा हाफिज अली हुसेन चयन भएका थिए ।
काउन्सिलको तेश्रो साधारणसभा र पहिलो अधिवेसन लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालको प्रमुख आथित्यता र राष्ट्रिय सभाका पुर्व सदस्य रामलखन हरिजनको विशेष आथित्यतामा भएको थियो । उतm अधिवेसनमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयाल,शसस्त्र प्रहरी उपरिक्षक प्रकाश बाग्ले,पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष सकीना फातेमा,पुर्व जिसस प्रमुख शिवशंकर प्रसाद राय,मुस्लिम समाजसेवी हैदर अली मोमिन,समाजसेवी अमिरुल्लाह मिया,कासिद अली तथा पुर्व वार्ड अध्यक्ष चन्द्रिका अग्रहरी लगायतको सहभागिता रहेको थियो ।
Hey there You have done a fantastic job I will certainly digg it and personally recommend to my friends Im confident theyll be benefited from this site