पाल्हीनन्दन गाउपालिकाले सम्पन्न गर्यो १७ औ गाउसभा

नवलपरासी,१५ साउन
जिल्लाको पाल्हीनन्दन गाँउपालिकाले १७ औ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत भएको छ । ढिलै भए पनि मंगलबार आयोजित गाउँसभामा अध्यक्ष वैजु प्रसाद गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष फातिमा खातुन अन्सारीले बजेट प्रस्तुत गरेकी हुन ।
सो सभामा गाँउपालिकाले ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरक
ो अनुमानित बजेट सार्वजनिक गरेको थियो । उक्त बजेट अन्तर सरकारी अख्तियारी बाहेकको बजेट भएको गाउँपालिकाले जानकारी गरायो । सो बजेट कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवद्र्धन, कृषिमा किसान सहयोगी विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उतm बजेटमा सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालु तर्फ ५६ दशमलव ५ प्रतिशत र विकास बजेट ४३ दशमलव ३ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा ६ वटा वडालाई एक करोडका दरले बजेट विनियोजन गरिएको छ । वडालाई ६ करोड, कार्यालय संञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड, शाखागत कार्यक्रम तथा खर्च बापत ४ करोड, समपुरक कोष १ करोड ४० लाख, विभिन्न कोषका लागि ३० लाख, पालिका अन्तर्गतका योजनाका लागि ५ करोड २५ लाख र अघिल्लो वर्षबाट आएका योजनाका लागि २ करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा २ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *