
नवलपरासी,८ साउन
जिल्लाको पाल्हीनन्दन ५ गेर्मि स्थित पशु सेवा सम्पर्क कार्यालय सञ्चालनमा आए देखी नै नेपाली पशुपालक किसानसँगै भारतिय किसानले सेवा लिन सहज भएको छ । सिमित साधन स्रोतले सञ्चालन हुदै आएको उतm सेवा सम्पर्क कार्यालयले सेवा प्रदान गर्दै आएको जानकारी गराएको हो ।
नेपाल सरकारको एक गाँउ एक पशु प्राविधिक(ओभिओटी) सेवा अन्तरगत २०७३ सालमा स्थापना भएको सो सम्पर्क कार्यालयले स्थानिय पशुपालक किसानको पशुपंक्षी तथा चौपायामा देखिने परजिवि परिक्षण गरी उपचार सेवा दिदै आएको कार्यालयका नाप्रस दिनेश पत्थरकट्टाले बताए । पहिला नेपाल सरकारले सिमावर्ति गाविसहरुमा यस्तो प्राविधिक राख्ने भनेर कार्याक्रम ल्याएको थियो,उनले भने,त्यही बेला देखी केही पशु स्वास्थ्य परिक्षणका लागि उपकरणहरु,आधारभुत औषधी उपलब्ध गराएर तत्कालिन गाविसको एक कोठाबाट सेवा शुरु गरिएको थियो । अहिले पनि त्यही अवस्थामा रहेको छ । अहिले यो कार्यालयलाई पनि गाउपालिकाको पशु सेवा शाखा अन्तरगत नै राखिदिइएको उनले सुनाए । यहाँको सेवाले स्थानिय किसानलाई राहत पुर्याएको छ, उनले थपे, तर यसलाई स्तरोन्नती गरि सेवा विस्तारका लागि गाउपालिकाबाट खासै पहल भएको छैन् ।
सम्पर्क कार्यालयबाट दैनिक १० देखी १५ जना किसानसम्मले सेवा लिइने गरेको सुनाउदै भने,भने सिमापारी वर्गदवा,पिपरा लगायतका भारतिय गाँउबाट पनि किसानहरु सेवा लिन आउने गरेका छन् । उनका अनुसार महिनामा ३० देखी ४० जनासम्म किसान भारतिय आउने गर्छन् । उनीहरुको पनि नेपाली किसान जस्तै सेवा प्रदान गरिदिन्छौ । किसान जहाँको भए पनि किसान नै हुन्,पशु जहाँको भए पनि पशु नै हो । पशुको स्वास्थ्य मानिसको स्वास्थ्य जस्तै हो,यसकारण विभेद नगरि भारतिय किसानलाई पनि सेवा दिइने गरेको उनले सुनाए । पशुलाई ज्वरो आउदा,परजिविले असर गर्दा उपचार लिन आउने गरेका छन् । पशुमा जुका लाग्दा पनि आउने गर्छन् । पशुको गोबर परिक्षण गरि कति मात्रामा परजिविहरुले प्रभावित गरेका छन् । परिक्षण गरि पत्ता लगाईन्छ । त्यही अनुसार नै औषधीको सिफारिस गरिन्छ । जाँच नेपाल गराए पनि औषधी लिन फेरी भारतिय बजारमै जाने गरेको उनको भनाई थियो ।
औषधीहरु नेपाल भन्दा भारतमा केही सस्तो पाइन्छ होला,त्यही भएर नेपाली किसान हुन वा भारतिय जाँच नेपालमा गराउछन्,औषधी भारतमा लिन जान्छन् । गाँउ ठाँउमै पशु स्वास्थ्यका लागि सेवा पाउनु किसानका लागि सहज भएको उनले जनाए । पशुपालन प्रवद्र्धनमा यस कार्यालयले आफ्नो तर्फबाट योगदान पुर्याउदै आएको बताउदै नाप्रास पथ्थरकट्टाले भने,गाउपालिकाले स्रोत बढाएमा ब्यवसायिक पशु फर्म प्रवद्र्धन गर्न सकिन्छ । तर सोचे अनुसारको पशु प्रवद्र्धनमा लगानी हुन सकिरहेको छैन् । सात बर्ष भयो,सम्पर्क कार्यालयको अवस्था देखाउदै उनले भने, अहिले पनि अवस्था जस्ताको तस्तै रहेको छ । विगत बर्षमा ब्यवसायिक पशु फर्मका लागि प्रवद्र्धन जस्ता कार्याक्रम गरिएको थियो । समान्तया पाँच वटा पशु भएको किसानलाई पशु फर्मको रुपमा दर्ता सुचिकृत गरिन्थ्यो । अहिले ति फर्महरुलाई प्रवद्र्धन गर्न नसक्दा घट्दै गएका छन् । फर्मको रुपमा पशुपालक किसानलाई ब्यवस्थित गर्न नसक्दा धेरै किसानले सरकारी सेवा सुविधाबाट पनि बन्चित भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले दुध र मासुमा दिदै आएको अनुदान पनि लिन सकिरहेका छ्रैनन् । उनका अनुसार दुधका प्रति लिटर २ रुपिया र मासुमा प्रति केजी १० रुपियासम्म अनुदान रहेको छ । तर फर्मको रुपमा ब्यवस्थित हुन नसक्दा प्रकृया नपुगेर किसान ति अनुदानबाट बन्चित हुने गरेका छन् । आएको अनुदान रकम पनि फ्रिज हुने गरेको छ । यसका लागि गाउपालिकाले पशु फर्म प्रवद्र्धनात्मक कार्यक्रम ल्याईदिन्थ्यो भन्ने पशुपालक किसानलाई लाभ हुन सक्थ्यो । कम्तीमा पनि पशु तथा कृषि फर्ममा लाग्ने शुल्क र कर मिनहा गरिदिएर प्रोत्साहित गर्न सकियो भन्ने किसानहरुको अब्यवस्थित पशुपालन ब्यवस्थित फर्मको स्वरुप पाउथ्यो । यसले जिडिपिमा योगदान पुर्याउथ्यो । यसबारे पनि गाँउसरकारले सोच्नु पर्ने उनको भनाई थियो । यो सम्पर्क कार्यालयलाई संघिय सरकारले तोकेर पठाएको ससर्त अनुदान बाहेक थपेर गाउपालिकाले कार्याक्रम,सेवा सुविधा पठाउनु पर्ने उनको सुझाव रहेको थियो ।