
नवलपरासी,२ असार
जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकालाई भविष्यमा समाजको नेतृत्व गर्न सकुन भनेर सञ्चालन गरेको कार्यक्रमको प्रभाव पर्न थालेको छ । गत फागुन महिना भरि सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गर्दै उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले नेतृत्व लिन अगाडी बढन आग्रह गरेको दुई महिना नवित्दै विभिन्न विद्यालयका विद्यार्थीहरु अहिले गाउपालिकामा उपाध्क्ष भेट्न आउन थाल्दा अभियानको असर देखिन थालेको हो ।
गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी थिईन । अहिले त्यही विद्यालयबाट उत्साही भएका बालबालिकाहरु गाउपालिका कार्यालय पुगेर उपाध्यक्षलाई भेटेर गाउपालिकाको भौतिक रुपमा अवलोकन गरेका छन् । गाउपालिकाकी उपाध्क्षसँग बालबालिकाहरुको समस्या,विद्यालयको आवश्यकता लगायत विविध विषयमा छलफल गरेको उनले बताईन् । सो कार्यक्रम प्रभावकारी हुनेमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले पनि प्रशँसा गरेका थिए ।
पहिला नेतृत्व गर्नु राम्रो होईन,नेता अर्थात राजनीति गर्नु ठिक होईन्,भन्ने गलत मान्यता थियो,उनले भनिन,तर विद्यालयसँग उपाध्यक्ष कार्यक्रममा नेता र राजनीतिकर्मी विचको भिन्नता,राजनीतिमा सहभागि हुन किन आवश्यक छ ? भनेर महत्व समेत सम्झाउदा विद्यार्थीहरु उत्साही भएका थिए । अहिले समाजिक शिक्षामा पनि समाज,इतिहास,राजनीति र सरकारी गतिविधिबारे पनि पढ्नु पर्ने,कार्यमुलक कार्य पनि गर्नु पर्ने जस्ता पाठ्यबस्तु रहेका छन् । अभियानको बेला त्यसबारे पनि अवगत गराईएको थियो, पहिला पढेर घोकेर परिक्षा पास मात्रै ठान्ने गरेका विद्यार्थीहरु अहिले प्रत्यक्ष ति सरोकारवालासँग भेट्ने बुझ्ने कार्यमा पनि सक्रिय हुन थालेका छन् । विद्यार्थीहरु गाउपालिकाको कार्यालयसम्म पुगेर भेट्ने र अध्ययन अवलोकन गर्ने कार्य सराहनिय भएको बताउदै उनले आफ्नो अभियानले सार्थकता पाएकोमा खुशी ब्यतm गरेकी थिईन् । अगामी बर्षमा पनि अन्य कुनै विषय बस्तुमा प्रत्यक्ष भेटघाट गरेर अभियान सञ्चालन गर्ने योजना रहेको उनले सुनाईन् ।
स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ भनेर विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भनेर छनौट गरिएको थियो । उनीहरुलाई त्यही अनुसारको नेतृत्व विकास,क्षमता विकास लगायतका अन्य तालिममा सहभागि गराउदै लैजाने लक्ष्य समेत रहेको उनले बताएकी थिईन् । उनी वार्ड नं.१ बाट यस्तो कार्यक्रमको शुभारम्भ गरिएको छ । ्
अगामी दिनमा अन्य वार्डमा रहेका विद्यालयमा पनि यस्तो कार्यक्रम गर्दै लगिने जानकारी गराएकी थिईन् । उपाध्यक्ष भेटघाट कार्यक्रम अनुसार नै गाउपालिकाका ६ वटा वार्डमा रहेका ७ वटा माध्यमिक तहको सामुदायिक विद्यालय र २ वटा माध्यमिक स्तरकै मदरसा धार्मिक,विद्यालयमा कार्यशाला,प्रश्नोत्तर,सेवा सनिवार,वृहद छलफल जस्ता कार्यहरु गरेकी थिईन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न गरिएको बताएकी थिईन ।
बालबाकिलाका समस्याबारे उनि सम्बोधन गरेका थिइन् । वातावरण सरक्षण,सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको थियो । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यतm गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको थियो । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला,धार्मिक सदभाव संवाद,सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन,भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरु बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरुमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरुको दायित्वलाई जोड दिईने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाई रहेको थियो । जुन अहिलेको बालबालिकामा देखिने उत्साहले उपाध्यक्षलाई पनि काम र अभियान सञ्चालन गर्न उत्साही बनाएको अनुभुति भएको बताईन् ।