नवलपरासी,३ असार
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले बेलामै पानी प्रवाह गरे पछि गण्डक क्षेत्रका किसानलाई विउँ राख्न र रोपाई गर्न सहज भएको छ । गत साता देखी नै नहरमा पानी प्रवाह भए देखी गण्डक सिचिंत क्षेत्रका किसानलाई राहत पुगेको हो ।
पानी नपर्दा अन्य क्षेत्रका किसानहरु अहिले पनि अकासे पानी पर्खेर बसेको वा बोरिगँमा लगानी गरि ब्याडमा विँउ जोगाउने कार्य गरिरहदा गण्डक क्षेत्रमा नहरको पानीले रोपाई सहज बनेको किसानहरुले बताएका छन् । नहरको पानीले रोपाई गर्न ठूलो राहत भएको छ, पाल्हीनन्दन ३ कुश्माका किसान तारेन्द्र बर्माले भने, नहरले यसरी नै किसानलाई आवश्क भएको बेला पानी पालो मिलाई प्रवाह गरिदिनु पर्छ । किसानको उत्पादन लागत घट्छ,उत्पादनमा समेत वृद्धि हुने उनले बताए । नहरको पानीले वरिपरिका पोखरी, तालतलैयामा पनि पानी भरिएका छन्,अभावको बेला ति पानी पनि प्रयोगमा ल्याउन सकिन्छ । नभएको माटो रिचार्जलाई सहज हुन्छ ।
विगत बर्षमा नेपाली नहरको मुहानमा सिल्ट जम्मा हुने र तिन वटा ढोका मध्ये दुई वटा ढोका मात्रै सञ्चालन हुदा पानी प्रवाहमा समस्या देखिएको थियो । तर अहिले तेश्रो ढोका पनि सञ्चालनमा रहेको र मुहानमा सिल्ट बेसिनको काम पनि भई रहेको हुदा पानी प्रवाह बेलामै भएको र सहज तरिकाले भएको सिचाई ब्यवस्थापन कार्यालयले जानकारी गराएको छ । सिल्टबेसिनको काम सम्पन्न नहुदै पानीको प्रवाह राम्रो देखिएको छ, गण्डक जल उपभोतmा सस्था मुल समितिका अध्यक्ष हैदर अलि मोमिनले भने,मुहानको सिल्टबेसिनको काम सम्पन्न भए पछि बेलामै नेपाली किसानले पाउने विश्वास बढदै गएको छ । संरचनागत सुधान भए पछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिन्छ । यसले आउने दिनमा गण्डक क्षेत्रका किसानलाई सिचाईमा राहत पुग्ने उनको भनाई थियो ।
गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरु बनेका छन् । सिल्ट समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि दुई बर्ष देखि निरन्तर भई रहेको छ । ३५ करोड लागतमा सो सिल्ट सफाईका लागि सिल्ट बेसिनको निर्माणको काम सम्पन्न भए पश्चात समस्या हल हुनेमा उनले विश्वास ब्यतm गरेका थिए । चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ । यि चुनौतीका बाबजुद पनि नहरमा पानी प्रवाह हुन सक्नु शुखद भएको उनले बताए । विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको र सिचाई ब्यवस्थापन कार्यालयले काम थालेको गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष मोमिनले जनाए ।
अहिलेको अवस्थामा पेट्रोलियको मुल्यवृद्धिले भुमिगत सिचाई सम्भव नभएको उनको भनाई थियो । किसानलाई भुमिगत सिचाई धेरै महगो सिचाई हुन थालेको छ,उनले थपे,किसानको उत्पादन लागतलाई भुमिगत सिचाईले बढाउने गरेको छ । त्यती मात्रै नभई भुमिगत सिचाईले किसान आफैले पनि धेरै स्थानमा नहर संरचना भत्काएका थिए । तर अब तिनै किसानहरु अब महगो डिजलको मुल्यले नहर सिचाई नै स्थाई सिचाई स्रोत भएको महशुस गर्न थालेको उनले बताए । भुमिगत सिचाई आकस्मिक सिचाई सुविधा मात्रै हो । तर स्थाई रुपमा निरन्तर सिचाई स्रोत भनेको सतही सिचाई भएको कुरा किसानले स्वम् बुझ्न आवश्यक छ ।
सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ । समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाईमै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।